होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डोटीका विभिन्न स्थानीय तह अन्तर्गतका १० वडा कार्यालय स्वास्थ्य संस्था विहीन रहेका छन्। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम जिल्लाका नौ स्थानीय तहका कूल ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेका र पाँच स्थानीय तहका १० वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए। […]
डडेल्धुरा , २४ कार्तिक । चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत प्रा।डा। गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि डडेल्धुराबाट रेफर गर्ने तयारी गरिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा उपचाररत केसीलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर गर्ने तयारी अस्पतालले गरेको हो। उनलाई कैलाली वा काठमाडौं रेफर गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको […]
डोटी । कर्मचारी समायोजनको सकस चलिरहेका बेला सुदूरपश्चिम प्रदेशका अधिकांश अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक अभाव देखिएको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल, राजपुरका अनुसार डोटीसहित समग्र सुदूरपश्चिममा एक सय ४ चिकित्सकको अभाव छ । अधिकांश चिकित्सकले समायोजनमा सङ्घ रोजेपछि स्वास्थ्य संस्थामा चिकित्सकको अभाव देखिएको हो । डोटी जिल्ला अस्पतालमा लामो समयदेखि मेडिकलसुपरिटेन्डेन्ट […]
सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स बुधवार वितरण गरिएको छ । सवा ६ करोड बजेटमा प्रदेश सरकारले १६ वटा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो।गत साउनको अन्तिम साता खरिद गरिएको एम्बुलेन्स झन्डै तीन महिना पछि बुधवार वितरण गरिएको हो ।कैलालीको सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली अस्पताल लगाएत पहाडी अन्य जिल्लाहरूमा ४ वटा सम्म […]
काठमाडौं : तपाईं धर्म-कर्ममा कत्तिको विश्वास गर्नुहुन्छ ? भनिन्छ महिला घरकी लक्ष्मी हुन् । महिलालाई सम्मान गर्नुपर्छ । कुनै पनि घरमा सुख शान्ति र समृद्धि ल्याउनु छ भने महिलालाई सत्कार गर्नु आवश्य हुन्छ । साधारणतया बोली चालीको भाषामा भन्ने गरिन्छ की जुन घरमा महिलाको सम्मान हुन्छ त्यो घर सधै सुख र शान्तिमय हुन्छ । यदि […]
नागरिक रैबार/बाजुरा १६ कार्तिक। त्रिवेणी नगरपालिकामा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका वडा नं. १ छतारा निवासी सुनिल नेपालीकि श्रीमति रजिया नेपाली रहेकी छन् । रजियालाई सुत्केरी वेथा लागेपछि शुक्रबार साँझ आफन्तहरुले नजिकैको छतारा स्वास्थ्य चौकीमा ल्याएका थिए । स्वास्थ्य चौकीमा रजियाले शिशुलाई जिवितै जन्मदिएकि थिईन् । शिशुलाई जन्मदिएको केही […]
ॐ ह्रीं श्रीं लक्ष्मीभ्यो नमः।। जीवनमा समृद्धिको कुनै कमी नहोस्। जीवनमा कुनै दुःख, कष्ट नआओस् र ऋणमुक्त भएर जीवन सुखपूर्वक बितोस् यो सबै मानिसको चाहना हो। जीवनमा लक्ष्मी प्राप्त भएपछि सबै समस्या समाधान हुन्छन् भन्ने आशा र भरोसा पनि हामी सबै नेपालीलाई छ। तर त्यो लक्ष्मी स्वरूप के हो त जान्न जरुरी छ। एउटा जागृत […]
नागरिक रैबार/बाजुरा ९ कार्तिक। पछिल्लो समयमा बाजुरामा दमाह बाजा लोप हुदैँ गएकाे छ । विशेष गरी यी बाजाहरु दशै तिहार छट, विवाहमा मेला र पर्वहरुमा बजाइने यो बाजा सुदूरपश्चिम तथा मध्यपश्मिमा बजाइने लोकप्रिय बाजा हो । बाजुराका ग्रामिण क्षेत्रका गाउँघरमा लोकप्रिय बाजा दमाह अहिले काँहीकतै गाउँघरमा फाडफुट देख्न तथा बजेको सुन्न पाइन्छ । दमाह बाजा […]
मदन विक/बाजुरा ६ कार्तिक। जिल्ला अस्पताल बाजुरामा कार्यरत सर्जरी तथा प्रसूति चिकित्सक डा. टिकाराम राईको बाजुराबाट विदाई गरिएको छ । यहाँका गरिव, दीनः दुखी र निमुखा जनताहरुको स्वास्थ्य सेवालाई मध्येनजर गरि बाजुरा जस्तो दुर्गम ठाउँमा आएर हजाराै विरामीहरुको ज्यान बचाएका डाक्टर राईको बाजुराबाट भव्य रुपमा विदाई गरिएको छ । निक साइमन्स इन्स्टिच्युटसँगको सम्झौता अवधि सकिएपछि […]
मस्तिष्कमा रहेका धमनी फुटेर रक्तश्राव हुनु वा रगत जमेर रक्तनली थुनिई पोषक तत्व र अक्सिजन आपूर्ति रोकिँदा स्नायु तन्तु मर्नु मस्तिष्कघात हो । यो मस्तिष्कको कार्यक्षमतामा अचानक आउने ह्रास हो, जसले अधिकांशमा पक्षाघात निम्त्याउँछ । मस्तिष्कघात धरै किसिमका हुन्छन् । स्केमिक स्ट्रोक, हेमोह्र्याजिक स्ट्रोक, क्रिप्टोजेनिक, ट्रान्सियन्ट स्केमिक एट्याक (टिआइए) र ब्रेन स्टिम स्ट्रोक मुख्य हुन् । प्रभाव टिआइए मस्तिष्कघात भएमा तत्कालै […]
अब डाक्टर पढ्न झन् महँगो हुने भएको छ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको लागि शुल्क बढाएको हो । आयोगले एमबिबिएस/बिडिएस कार्यक्रमका लागि नयाँ शूल्क निर्धारण गरेको हो।जस अनुसार आयोगले शैक्षिक सत्र २०७६/०७७ का लागि उपत्यकामा एमबिबिएस अ’ध्ययन गर्न ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिरका कलेजमा अध्ययन गर्न ४४ […]
कात्तिक २ – काठमाडौं । सरकारले शनिबार र आइतबार दुई दिन ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदै छ । प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । नजिकको खोप केन्द्र वा वडा कार्यालयमा […]
उपचार गर्न लाखौं रकम लाग्ने रोगबाट जोगिन समय-समयमा होल बडी चेक गराउन जरूरी छ। त्यसैगरी जान्न जरुरी छ– होलबडी चेकअप कसरी गर्ने। खानपानको पर्व दशैंपछि यो झन् जरुरी छ। नेपालीको ठूलो चाड बडादशैं विदा हुने क्रममा छ । दशैंको औपचारिक रौनक सकिए पनि मान्यजनबाट टीका र आशीर्वाद थाप्ने समय भने केही दिन बाँकी छ । […]
१६ असोज, काठमाडौं । आज बडादशैंको पाँचौं दिन । हिन्दूधर्मालम्बीहरूले पाँचौं देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छन् । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता […]
थाइराइड ग्रन्थी बढ्न थालेपछि हाम्रो स्वास्थ्यमा विभिन्न समस्या देखा पर्न थाल्छन् ।बच्चाहरुमा यो समस्या देखा पर्दा उनीहरुको विकासमा समेत असर पर्न सक्छ । थाइराइड हुन नदिन घरमै भएका यी खानेकुरा खाने गर्दा धेरै राहत् महसुस गर्न सकिन्छ । तर अवस्था धेरै गम्भीर छ भने चाहिँ तुरुन्तै चिकित्सकको सल्लाह लिनुपर्छ । केही टिप्सः १. थाइराइडलाई नियन्त्रण […]
रमित विक/असोज १४ बाजुरा। नेपालीहरुको महान चाड बडादशैं हिजोबाट विधिवत रुपमा सुरु भए संगै दशैं मनाउन घर फर्किनेहरुको चाप बढेको छ । यति खेर घर छाडेर बाहिर गएकाहरु दशैँ मनाउन घर फर्कीन थालेका छन् । विशेष गरी कामको लागि देशका विभिन्न भु–भाग र भारतका विभिन्न स्थानहरुमा गएका तथा अध्ययनको शिलशिलामा जिल्ला बाहिर गएकाहरु यतिखेर सामुहिक […]
काठमाडौं– नेपालीहरुको महान चाड बडा दशैंको दोस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा ब्रह्मचारिणी माताको पूजा आराधना गरिँदैछ ।नवरात्रभर नवदुर्गा भवानीको पूजा गर्ने प्रचलन अनुसार आज ब्रह्मचारिणीको पूजा गरिन्छ । पूजा आजाका लागि बिहानैदेखि शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ । नवरात्रको अवधिभर विभिन्न देवी देवता र शक्तिपीठहरुमा एक चित्त र एकाग्र भइ ब्रत बस्नाले मनोकांक्षा पूरा हुने […]
नागरिक रैबार/ बाजुरा ९ असाेज । बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी डाक्टर विहिन भएको एक महिना भएको छ । बाजुराको पुर्विउत्तरी क्षेत्रका चारवटा स्थानिय तहको मुट्काे रुपमा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर बिहिन बनेको महिनौं दिन हुदा पनि स्थानिय सरकार बेखवर बनेको स्थानियले आरोप लगाएका छन् । प्राथामिक स्वास्थ्य […]
संविधान दिवसका अवसरमा सुदूरपश्चिमका सम्पूर्ण अस्पतालमा आज ओपीडि अर्थात बहिरंग सेवा निःशुल्क गरिएको छ। प्रदेश सरकारले संविधान दिवसका अवसरमा आज प्रदेशभरीका सम्पूर्ण अस्पतालहरुमा निःशुल्क ओपीडी सेवा प्रदान गर्न निर्देशन दिएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भदौँ ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयका आधारमा सबै सरकारी अस्पताललाई निःशुल्क ओपीडी सेवा दिन […]
संविधान दिवसका अवसरमा सुदूरपश्चिमका स्वास्थ्य संस्थामा पनि ओपीडि सेवा निःशुल्क हुने भएको छ। प्रदेश सरकारले स्वास्थ्य संस्थाहरुलाई संविधान दिवसका अवसरमा असोज २ गते निःशुल्क बहिरंग (ओ.पी.डी) सेवा प्रदान गर्न निर्देशन दिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भदौँ ३१ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयका आधारमा सबै सरकारी अस्पताल तथा स्वास्थ्य संस्थालाई […]