होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • मस्तिष्कघातबाट यसरी बच्नुस्
स्वास्थ्य-जीवनशैली

मस्तिष्कघातबाट यसरी बच्नुस्

  • नागरिक रैबार
मस्तिष्कघातबाट यसरी बच्नुस्
डा. जोशन न्यौपाने नसारोग विशेषज्ञ नेपालगन्ज मेडिकल कलेज

मस्तिष्कमा रहेका धमनी फुटेर रक्तश्राव हुनु वा रगत जमेर रक्तनली थुनिई पोषक तत्व र अक्सिजन आपूर्ति रोकिँदा स्नायु तन्तु मर्नु मस्तिष्कघात हो । यो मस्तिष्कको कार्यक्षमतामा अचानक आउने ह्रास हो, जसले अधिकांशमा पक्षाघात निम्त्याउँछ । मस्तिष्कघात धरै किसिमका हुन्छन् । स्केमिक स्ट्रोक, हेमोह्र्याजिक स्ट्रोक, क्रिप्टोजेनिक, ट्रान्सियन्ट स्केमिक एट्याक (टिआइए) र ब्रेन स्टिम स्ट्रोक मुख्य हुन् ।

प्रभाव 
टिआइए मस्तिष्कघात भएमा तत्कालै आफैँ रगत सञ्चालन हुन सक्छ, अर्थात् मस्तिष्कघात भइसकेपछि आफैँ निको हुन्छ । तर, यो एकदमै कम मात्रामा हुन्छ । यसबाहेक अन्य मस्तिष्कघात भएमा ज्यानै जाने, प्यारालाइसिस हुने, परनिर्भर हुने, निरन्तर चिकित्सा सेवा लिनुपर्ने खालको विकलांगता देखापर्छन् । यसरी मस्तिष्कमा परेको असरका आधारमा देखिने शारीरिक तथा मानसिक समस्यामध्ये पक्षाघात सबैभन्दा खतरनाक हो । पक्षाघात अकस्मात् हुने भएकाले विकलांग हुनबाट बिरामीलाई जोगाउन जतिसक्दो चाँडो अस्पताल पु-याउनुपर्छ । अचानक टाउको दुख्नु, रिंगटा लाग्नु, उभिन नसक्नु वा ढल्नु, बोली हराउनु, शरीर झमझम हुनु, होस हराउनु, बान्ता हुनु आदि मस्तिष्कघातका लक्षण हुन् ।

कारण
विभिन्न कारण मस्तिष्कका नली बन्द हुनु मस्तिष्कघात हो । जसको प्रमुख कारण मुटुरोगलाई मानिन्छ । जमेका रगतका टुक्रा मुटुबाट ब्रेनमा गएर बस्न सक्छ, जसबाट स्ट्रोक हुन्छ ।
मोटोपन भएका व्यक्तिको नसामा बोसो जम्दा रक्तनली साँघुरिँदै जान्छ, यसबाट पनि स्ट्रोक हुन्छ । यसबाहेक उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्ट्रोल, गलत खानपान वा जीवनशैली, तनाव आदि मस्तिष्कघातका कारण हुन् । सामान्यतया ५० वर्षमाथिका व्यक्तिमा यस्ता समस्या धेरै देखिन्छन् । रक्तश्रावसम्बन्धी समस्या भएमा मस्तिष्कघात हुने सम्भावना रहन्छ । जस्तैः गर्भनिरोधक औषधि सेवन गरिरहेका महिला, रगत बगिरहने घाउ चोट वा संक्रमण, रगत जम्ने रोग भएका व्यक्तिमा मस्तिकघात हुन सक्छ ।

विज्ञापन

मस्तिष्कमा परेको असरका आधारमा देखिने शारीरिक तथा मानसिक समस्यामध्ये पक्षाघात सबैभन्दा                                         खतरनाक हो 

उपचार
मस्तिष्कघात भएको साढे चार घन्टाभित्र उपचार गर्न सके विकलांग हुनबाट बचाउन सकिन्छ । अर्थात् जतिसक्दो चाँडो अस्पताल पु¥याउन सक्यो त्यति नै बिरामीलाई अन्य असरबाट बचाउन सकिन्छ । चिकित्सकले तत्काल जमेको रगतलाई तोडेर रक्तनली खुलाउने थ्रम्बोलाइसिस उपचार विधि प्रयोग गर्ने गरेका छन् । यो सेवा नेपालका केही अस्पतालमा उपलब्ध छ ।

मस्तिष्कघात भइसकेपछि अन्य समस्या आउन नदिन नियमित औषधि सेवन गर्नुपर्छ । प्यारालाइसिस भइसकेका व्यक्तिलाई पनि पुनस्र्थापना केन्द्रमा लगेर विभिन्न थेरापीबाट उपचार गर्न सकिन्छ । यसबाट बिरामीलाई परनिर्भर हुनबाट बचाउन सकिन्छ । विकलांग भइसकेका व्यक्तिलाई एक्सरसाइज, अक्कुपन्चर, थेरापी आदि प्रयोग गरेर पनि निको पार्न सकिन्छ ।

कसरी बच्ने
मुटुरोग भएका व्यक्तिमा मस्तिष्कघात हुने जोखिम रहन्छ । त्यसैले, मुटुरोगीले नियमित औषधि खाने वा उपचार गर्नुपर्छ ।  ५० वर्षमाथि उमेरका मानिसले नियमित मधुमेह, कोलेस्ट्रोल, रक्तचाप जाँच गराउनुपर्छ । जोखिम देखिएमा औषधि सेवन गर्नुपर्छ । सन्तुलित आहार तथा स्वस्थ जीवनशैली अपनाउन जरुरी हुन्छ । धेरै तनाव लिनुहुँदैन ।  मोटोपन भएका व्यक्तिले व्यायाम, योगलगायत अभ्यास गरेर तौल घटाउने प्रयास गर्नुपर्छ । धूम्रपान, मद्यपान आदि पनि मस्तिकघातका कारक हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार