होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डिएसपी र इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
समाचार

डिएसपी र इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • नागरिक रैबार
डिएसपी र इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका डिएसपी नवराज थापा र इन्सपेक्टर मुरारी मिश्रविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक (ट्रायल) परीक्षामा फेला भएका १२ सय ८४ जनालाई पास गराउन मोटो रकम लिएको पाइएपछि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियार जनाएको छ।

ट्रायलमा फेला भएकाहरुलाई पास गरेको, परीक्षा समितिको निर्णयमा समेत फेल लेखिसकेको नतिजालाई अन्यथा हुन गएको भन्दै दस्तखत गरी नतिजा समेत फेरबदल गरिएको अख्तियारले जनाएको छ।

विज्ञापन

तत्कालीन इन्सपेक्टर तथा हालका डिएसपी थापाविरुद्ध २४ हजार ९ सय बिगो कायम गर्दै अख्तियारले मुद्दा दायर गरेको हो।

इन्सपेक्टर मिश्रविरुद्ध २४ हजार ३ सय बिगो कायम गर्दै मुद्दा दायर भएको छ। उनीहरुसँगै कायायात कार्यालयका ३८ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो।  २०६९ सालमै ट्रायल फेल भएकाहरुलाई पास बनाउदै उनीहरुले रकम लिएको अख्तियारले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार