होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २३ असार। जिल्लाको त्रिवेणी नगरपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–६ पन्धारा फल्लेतोला बस्ने ४५ वर्षीय हरिचन्द्र बिक रहेका छन् । घरदेखि करिब ७ सय मिटर टाढा भिरपाटा भन्ने ठाउँमा रहेकाे भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
नागरिक रैबार/बाजुरा २३ असार। नेकपा एमालेका केन्द्रीय नेता कणर्बहादुर थापाले सत्ता गठबन्धनका दलहरुले बाजुराको बुढीगंगामा जारी निर्वाचनमा धाँदली गर्न खोजेको आरोप लगाएका छन्। नेता थापाले बुढीगंगाको निर्वाचनबारे भ्रमहरु फेलाइएको भन्दै सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, एकिकृत समाजवादीले निर्वाचनमा धाँदली गर्न खोजेको सामाजिक सञ्जालमार्फत आरोप लगाएका हुन् । उनले लेखेका विहिबार दिउसो सामाजिक सन्जालमा स्टाटस लेख्दै […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकामा आज विहान ७ बजेबाट पुनः मतदान भईरहेको छ । यस अघि बैशाख ३० गते भएको मतदान स्वतन्त्र र निष्पक्ष रुपमा नभएको भन्दै निर्वाचन आयोगले रद्ध गरेको थियो । बैशाख ३० मा भएको निर्वाचनलाई आयोगले रद्ध गरेपछि आज विहान ७ बजेबाट भईरहेको मतदानका क्रममा केही मतदान केन्द्रमा छिट््पुट घटना भएको […]
नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न विहान ७ बजे देखी सुरु भएको मतदानमा १२ बजे सम्म ४४ दशमलव ९२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएकाे छ । गत वैशाख ३० गते भएको निर्वाचनमा एमाले र काँग्रेसका कार्यकर्ताविच मतदान स्थलमा झडप भएपछि निर्वाचन आयोगले त्यसलाई रद्द गरेर आजको मिति तय गरेको […]
धनगढी: सुदूरपश्चिममा सुरक्षित गर्भपतन सेवाको पहुँच विस्तार हुन सकेको छैन। आधारभूत स्वास्थ्य सेवामा हरेक नागरिकको सहज पहुँच हुनुपर्ने भएपनि सुरक्षित गर्भपतन सेवामा भने सबैको पहुँच पुग्न सकेको छैन। सुरक्षित गर्भपतन सेवा महिलाको प्रजनन् स्वास्थ्यको दृष्टिकोणबाट महत्वपूर्ण भए पनि सुदूरपश्चिममा भने जनशक्ति अभाव छ। जसकाकारण जथाभावी औंषधि प्रयोगले महिलाको प्रजनन् स्वास्थ्य समस्या बढ्दो छ। सुदूरपश्चिम प्रदेशमा […]
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा आज पुनः मतदान हुने भएको छ । बुढीगंगामा वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा मतदान रद्द भएको छ। बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यलयले जनाएको छ । निर्वाचनलाई मर्यादित रुपमा सम्पन्न गर्न प्रारम्भिक व्यवस्थापकीय कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले जानकारी दिए […]
धनगढी । बाजुराको बुढीगंगा नगरपलिकामा बिहीबार हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिए । ‘हामीले निर्वाचनलाई भयरहित वातारणमा स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दलको सहमतिका आधारमा प्रक्रिया अघि […]
काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ ।आयोग पदाधिकारीहरुका अनुसार बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्ने तयारी छ । एक आयुक्त भन्छन्, ‘भोलि २ बजेपछि भेट होला ।’ त्यसको अघिल्लो दिन मंगलबार आयुक्तहरुबीच सम्भावित मितिबारे छलफल भएको थियो । त्यस क्रममा कात्तिक ३० सँगै मंसिर […]
नागरिक रैबार/बाजुरा २१ असार । जिल्लाको हिमाली गाउँपालिका अन्तरगर्त कार्यरत करार कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा उच्चमनोबल कायम गराउन खाइपाइ आएको तलबमा १० प्रतिशतले वृद्धि गरिएको छ। गाउँपालिकामा भरीका करार तथा स्वयंसेवक शिक्षेक कर्मचारीहरुलाई आर्थिक वर्ष २०७९/८० को निति कार्यक्रम तथा बजेट विनियोजनमा प्रस्तुत गरिएको छ। आउँदो साउन महिना बाट लागू हुने गरी बजेट व्यवस्थापन मिलाएको […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्ये […]
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिमा भालुको आक्रमणाबाट एक जना गम्भीर घाइते भएका छन् । स्थानीय गणेश साउँदले दिएको सूचना अनुसार पूर्वीचौकी गाउँपालिका-१ का नरबहादुर खड्कालाई मंगलवार बिहान छोरेपानीमा भालुले आक्रमण गरेको हो । भालुको आक्रमणमा परेका खड्काको टाउको र अनुहारमा चोट लागेको साउँदले बताए ।उनलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी […]
मुलुकी देवानी संहिता ऐन २०७४ ले २० वर्ष नपुगी गरिएको विवाहलाई बालविवाहका रूपमा परिभाषित गरेको छ । यस्तो विवाह गरे–गराइए सजाय हुने र विवाह पनि स्वत खारेज हुने व्यवस्था पनि छ । तर यति हुँदाहुँदै पनि जुम्लाका विशेषगरी दुर्गम क्षेत्रमा बालविवाह गर्नेको संख्या र अवस्था चिन्ताजनक देखिएको छ । जुम्लाको पातारासी गाउँपालिकामा बालविवाह गर्नेको संख्या […]
रामेछापका सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमा मृत्यु भएको रामेछापका डिएसपी राजकुमार थिङले बताए ।२५ जना घाइतेलाई उपचारका लागी धुलिखेल पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले घाइतेहरुको उद्दार गरिरहेको छ ।
दाङ । प्युठानको ऐरावती गाउँपालिका-६ बिजुलीकोटमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।मृत्यु हुनेमा स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए । प्रहरी नायव उपरीक्षक थापाका अनुसार सोमबार राति परेको चट्याङ […]
काठमाडौं । काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या १९ पुगेको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्ने ४ र ६ बर्षका बालकमा हैजा पुष्टि भएसँगै संक्रमतिको संख्या १९ पुगेको हो । हैजा संक्रमित हुनेमा १४ जना पुरुष र ५ जना महिला छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार १४ बर्षमुनिका तीन बालबालिकामा संक्रमण पुष्टि […]
नागरिक रैबार / २० असार बाजुरा । बडीमालिका नगरपालिका वडा न. ९ उखाडि स्थायी घर भएका टेकराज तिमिल्सिना असार १५ गते हराइरहेका छन । सदरमुकाम मार्तडीका रहेको मालिका माबीमा कक्षा ९ मा अध्ययनरत तिमिल्सिना आफनै घरबाट केहि नगदसहित लगेर भागेको अंकल दिर्घ राज तिमिल्सिनाले बताएको छ । आज सम्म पनि सम्पर्कमा नआएको हुनाले निजलाई फेला […]
दाङ । राजनीतिकर्मी, त्यसमा पनि सार्वजनिक पद धारणा गरिसकेपछि हत्तपत्त श्रममा फर्किन रुचाउँदैनन् । दाङका पूर्व जिल्ला समन्वय समिति (जिसस) प्रमुख जितेन्द्रमान नेपाली भने फरक भइदिए । ०७४ सालमा नेकपा एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका जितेन्द्रमान आफूले वर्षौदेखि गर्दै आएको टेलरिङ पेशामा फर्किएका हुन् । अहिले उनको दिनचर्या ग्राहकहरुको नापो लिने, कपडा काट्ने […]
नागरिक रैबार बाजुरा १९ असार । जिल्ला प्रहरी कार्यालय बाजुरा प्रहरीद्धारा अवैध घरेलु बरामत गरि नष्ट गरिएको छ । जिल्लाका बिभिन्न गाउँहरुबाट ५ सय ७८ लिटर घरेलु अबैध मदिरा नष्ट गरिएको छ । सदरमुकाम मार्तडीका अबैध मदिरा बिक्रि गर्ने गरेको जनगुनासो पछि जिल्ला प्रहरी कार्यालयले छापा मारेर अबैध घरेलु मदिरा बरामत गरिएको जिल्ला प्रहरी कर्यालयका प्रमुख […]
नागरिक रैबार बाजुरा १९ असार । जिल्ला प्रशासन कार्यालय बाजुराले प्रशासनबाट बुढिगंगा नगरपालिकाको निर्बाचानलाई केन्द्रीत गर्दै प्रदान गरिने सेवाहरु २० गतेबाट सेवा प्रवाह स्थगन गर्ने भएको छ । बुढिगंगा नगरपालीकाको स्थानीय तहको निर्वाचन हुन गईरहेकोले २० गतेबाट २४ गतेसम्म लागि अत्यआवस्यक काम बाहेकका सेवाहरु स्थगन गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले […]
नागरिक रैबार बाजुरा १९ असार । जिल्लाको बुढीनन्दा नगरपालिका सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । शुक्रबार राति सुत्केरी व्यथा लागेर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना भएकी बुढीनन्दा नगरपालिका वडा नम्बर ६ कि एक २१ वर्षीया मनिषा भण्डारी (खत्री) को कोल्टीमा प्रसुति हुन् नसकेपछि हेलिकप्टर मार्फत उद्धार गरिएको हो । खत्रीलाई सुत्केरी […]