होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रमित विक/असोज १४ बाजुरा। नेपालीहरुको महान चाड बडादशैं हिजोबाट विधिवत रुपमा सुरु भए संगै दशैं मनाउन घर फर्किनेहरुको चाप बढेको छ । यति खेर घर छाडेर बाहिर गएकाहरु दशैँ मनाउन घर फर्कीन थालेका छन् । विशेष गरी कामको लागि देशका विभिन्न भु–भाग र भारतका विभिन्न स्थानहरुमा गएका तथा अध्ययनको शिलशिलामा जिल्ला बाहिर गएकाहरु यतिखेर सामुहिक […]
काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ ।नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने […]
नागरिक रैबार/ बाजुरा ९ असाेज । बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी डाक्टर विहिन भएको एक महिना भएको छ । बाजुराको पुर्विउत्तरी क्षेत्रका चारवटा स्थानिय तहको मुट्काे रुपमा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर बिहिन बनेको महिनौं दिन हुदा पनि स्थानिय सरकार बेखवर बनेको स्थानियले आरोप लगाएका छन् । प्राथामिक स्वास्थ्य […]
संविधान दिवसका अवसरमा सुदूरपश्चिमका सम्पूर्ण अस्पतालमा आज ओपीडि अर्थात बहिरंग सेवा निःशुल्क गरिएको छ। प्रदेश सरकारले संविधान दिवसका अवसरमा आज प्रदेशभरीका सम्पूर्ण अस्पतालहरुमा निःशुल्क ओपीडी सेवा प्रदान गर्न निर्देशन दिएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भदौँ ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयका आधारमा सबै सरकारी अस्पताललाई निःशुल्क ओपीडी सेवा दिन […]
संविधान दिवसका अवसरमा सुदूरपश्चिमका स्वास्थ्य संस्थामा पनि ओपीडि सेवा निःशुल्क हुने भएको छ। प्रदेश सरकारले स्वास्थ्य संस्थाहरुलाई संविधान दिवसका अवसरमा असोज २ गते निःशुल्क बहिरंग (ओ.पी.डी) सेवा प्रदान गर्न निर्देशन दिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भदौँ ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयका आधारमा सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थालाई […]
३१ भदौ, काठमाडौं । आउँदो असोज २ गते देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाले निःशुल्क सेवा प्रवाह गर्ने भएका छन् । असोज ३ मा पर्ने संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको स्वास्थ्य मन्त्रालयले त्यसको अघिल्लो दिन आफू मातहतका अस्पताल तथा स्वास्थ्य संस्थाकाे बहिरंग (ओपीडी) सेवाको टिकट निःशुल्क गर्न लागेको हो । सरकार मातहतका देशैभरिका […]
नागरिक रैबार/भाद्र २६ बाजुरा। जिल्ला अस्पताल बाजुरामा एक महिनामा दुई सुत्केरी महिलाको अकाल मै मृत्यु भएको छ । भदौ ७ गते बडीमालिका नगरपालिका वडा नं. ७ जिल्लीकि २१ वर्षीया बसन्ती नेपालीको मृत्यु भएको थियो । बसन्ती मृत्यु भएको १८ दिनपछि पुनः भदौ २५ गते साँझ बुढीनन्दा नगरपालिका वडा नं १० कि ३५ वर्षिया निर्मला बोहोराको […]
काठमाडौं- नेपाली सेनामा जवान तथा उच्च अधिकारीहरू मोटाउँदै जानुका साथै भुँडे, अल्छी र अस्वस्थ हुन थालेपछि उचाइ र तौलबीचको अनुपात मिलाउनु जरुरी भएको छ । यसका लागि बीएमआई अर्थात् ‘बडी मास इन्डेक्स’ अनिवार्य हुने भनिएको छ । बीएमआई ‘फिट’ नभएका सैनिक अधिकारीहरू पदोन्नति र संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनामा जाने अवसरबाट वञ्चित हुने भएका छन् । […]
गर्मी मौसममा एसी सहितको कोठा तथा कार्यकक्षले मानिसलाई सहजता प्रदान गर्छ । गर्मीको समयमा सबैले आफ्नो कार्यकक्षमा एसी भइदिए हुन्थ्यो भन्ने अपेक्षा राख्छन् । तर तपाईलाई थाहा छ एसीले शितलता मात्रै होइन स्वास्थ्यमा असर पनि पुर्याउँछ । एसीमा लामो समय बस्ने व्यक्तिलाई विभिन्न किसिमको स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकहरु बताउँछन् । दमका बिरामीहरु एसीमा लामो […]
नागरिक रैबार/बाजुरा २५ भदाै। बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. १० पाण्डुसेनकि ३५ वर्षिया निर्मला बोहराको सुत्केरी भईसकेपछि उच्च रक्तश्रावका कारण जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको छ । बुधबार साँझ पौने ६ बजे जिल्ला अस्पताल बाजुरामा सुत्केरी भईसकेपछि उच्च रक्तश्रावका कारण मृत्यु भएको उपचारमा सलग्न जिल्ला अस्पताल बाजुरा डाक्टर दुर्गाराज महर्जनले बताएका छन् । सुत्केरी बोहराले […]
नागरिक रैबार/बाजुरा २३ भदौ । बाजुराको बुढीगंगा नगरपालिका ताप्रा चौपाटीमा मा स्वास्थ्य शिविर संञ्चाल गरेको छ । वडा नं. २,३ मा रुघा खोकी र भाइरल ज्वरोका विरामीको चाप बढे पछि स्वास्थ्यकमीर्ले गाउँमा गएर शिबिर संचालन गरेको हो । रुघा खाेकी र भाइरल ज्वरोका विरामीको चाप बढेपछि स्वास्थ्य संस्था भन्दा टाढा रहेका गाउँका बिरामी स्वास्थ्य संस्थामा […]
यो पटक भरतपुर महानगर क्षेत्र डेंगुबाट अत्याधिक प्रभावित भएको छ । निरीक्षक केसीका अनुसार भरतपुरमा मात्रै डेंगु भएकाहरुको संख्या आठ सयको हाराहारीमा छ । महानगरको बजार क्षेत्रमा पर्ने एक, दुई, तीन, चार, १०, ११ र १२ डेंगुबाट प्रभावित वडाहरु भएको उनले बताए । नौ वर्षअघि सन् २०१० मा चितवनमा ७ सय ३९ जनामा डेंगु फेला […]
महिनावारी बेला तपाईं के प्रयोग गर्नुहुन्छ? केही समयअघि सेतोपाटीको महिनावारी कुरा श्रृंखलामा माल्भिका सुब्बाले भनेकी थिइन्– मेन्स्ट्रुअल कप। हामीमध्ये धेरैलाई यसबारे थाहा नहोला। कतिले त नाम पनि सुनेका छैनौं होला। हाम्रो समाजको परिवेश महिनावारीबारे अहिले पनि धेरै संकुचित छ। सहरी भागमा यसलाई सामान्य शारीरिक प्रक्रिया मान्ने सकारात्मक सोच विस्तार हुँदै गए पनि गाउँघरमा यो अझै ‘पाप’ नै […]
काठमाडौँ — राजधानीलगायत देशैभरि डेंगु संक्रमण बढेको छ । मन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि बिरामी परेका छन् । देशैभरि डेंगुको संक्रमण फैलिइरहँदा सरकार भने औलो नियन्त्रणका उपाय खोज्न थालेको छ । राजधानीमा मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित १० जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका दुई र इपिडिमियोलजी तथा […]
नागरिक रैबार/बाजुरा १९ भदाै। नेपाल रेडक्रस सोसाइटीको ५७ औं स्थापना दिवस बाजुरामा पनि मनाईएको छ । रेडक्रसले ५७ औं स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा भर्ना भएका विरामीहरुलाई फलफुल वितरण गरेर दिवस मनाएको हो । नेपाल ‘रेडक्रस सोसाइटीले माया अर्थात (love) भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाईटीले सदैब मानवीय […]
काठ्माडौँ । कृषि मन्त्री चक्रपाणि खनाललाई डेंगीको संक्रमण देखिएको छ। रगत जाँचका क्रममा डेंगीको संक्रमण देखिएपछि बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको खनालका प्रेस संयोजक बोमलाल गिरीले जानकारी दिए। गत शुक्रबार हेटौंडाबाट फर्किएलगत्तै रुघाखोकी लाग्ने र ज्वरो आउने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उनको रगत परीक्षण गरिएको थियो। मन्त्रीलाई डेंगी भएको रिपोर्ट आएको […]
एउटालाई देखाएर अर्कैको झिकियो काठमाडौं : निदान अस्पतालले एक व्यक्तिलाई तयार पारेर अर्कै व्यक्तिको मिर्गौला झिकेर प्रत्यारोपण गराएको तथ्य फेला परेको छ। ललितपुरको पुल्चोकस्थित अस्पतालका चिकित्सक पुकार श्रेष्ठको टोलीले गैरकानुनी ढंगले गत साउन अन्तिम साता रामेछाप दोरम्बाका शंकरलाल लामा (योञ्जन) को मिर्गौला प्रत्यारोपण गरेको फेला परेको हो। श्रेष्ठ मिर्गौला प्रत्यारोपणमा श्रेष्ठ कुशल र अनुभवी चिकित्सक मानिन्छन्। […]
नागरिक रैबार/बाजुरा १७ भदौ। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ गैरीबजारका २४ वर्षिया लालबहादुर विक भारतको दिल्लीस्थित रानीवाग महेन्द्र पार्कबाट सोमबार बेपत्ता भएका छन् । टाउकोको उपचारका लागि डेढसाता अघि मात्र बाजुराबाट भारत गएका विक सोमबार दिल्लीस्थित महेन्द्रपार्कबाट एकाएक बेपत्ता भएको उनका आफन्त रोहित चंदाराले बताएका छन् । आफन्त चंदाराका अनुसार विक सोमबार दिउसो ४ […]
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले केही दिनअघि भनेका थिए, ‘डेंगी नियन्त्रण गर्न मुश्किल भयो, सेना परिचालन गर्नुपर्ने अवस्था आइसक्यो।’ देशको रक्षा गर्नुपर्ने सेनाले लामखुट्टे कसरी नियन्त्रण गर्लान् थाहा छैन। तर, हामीले केही उपाय अपनायौं भने डेंगी लामखुट्टेबाट सेनाले भन्दा प्रभावकारी रूपमा घरको रक्षा गर्न सक्छौं। तपाईंहरू अलमलिनुभयो होला, सरकारले नै नियन्त्रण गर्न नसकेको डेंगी लामखुट्टे हामी कसरी […]
नागरिक रैबार/बाजुरा १४ भदौ। वडा स्वास्थ्य केन्द्रमा विरामीहरुको संख्यामा वृद्धि हुँदै आएको छ । जिल्लाको बुढीगंगा नगरपालिकाको वडा नं. ७ झालीमा रहेको वडा स्वास्थ्य केन्द्रमा विरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको हो । दुसित पिउने पानी र खानपानमा ख्याल नगरेका कारण स्वास्थ्य केन्द्रमा झाडापखाला र भाईरल ज्वरोका विरामीहरुको संख्या बढ्दै गएको स्वास्थ्य केन्द्रका अहेव मिनबहादुर […]