होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले २७ जिल्लाका पाँचदेखि एघार वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा कोरोनाविरुद्धको फाइजर खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असार ९ गतेदेखि १५ गतेसम्म पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई फाइजर खोप दिने तयारी गरिएको हो । सोही समूहलाई दोस्रो मात्रा खोप भने साउन २ गतेदेखि ८ गतेसम्म लगाइने भएको छ । […]
अछाम: अछाममा मृत फेला परेका किशोर विनोद शाहीको शव ४ दिनसम्म पनि उठ्न सकेको छैन। पञ्चदेवल विनायक नगरपालिका– ४ का १६ वर्षीय विनोद शाही शनिबार बिहान घर नजिकैको भिरमा मृत अवस्थामा फेला परेका थिए। यहि जेठ २१ गते बिहान करिब १० बजे नै किशोरको शव भेटिएको भए पनि मृतकका आफन्तले उनको शव उठाउन दिएका छैनन्। […]
टिकटकमा एउटा बालक ‘ममी जाने..ममी जाने’ भन्दै डाँको छोडेर रुँदै गरेको भिडियो अहिले निकै भाइरल छ । भिडियोमा तुरुन्तै मिसले ल अब हाँसीदेउ भन्दा बालक आँखाभरी आँसु छचल्काउँदै मुस्कुराउन बल गर्छ । खासमा उ स्कुलमा आमा सम्झेर रुन खोजेको छ, तर भिडियो खिचेर उसलाई रुनबाट रोकिएको छ । र, बच्चाले आफ्नो निर्दोष भावना व्यक्त गर्दै […]
मुगु । जिल्लाको खत्याड गाउपालिका–४ पैखुगाउँमा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । मंगलबार बिहान भएको आगलागीबाट खत्याड गाउँपालिका–४ पैखुगाउँका चुत्तबहादुर थापा र सारदा थापाको घर पूर्ण रुपले नष्ट भएको गाउँलेले बताएका छन् । आगलागीको कारण क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । […]
अछाम‚ काठमाडौं‚ वीरेन्द्रनगर — मुगुको छायानाथ रारा नगरपालिकाकी २२ वर्षीया मैनसरा विकले १८ वर्षको उमेरमा विवाह गरिन् । ६ महिनापछि गर्भ रह्यो । न उनले स्वास्थ्यको ख्याल गरिन् न परिवारले नै चासो दिए । सामान्य अवस्थामा जस्तै उनले आफूले सक्नेजति काम गरिरहिन् । अन्ततः उनको बच्चा ३ महिनामै खेर गयो । त्यति हुँदाहुँदै पनि मैनसराको शरीरले पोसिलो आहारा पाएन । त्यसपछिका […]
बाजुरा । मंगलबार विभिन्न कार्यक्रम गरेर विश्व खाद्य सुरक्षा दिवस मनाइँदै छ । तर बाजुराको अतिविपन्न दलित समुदायको बसोबास रहेको मुक्तिकोट गाउँका बासिन्दाले खानै नपाएर कुपोषणको अवस्था झन्झन् भयावह हुँदै गइरहेको छ । बाजुराको कुपोषणग्रस्त मुक्तिकोट गाउँका बासिन्दाका लागि वितरण गरिएको चामल लिन आएका स्थानीय । डेढ महिना अघिसम्म कडा कुपोषित बालबालिकाको संख्या १६ रहेको […]
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्कीपुल उद्घाटनअघि नै भाँचिएपछि यस क्षेत्रका वासिन्दा समस्यामा परेका छन् । वर्षायाम नजिकिँदै जाँदा पनि नदी वारपार गर्ने कुनै विकल्प नहुँदा उनीहरु ज्यान जोखिममा राखेर नदी तर्न बाध्य भएका छन् । पुल नहुँदा चौदण्डीगढी-५ स्थित सिवाई-बेल्हाका वासिन्दा बढी समस्यामा परेका स्थानीय भास्कर चौधरीले बताए […]
नागरिक रैबार/बाजुरा २२ जेठ। विश्व वातावरण दिवस बाजुराको कोल्टीमा पनि मनाईएको छ । आईएन एफ नेपाल बाजुराले विश्व बातावरण दिवसको अवसरमा कोल्टीमा वृक्षारोपण गर्दै दिवस मनाएको हो । “एउटै मात्र पृथ्वी“ पृथ्वीको संरक्षण, दिगो प्रकृतीमैत्री जीवनयापन भन्ने मुल नाराका साथ विश्व बातावण दिवस आज विश्वभर मनाईएको छ । दिवसकै अवसरमा आईएन एफ नेपाल बाजुराले कोल्टी […]
नागरिक रैबार/बाजुरा २२ जेठ। बाजुराको सदरमुकाम मार्तडीमा एक दिने अनुशिक्षण गोष्ठी सम्पन्न भएको छ । बडीमालिका नगरपालिकाको आयोजना र सुदूरपश्चिम प्रदेश मुख्य मन्त्री तथा मन्त्री परिसदको कार्यालय धनगढीको आर्थिक सहयोगमा उक्त १ दिने अनुशिक्षण गोष्ठी सम्पन्न भएको हो । गोष्ठिमा बडीमालिका नगरपालिलकाका कार्यपालिका सदस्यहरुलाई लैगिंक समानता तथा समावेशीकरण रणनितिक योजना तर्जुमाका बारेमा जानकारी गराईएको छ […]
नागरिक रैबार/बाजुरा २२ जेठ।बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर बहादुर खड्का सदरमुकाम मार्तडी बजारको सरसफाई गर्न आफै मैदानमा खटिएका छन् । सदरमुकाम मार्तडी बजारलाई सफा र सुन्दर बनाउन नगरपालिकाको पहिलो बैठकले गरेको निणर्य अनुसार नगर प्रमुख खड्का आईतबार दिउसो सदरमुकाम मार्तडी बजारको सरसफाईमा खटिएका हुन् । नगरपालिकाले पहिलो चरणमा मार्तडी बजारलाई सफा र व्यवस्थित बनाउने निणर्य गरेको […]
नागरिक रैबार/बाजुरा २२ जेठ। बाजुराको बडीमालिका नगरपालिकाले सरसफाई कार्यक्रमको सुभारम्भ गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजारको फोहोर मैलालाई व्यवस्थापन गर्ने गरी सरसफाई कार्यक्रमको सुभारम्भ गरेको हो । बाजुराको मुटुका रुपमा रहेको सदरमुकामको मार्तडी बजारलाई सफा र स्वच्छ बनाउने गरी बजारको सरसफाई व्यवस्थापन गर्ने कार्यपालिकाको निणर्य अनुसार विश्व वातावरण […]
राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा १४६ गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको छ । २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउनमा १८, भदौमा […]
नागरिक रैबार/बाजुरा २१ जेठ।बाजुराको सदरमुकाम मार्तडीमा २ सय जना एकै ठाउँमा अटाउने सुविधा सम्पन्न सभाहल निर्माण गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा बाजुराको सदरमुकाम मार्तडीमा २ सय बढी जना अटाउने सुविधा सम्पन्न सभाहल निर्माण गरिने भएको हो । मार्तडीमा सभाहल निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारका पूर्व अर्थमन्त्री तथा बाजुराको प्रदेश सभा (ख) […]
नागरिक रैबार/बाजुरा २० जेठ । नेपाल राष्ट्रिय शिक्षक संघठन बाजुराले एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरूलाइ सम्मान तथा बधाई ज्ञापन गरेको छ । शुक्रबार सदरमुकाम मार्तडीमा एक कार्यक्रमका विच नवनिर्वाचित जनप्रतिनिधिहरूलाइ बधाई तथा सम्मान गर्नुका साथै जिल्लामा रहेका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अन्तरक्रिया कार्यक्रम गर्दै बधाइ तथा सम्मान गरेको हो । नेपाल राष्ट्रिय शिक्षक संघठनका […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिका वडा नम्वर ९ को वडा कार्यसमितिको पहिलो बैठक आज वडा कार्यालयमा बसेको छ । वडा अध्यक्ष सुर्यकिरण विकको अध्यक्षतामा बसेको पहिलो बैठकले वडाको विकासका लागि महत्वपूर्ण निर्णय गरेको छ । निर्वाचनका बेला जनतामाझ जाँदा वडाले तयार गरेको “वडा नं नौं सुखि र समृद्ध मौं “ भन्ने मुल नारालाई नै […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दाताराम प्याकुरलेको सरुवा भएको छ ।प्याकुरेलको बडीमालिका नगरपालिकाबाट राष्ट्रिय सर्तकता केन्द्र सिंहदरबारमा सरुवा भएको हो । ०७८ चैत्र १३ गतेबाट बडीमालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका प्याकुरेल ३ महिना नपुग्दै सरुवा भएका हुन् । स्थानिय तह निर्बाचनको बेला बुढिगंगा नगरपालिकाको निर्वाचनमा अनुगमन समितिको संयोजक भएर […]
धनगढीः बझाङमा यार्सा संकलनका क्रममा हिम पहिरोमा परि एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्मा गाउँपालिका १ नाउलाकी ३० वर्षीया सिन्की बोहरा रहेकी छन्। बिहीबार राति करिब १२ बजे धनसेरा भन्ने ठाउँमा टेन्टमा सुतिरहेको बेला माथिबाट खसेको हिमपहिरोमा परि बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीसँग रहेका अरु भने भागेर बाँच्न […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिका वडा नं. ९ मा कल सेन्टर स्थापना गर्ने निणर्य गरेको छ । वडामा आज बसेको वडा समितिको पहिलो बैठकले वडाको सेवा क्षेत्र भित्रका सेवाग्राहीहरुको जनगुनासोलाई सम्वोधन गर्न नेपाल टेलिकमसंग समन्वय गरि वडा कार्यालयमा कल सेन्टरको स्थापना गर्ने निणर्य गरेको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । कल सेन्टरमा सेवाग्राहीहरुको […]
बझाङ — रेडियोको स्टुडियो भित्र पसेर एक व्यक्तिले पत्रकारलाई कुटपिट गरेका छन । जिल्ला सदरमुकाम चैनपुर स्थित जयपृथ्वी एफएम कार्यरत पत्रकार कर्ण धामीलाई सुर्मा गाउँपालिका–४ का खडक बोहराले कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की समेत दिएका छन् । मदिरा सेवन गरेर स्टुडियोमा पसेका बोहराले रेडियोमा प्रसारण हुने श्रद्धाञ्जलीको विषयमा कुरा गर्ने क्रममा आफूमाथि कुटपिट भएको […]
नागरिक रैबार/बाजुरा २० जेठ। बडिमालिका नगरपालिकाका जेष्ठ नागरिकहरुको सम्मानका लागि दुई दिने कार्यक्रम सम्पन्न भएको छ । बडिमालिका नगरपालिका वडा न ८ र ९ का जेष्ठ नागरिकहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो । बडिमालिका नगरपालिकाको आर्थिक सहयोग तथा बडिमालिका जेष्ठ नागरिक कल्याण संस्था र अपाङ्ग कल्याण संघ मार्तडी बाजुराको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको बडिमालिका […]