होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरूको धम्कीले सचेत जनता नतर्सिने बताएका छन्।बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सत्तारूढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीपूर्ण अभिव्यक्तिमा उत्रिएको बताए। उनले कसैले धम्काउँदैमा र तर्साउँदैमा विचलित नहुन आग्रह गर्दै निर्धक्क भएर एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे।ओलीले अहिलेको गठबन्धन कुनै विचार, […]
नागरिक रैबार २५ बैशाख बाजुरा। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाजुराका ९ वटै स्थानीय तहमा कर्मचारीहरु खटाईएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्तिपत्र, मतपत्र लिई जिल्ला निर्वाचन कार्यालयबाट मतपेटिका तथा मतदानकार्यमा चाहिने आवश्यक सामाग्री लिएर कर्मचारी गाउँ खटाईएको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ । बैशाख ३० गते हुने स्थानीय तहको […]
नागरिक रैबार बाजुरा २५ बैशाख बाजुरा जिल्लाका सरकारी कार्यालयका कामहरु भोलीबाट ३० गतेसम्म नहुने भएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराले आज एक सूचना जारी गर्दै जिल्लाका सरकारी कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरु २६ देखि ३० गते सम्म स्थगन गरिने बताएको छ । स्थानीय तहको निर्वाचनमा जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीहरु खटिनु पर्ने भएकाले जिल्ला प्रशासन लगायतका […]
बाजुरा २४ बैशाख बाजुराकाे हिमाली गाउँपालिका ५ कवाडीमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच झडप भएको छ । शनिवार साँझ ७ बजेतिर भएको झडपमा नेपाली कांग्रेसका ३ र एमालेका २ जना घाइते भएका छन् । नेकपा एमालेका कार्यकर्ता नेपालगञ्ज बाट आएर कवाडीमा झरेको बेला त्यहि रहेका काँग्रेस कार्यकर्ता बिच भनाभन हुदै ढुङ्गा हानाहन भएको […]
नागरिक रैबार/बाजुरा २४ बैशाख।जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ८ का नेपाली काँग्रेसका क्रियाशिल सदस्य गोपाल गिरी सहित १५ जनाले एमालेमा प्रवेश गरेका छन् । नेकपा एमालेले आज त्रिवेणी नगरपालिकाको वडा नं. ८ कालापानीमा गरेको चुनावी घरदैलो कार्यक्रममा गिरीसहित १५ जना नेपाली काँग्रेस छाडेर एमालेमा प्रवेश गरेको स्थानीय दिपक गिरीले बताएका छन् । उनका अनुसार नेपाली […]
काठमाडौं, बैशाख २४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रदेश १ मा आयोजना हुने चार वटा चुनावी सभालाई सम्बोधन गर्दैछन् । स्थानीय तहको निर्वाचन केन्द्रित रहेर सुनसरी एमालेले आयोजना गरेको स्थाचुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली अहिले १० बजे यति एयरलाइन्सको उडानमार्फत विराटनगर झर्ने कार्यक्रम रहेको छ । ओलीले पहिले धरान र इटहरीमा […]
नागरिक रैबार/बाजुरा २४ बैशाख। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नं. ९ मा हिजो भएको घटनामा सलग्न २ जना काँग्रेसका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रत्येक्ष संलग्न भएको भन्दै नेपाली काँग्रेसका नरेन्द्र सार्की र केशब कार्कीलाई प्रहरीले प्रक्राउ गरेर सदरमुकाम ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन । पाण्डुसेन […]
आसन्न स्थानीय तहको निर्वाचन गराउने प्रयोजनका लागि कैलाली जिल्लाका सबै १३ पालिका तहमा चार हजारभन्दा बढी कर्मचारी खटाउन लागिएको छ । आवश्यक निर्वाचन सामग्रीसहित जिल्लाका सबै २३६ मतदानस्थलका ६१९ मतदान केन्द्रका लागि मतदान अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटाउन लागिएको छ । ५०० मतदाता भएको केन्द्रमा एक सहायक कर्मचारी र ५०० भन्दा बढी […]
नागरिक रैबार/बाजुरा २४ बैशाख।नेकपा एकिकृत समाजवादी बाजुराका सचिव पुरबहादुर रावत र बुढीनन्दा नगरपालिका वडा नं. ९ का वडा अध्यक्षका उम्मेदवार खड्क बोहरामाथि खुकुरी प्रहार भएको छ । नेकपा एकिकृत समाजवादी पार्टीबाट बुढीनन्दा नगरपालिका ९ को वडा अध्यक्षका उम्मेदवार बोहरा र जिल्ला सचिव रावतमाथि नेपाली काँग्रेसका कार्यकर्ताले खुकुरी प्रहार गरेर घाईते बनाएको नेकपा एसले बाजुराले बताएको […]
अछाम -अछाममा एक गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । जिल्लाको रामारोशन गाउँपालिका-४ बाटुलासैन छडेनाका सर्प विककी श्रीमती अम्बकला विकको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । अम्बकला बिरामी भएको थाहा पाएपछि एमाले टोलकमिटी गोविन्द विकको अगुवाइमा मोहन विक, जुनपुरा विक, मोती विक, ईश्वरी विकलगायतले स्टेचरमा तीन घण्टा बोकेर स्वास्थ्य चौकी पुर्याएका थिए […]
नागरिक रैबार/बाजुरा २३ बैशाख। बाजुराको बुढिनन्दा नगरपालिका ९ पाँण्डुसेनमा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजवादी पार्टीका कार्यकर्ताविच दोहोरो झडप भएको छ । झडपमा १६ जना प्रहरी र अन्य ४ जना गरी २० जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ। काँग्रेस कार्यकर्ताले चौकी आक्रमण गर्न खोज्दा १६ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय […]
नागरिक रैबार बैशाख २३ बाजुरा । बाजुरा जिल्लाकाे बडिमालिका वडा ९मा नमुना मतदाता निर्वाचनमा लैङ्किक सचेतना सम्वधमा महिलाहरु संग छलफल गरिएको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बदरमत गर्ने उद्ेश्यले नमुना मतदान कार्यक्रममा छलफल गरेको हो । विगतको निर्वाचनमा जस्तो यस पटक मतदाता शिक्षा पनि नभएकाले नागरिकमा मतदान प्रति सचेतना ल्याउन स्थानीय […]
धनगढीः नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाले धनगढीका स्थानीयलाई फ्रि भिसा र फ्रि टिकटमा मलेसिया पठाउने बताएकी छन्। शुक्रबार धनगढीमा एक वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। ‘सुदूरपश्चिम पछाडि परेको क्षेत्र हो,’उनले भनिन्, ‘हामीले यहाँ विशेष ध्यान दिन्छौ। कांग्रेसलाई जिताउनुस्। सबैलाई त हामी गर्न सक्दैनौ। तर, दुख पाएकाहरु एक-दुई […]
नागरिक रैबार बाजुरा २३ बैशाख । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ९ मा नेपाली काँग्रेस र नेकपा एकिकृत समाजबादीका कार्यक्रता बिच दोहोरो झडप भएको छ ।एकिकृत समाजबादीका कार्यक्रताले कुकुरलाई हिर्काएको आरोपमा नेपाली काँग्रेसका कार्यक्रताहरुले ढुगांमुढा प्रहार गरेपछी दोहोर झडप भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी प्रहरी निरीक्षक बिन्द्र बोगटीले बताएका छन । एकिकृत […]
डोटी : जिल्लाका विभिन्न जङ्गलमा यतिबेला काफल पाकेर राताम्मे भएका छन्। अहिले काफल टिपेर धमाधम बिक्री गर्न थालिएको छ। जङ्गलमा पाकेका काफल टिपेर स्थानीयवासीले बिक्री वितरणका लागि राजमार्ग तथा बजार लैजाने गरेका छन्। काफल टिपेर बिक्री गर्न थालेपछि उनीहरुको आम्दानीको स्रोत गतिलो बन्दै गएको छ। यतिमात्र नभई यहाँको एकमात्र प्रमुख पहाडी राजमार्ग भीमदत्त राजमार्गका विभिन्न […]
मुगु । मुगुको सोरु र मुगुम कार्मारोङ गाउँपालिकामा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल छ । मुगुको एक मात्र नगरपालिका छायानाथ रारामा माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका छन् । सोरुमा समाजवादी र माओवादीको साथ पाएको कांग्रेस यहाँ एक्लै छ । खत्याड गाउँपालिकामा माओवादी र कांग्रेसले गठबन्धन गरेका […]
बारा — बाराका पत्रकार वीरेन्द्र साहको हत्या भएको १५ वर्ष पुग्न लाग्यो । पत्नी उमरामवतीले न्यायका लागि संघर्ष थालेको पनि उति समय भयो । तर, अहिलेसम्म उनले न्यायको महसुस गरेकी छैनन् बरु हत्यामा संलग्न माओवादी कार्यकर्तालाई राज्यका निकायले दिइरहेको एकपछि अर्को सहुलियतले उनलाई थप एक्लो र असहाय बनाएको छ । माओवादी शान्ति प्रक्रियामा आइसकेको अवस्थामा कार्यकर्ताहरू लालबहादुर चौधरी, […]
डेलधुरा । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले कांग्रेसका मेयर नभएको ठाउँमा आफूहरुले पैसा नै नपठाउने बताएकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा केही दिनअघि ३१ करोड रुपैयाँ बजेट पारेको प्रशंग निकाल्दै उनले भनिन्, ‘जहाँ कांग्रेसको मेयर नै हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं, त्यसैले यो कुरालाई ध्यान दिएर […]
भौगोलिक हिसाबले नेपालको विकट जिल्ला मानिने बाजुरामा अझै पनि मानिसहरु न्युनतम आवश्यकता पुरा गर्ने कार्यमै सिमित छन् । आफ्नो आधारभुत आवश्यकता पुरा गर्नमै दिन रात खर्चिने यहाँका मानिस भौगोलिक विकटताका कारण प्रविधिमूलक सेवा सुविधाबाट बञ्चित रहँदै आएका छन् । विकासका दृष्टिकोणले पिछडिएको हिमाली जिल्ला बाजुरामा अहिले पनि यातायात, शिक्षा, स्वास्थ्य लगायत विषयमा राम्रो पहुँच छैन […]
धनगढीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कैलालीको बौनियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैगर्दा ‘माइक’ को व्यवस्था राम्रो नभएको गुनासो गरेका छन्। माइकले साथ नदिएपछि सम्बोधन छोट्याएका ओलीले भने, ‘माइकले विल्कुलै काम गरिराखेको छैन, अर्को पटकदेखि माइकको राम्रो व्यवस्था हुनुपर्छ।’ सम्बोधनका क्रममा ओलीले आमसभामा उपस्थित कार्यकर्ता तथा जनसमुदायलाई भोट दिने तरिका पनि सिकाए। उनले भोट […]