होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • चट्याङ लागेर प्युठानमा २ जनाको मृत्यु, ९ घाइते
देश/प्रदेश

चट्याङ लागेर प्युठानमा २ जनाको मृत्यु, ९ घाइते

  • नागरिक रैबार
चट्याङ लागेर प्युठानमा २ जनाको मृत्यु, ९ घाइते

दाङ । प्युठानको ऐरावती गाउँपालिका-६ बिजुलीकोटमा चट्याङ लागेर दुई जना बालकको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् ।मृत्यु हुनेमा स्थानीय ७ वर्षीय रोमन परियार र १२ वर्षीय किरण परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार सोमबार राति परेको चट्याङ लागेर घाइते भएका दुवै जनाको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर ऐरावतीको वडा नं.-६ का ५ जना र वडा नं-१ दाङवाङका ४ जना गरी ९ जना घाइते छन् । त्यसमध्ये दाङबाङकी ७० वर्षीया पोवी नेपालीको अवस्था गम्भीर रहेको थापाले जानकारी दिए । घाइते सबैको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार