होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विश्व वातावरण दिवसको अवसरमा आईएन एफ नेपालले गर्यो कोल्टीमा वृक्षारोपण
समाचार

विश्व वातावरण दिवसको अवसरमा आईएन एफ नेपालले गर्यो कोल्टीमा वृक्षारोपण

  • नागरिक रैबार
विश्व वातावरण दिवसको अवसरमा आईएन एफ नेपालले गर्यो कोल्टीमा वृक्षारोपण

नागरिक रैबार/बाजुरा २२ जेठ। विश्व वातावरण दिवस बाजुराको कोल्टीमा पनि मनाईएको छ । आईएन एफ नेपाल बाजुराले विश्व बातावरण दिवसको अवसरमा कोल्टीमा वृक्षारोपण गर्दै दिवस मनाएको हो ।

“एउटै मात्र पृथ्वी“ पृथ्वीको संरक्षण, दिगो प्रकृतीमैत्री जीवनयापन भन्ने मुल नाराका साथ विश्व बातावण दिवस आज विश्वभर मनाईएको छ ।
दिवसकै अवसरमा आईएन एफ नेपाल बाजुराले कोल्टी बजारमा र्याली सहित सरसफाई गरेर बुढीनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहराले जैतुनको विरुवा रोपेर विश्व वातावरण दिवस मनाईएको आईएन एफ नेपालका सहायक परियोजना अधिकृत शंकर उखेडाले बताएका छन् ।

त्यस्तै दिवसकै अवसरमा बुढीनन्दा नगरपालिकाको हलमा जम्मा भएर विश्व वातावरण दिवसको बारेमा सहभागि सवैलाई जानकारी गराईएको थियो ।

विज्ञापन

आईएनएफ नेपालका परियोजना अधिकृत रुक्साल पण्डितको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथी बुढीनन्दा नगरपालिकाका उपप्रमुख राम बहादुर बोहरा रहेका थिए । कार्यक्रमको संचालन भने आइएन एफ नेपालका सहायक परियोजना अधिकृत बसन्ती बुढाले गरेकी थिईन् । कार्यक्रममा ५० बढी सहभागि भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार