होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अछाम: अछामकी एक युवती २ दिनदेखि बेपत्ता भएकी छन्। जिल्लाको मंगलसैन नगरपालिका–४ सान्नीकोटकी २० वर्षीया किरण केसी हिजो सोमवारदेखि बेपत्ता भएकी हुन्। मंगलसैन नगरपालिका वडा नम्बर ५ सान्नीकोट बजारबाट घर जान्छु भनी दिउँसो ३ बजे हिँडेकी उनी घर नपुगेको परिवारिक स्रोतले बताएको छ। बेपत्ता युवती कान सुन्न र बोल्न नसक्ने रहेको बताइएको छ। आफन्तले किरणको […]
मनाङ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत सहायक प्रहरी हवल्दार नारायण थापा मगरको रक्तचापबाट निधन भएको छ ।गोरखा घर भई सो कार्यालयमा कार्यरत ३२ वर्षीय उनको सोमबार बेलुकी उपचारका क्रममा सामुदायिक अस्पताल लमजुङमा मृत्यु भएको हो । कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले उपचारका क्रममा थापाको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार थापालाई उच्च रक्तचाप […]
नागरिक रैबार/बाजुरा २८ चैत्र । नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पूणर् बैठक मार्तडीमा सम्पन्न भएको छ । नेकपा एमालेको जनवर्गीय संगठनका रुपमा रहेको नेपाल उत्पीडित जातिय मुक्ति समाज बाजुराको आज सदरमुकाम मार्तडीमा महत्वपूणर् निणर्य गर्दै सम्पन्न भएको छ । बैठकले आगामी स्थानीय तहको निर्वाचनमा बाजुराका ९ वटा पालिकामा प्रत्येक पालिकामा २ जना वडा अध्यक्ष […]
नागरिक रैबार/बाजुरा २८ चैत्र । स्थानिय तह निर्वाचन बैसाख ३० गते नजिकिदै जाँदा जिल्लाका राजनितिक दलहरुका बिस्तारित बैठक बस्ने क्रम जारी रहेको छ । यसै क्रममा नेकपा माओवादी केन्द्र बाजुराको आइतबार बसेको पार्टीको प्रथम पूर्ण बैठकले गरेका निणर्यहरु सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन लक्षित बसेको माओवादी केन्द्रको प्रथम […]
धनगढीः बझाङमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्ला सदरमुकाम चैनपुरस्थित बाहुलीगाडमा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु भएको हो। प्रहरीका अनुसार डुबेर बित्थड चिर गाउँपालिका ४ का १८ वर्षीय कमल बोहराको मृत्यु भएको हो। दिउसो ४ बजेतिर उनको ज्यान गएको प्रहरीले जनाएको छ। यसअघि पनि बाहुलीगाडमा डुबेर एक जनाको मृत्यु भएको […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। नेकपा एमाले जिल्ला कमिटी बाजुराको तेस्रो पूर्ण बैठकले नयाँ ३ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । सोमबार सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा बसेको एमाले बाजुराको तेस्रो पूर्ण बैठकबाट बडीमािलका नगरपालिकाका जंग विक, स्वामीकार्तिक खापर गाउँपालिकाका दिलिप शाही र त्रिवेणी नगरपालिकाका खड्क साउँदलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको एमाले बाजुराका प्रचार […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। नेकपा एमाले बडीमालिका नगर कमिटीले बडीमालिकाको मेयर पदको उम्मेदवारीका लागि अमर खड्कालाई सिफारिस गरेको छ । एमाले बडीमालिका नगर कमिटिको बैठकले एमाले बाजुराका संगठन विभाग प्रमुख समेत रहेका खड्कालाई बडीमालिकाको मेयरको उम्मेदवारीमा सिफारिस गरेको नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले बताएका छन । अध्यक्ष पाध्यायका अनुसार बडीमालिकाको उपमेयर पदको उम्मेदवारका लागि ३ […]
धनगढी । कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए । ‘सोमबार बिहान इलाका प्रहरी कार्यालय पण्डौनमा मैले श्रीमानको हत्या गरे भन्दै फूमा […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षार्थका लागि छनौट भएका म्यादी प्रहरीहरुको तालिम आजबाट सूरु भएको छ । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि छनोट भएका ६ सय ७५ जना म्यादी प्रहरीको तालिम आजबाट सूरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी चर्तुभुज ओझाले बताएका छन् । डिएसपी ओझाका […]
राँझा (बाँके) । नेपालगञ्जको बिपी चोक नजिक आइतबार राति कारले ठक्कर दिंदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले ठक्कर दिंदा नेपालगञ्ज उपमहानगरपालिका- ११ निवासी ६५ वर्षीया समिना इद्रिसी, पाँच वर्षीय कसिम इद्रिसी र अलि इद्रिसीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी […]
सप्तरी । आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसार र उम्मेदवार छनौटको तयारीमा राजनीतिक दल आन्तरिक तयारीमा छन्। ३० वैशाखमा देशभर स्थानीय तहको निर्वाचन हुँदै छ। आउँदो ११ वैशाखमा उम्मेदवार मनोनयन दर्ता गर्ने चुनावी कार्यतालिका छ। जस कारण राजनीतिक दलहरू उम्मेदवार चयनदेखि घोषणपत्र बनाउनेसम्मको काममा व्यस्त छन्। राजनीतिक दल र तिनका नेतालाई मात्र होइन आमनागरिकलाई पनि चुनावी […]
काभ्रेको बनेपा नगरपालिका–२ को घिमिरे गाउँमा विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएकाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरि खतिवडाले २४ वर्षीय मोहन विक घाइते भएको बताए । उनको मुख र हातमा गहिरो चोट लागेको छ । घाइते विकको ललितपुरस्थित बी एन्ड बी हस्पिटलमा उपचार भइरहेको छ […]
नागरिक रैबार/बाजुरा २७ चैत्र । बाजुराको रानीवन स्पोर्टस क्लब सि डिभिजन खेलका लागि राजधानी पुगेको छ । सि डिभिजन लिग छनोटपछि पहिलो पटक रानीवन सि डिभिजन खेल्न बाजुराबाट राजधानी पुगेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने सि डिभिजन लिगको खेल यही चैत्र २९ गतेबाट सुरु हुदैछ । रानीवन यसैवर्ष सि डिभिजनको लिग […]
बागलुङ — २०७४ को स्थानीय निर्वाचनमा तमानखोला गाउँपालिका–६ मा निर्वाचन भएन । स्थानीयले भेला बसेर निर्विरोध वडाध्यक्ष र सदस्य चुने । निर्वाचनको दिन उनीहरूले वडा ६ बाट गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गरे । यसपालि पनि स्थानीय सर्वसम्मत नेतृत्वका लागि छलफल गरिरहेका छन् । गएको निर्वाचनमा वडामा कांग्रेसबाट अध्यक्षमा कुलबहादुर छन्त्याल र सदस्यमा लोकबहादुर छन्त्याल, माओवादीबाट थमप्रकाश […]
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको […]
काठमाडौँ — दलित समुदायका कानुन व्यवसायीहरूले गरिब, दलित, उत्पीडित तथा असहायहरूको न्यायमा पहुँच सुनिश्चित गर्न माग गरेका छन् । नेशनल दलित लयर्स फोरमले गरेको दलित समुदायका कानुन व्यवसायीको राष्ट्रिय सम्मेलनले गरिब, दलित, उत्पीडित, तथा असहायहरूको न्यायमा पहुँच सुनिश्चित गर्न र स्वच्छ सुनुवाइको मौका प्राप्त गर्न, सस्तो सुर्लभ न्याय प्राप्तिका लागि रणनीतिक योजना निर्माण गरी काम […]
काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं ।देवीको पूजा र उपासना गर्दै मनाइँदै छ।असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ । पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो […]
नागरिक रैबार/बाजुरा २६ चैत्र। बाजुराको सदरमुकाममा रहेको मार्तडी बजार व्यवस्थापन समितिले चैते दशैंको अवसरमा मालिका मन्दिरमा घण्ट चढाएका छन् । मार्तडी बजार व्यवस्थापन समितिले बजारमा रहेका व्यापारीहरुसंग रकम संकलन गरेर मालिका मन्दिरमा ७३ हजार ७ सय रकम बराबरको ५५ किलोको घण्ट मालिका मन्दिरमा चढाएको बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लले बताएका छन् । उनका अनुसार […]
हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भएको छ। शनिबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया […]
काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन आवश्यक तयारी गर्न निर्देशन दिएका छन्। राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय भएको र देशभर विजयी गराउनका लागि आवश्यक तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्। अध्यक्ष ओलीले […]