होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • डाक्टर पढ्न अब झन् महँगो , सरकारले बढायो शुल्क
स्वास्थ्य-जीवनशैली

डाक्टर पढ्न अब झन् महँगो , सरकारले बढायो शुल्क

  • नागरिक रैबार
डाक्टर पढ्न अब झन् महँगो , सरकारले बढायो शुल्क

अब डाक्टर पढ्न झन् महँगो हुने भएको छ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको लागि शुल्क बढाएको हो । आयोगले एमबिबिएस/बिडिएस कार्यक्रमका लागि नयाँ शूल्क निर्धारण गरेको हो।जस अनुसार आयोगले शैक्षिक सत्र २०७६/०७७ का लागि उपत्यकामा एमबिबिएस अ’ध्ययन गर्न ४० लाख २३ हजार २ सय ५० र उपत्यका बाहिरका कलेजमा अध्ययन गर्न ४४ लाख ३६ हजार २५ रुपैयाँ शूल्क लाग्ने जनाएको छ। त्यसैगरी बिडिएसका लागि उपत्यकामा र बाहिर समान २० लाख १९ हजार ५ सय ८० रुपैयाँ लाग्नेछ।

आयोगले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५ को मुद्रास्फितिका आ’धारमा नयाँ शूल्क कायम गरेको जनाएको छ। शैक्षिक सत्र २०७५/०७६ का लागि उपत्यकामा ए’मबिबिएसका लागि उपत्यकामा ३८ लाख ५० हजार रुपैयाँ र उपत्यका बाहिर ४२ लाख ४५ हजार रुपैयाँ, बि’डिएसका लागि उपत्यकामा १९ लाख ३२ हजार ६ सय १२ रुपैयाँ नि’र्धारण भएको थियो। आयोगको निर्णय संगै अब एमबिबिएस पढ्न करिब २ लाख रुपैयाँ बढी र बिडिएसमा करिब १ लाख बढी शुल्क लाग्ने छ। आयोगले विद्यार्थीबाट लिने शुल्कमध्ये एक तिहाइ रकम पहिलो वर्षमा र बाँकी रकम बार्षिक रुपमा किस्ताबन्दीमा लिने व्यवस्था ऐनमा नै भएकाले सोही व्यवस्था अनुसार गर्नसमेत ध्यानकर्षण गराएको छ ।

आयोगले काठमाडौँ उपत्यकाभित्र एक तिहाइ बराबर पहिलो वर्ष रु १३ लाख ४१ हजार ८५, उपत्यका बाहिर रु १४ लाख ७८ हजार ६७५ एमबीबीएसतर्फ र रु ६ लाख ७३ हजार १९४ शुल्क बीडीएसका लागि कायम भएको रकम विश्वविद्यालयमा ज’म्मा गरी सम्बन्धित कलेजमा पठाउने व्यवस्था सम्बन्धित विश्वविद्यालयले मिलाउनुपर्ने जनाएको छ ।चिकित्सा शिक्षा ऐनअनुसार शिक्षण शुल्कमा भर्ना शुल्क, शि’क्षण, प्रयोगशाला, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्कलाई जनाउने भन्ने विषयलाई समेत पुनः स्मरण गराएको छ ।

विज्ञापन

शिक्षण शुल्कमा उल्लेखित विषयभन्दा बढी रकम लिएको पाइए त्यो कानून विपरित हुने भएकाले आयोगले कारवाही गर्ने चेतावनी दिएको छ । आयोगको असोज ३० गते र आज बसेको बैठकले चिकित्सा शिक्षाको शुल्क निर्धारण गरी सोहीअनुसार गर्न गराउन आग्रह गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार