होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुरा जिल्लाका कृषकहरुले फलाएका स्याउहरु अव बारी बाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको २०७६÷७७ को वार्षिक कार्यक्रम अनुसार स्याउको बजार प्रर्वद्धन गर्ने उद्देश्यले कृषकहरुले खेतबारीमा फलाएका स्याउलाई बारीबाटै ढुवानी गर्नका लागि सूचना आह्वान गरेको छ । कृषकले फलाएका स्याउहरु बारीमै पुगेर ढुवानी गर्नका लागि कृषि ज्ञान केन्द्र […]
नागरिक रैबार/बाजुरा १८ भदौ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले नागरिक रैबार डटकका समाचार संयोजक पत्रकार प्रमित विकलाई क्रिया खर्च बाफत ५ हजार रुपैयाँ सहयोग गरेको छ । बुधबार पत्रकार महासंघका अध्यक्ष प्रकाश बहादुर सिंह, सचिव प्रेम विक र कोषाध्यक्ष नन्दा थापाले सयुक्त रुपमा पाँच हजारको चेक पत्रकार विकलाई हस्तान्तरण गरेका हुन् । पत्रकार […]
काठमाडौं, १८ भदाै : नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले झण्डै २ हजारको संख्यामा कर्मचारी माग गरेको छ । विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत १ हजार ९ सय८९ को संख्यामा कर्मचारी माग गरेको हो । विभागले ७ सय ५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड […]
नागरिक रैबार/बाजुरा १७ भदौ। नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा बाजुराको सदरमुकाम मार्तडीमा रहेको जिल्ला खेलकुदको कवर्ड हलमा देउडा खेल सुरु भएको छ । बडीमालिका नगरपालिका वडा नं. ९ कि वडा सदस्य देउडा खेलाडी सुना बिक र गौमुल गाउँपालिकाका १ अम्लिसका युवा देउडा खेलाडी भुवन रोकाया विच घम्साघम्सी चलिरहेको छ । पछिल्लो समय लोप […]
नागरिक रैबार/बाजुरा १७ भदौ। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ९ गैरीबजारका २४ वर्षिया लालबहादुर विक भारतको दिल्लीस्थित रानीवाग महेन्द्र पार्कबाट सोमबार बेपत्ता भएका छन् । टाउकोको उपचारका लागि डेढसाता अघि मात्र बाजुराबाट भारत गएका विक सोमबार दिल्लीस्थित महेन्द्रपार्कबाट एकाएक बेपत्ता भएको उनका आफन्त रोहित चंदाराले बताएका छन् । आफन्त चंदाराका अनुसार विक सोमबार दिउसो ४ […]
नागरिक रैबार/बाजुरा, १७ भदौ । जिल्ला प्रहरी कार्यालय बाजुराले ५ महिनामा ५ सय रोपनी जग्गामा जागेकाे गाँजा नष्ट गरेको छ । प्रहरीले २०७६ बैशाख देखि भदौ सम्म पाँच महिनाको अवधिमा करिब ५ सय रोपनी जग्गामा लगाइएको गाँजा नष्ट गरेको जनाएको छ । प्रहरीले केन्द्रिय नीति अनुरुप बाजुराका ९ वटै स्थानीय तहका विभिन्न गाउँमा पुगेर गाँजा […]
जाजरकोट : चट्याङ लागेर जाजरकोटमा २३३ भेडा मरेका छन्। कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरी र चट्याङका कारण २५२ भेडा हराएका हुन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार चट्याङले धेरै भेडा मरेपछि कुशेका किसान चिन्तित बनेका छन्। यहाँका किसानको आम्दानीको प्रमुख स्रोत भेडा पालन हो। कुशे गाउँपालिकाका किसान, व्यावसायिक रूपमा भेडा पालेर जिविका चलाउँदै आएका छन्। भेडा […]
काठमाडौं : सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ । कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका छन् । सर्वोच्चमा आइतबार मात्रै ३ सय ५१ मुद्दाको सुनुवाइ गर्ने तय भएको थियो । तीमध्ये ४० वटा स्थगन भएका छन् । कानुन व्यवसायीले […]
प्रमित विक/बाजुरा १६ भदाै । यतिबेला जिल्लाका अधिकाँस शहरमा महिलाहरुले तीजको अवसरमा नाचगान गर्नुका साथै तीजको दर स्वरुप मिठा मिठा खानेकुराहरु खाएर रमाईरहेका छन् । जिल्लाको सदरमुकाम मार्तडी, कोल्टीबजार, बाम्का बजार र बेतालमाण्डौं बजारमा महिलाहरूले हर्षोल्लासका साथ तीज मनाईरहेका छन् । तर जिल्लाकै अति दुर्गममा रहेका महिलाहरुलाई तीज भनेको के हो ? तीज कसरी मनाउन्छन् […]
झापा– आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्रेमराज तिमल्सिना र भीमबहादुर लिम्बू रहेका छन् । पक्राउ परेका बराल विर्तामोड नगरपालिका–८ का वडासचिव […]
बझाङ, १५ भदौ । सुरेश सुनार देशभरकै कान्छा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हुन । मोरङबाट सरुवा भएर बझाङ आएपछि उनले जनताको हितमा उल्लेख्य काम गरे । सडक निर्माणमा जनप्रतिनिधिको भन्दा जनताको साथ दिएको निहुँमा उनलाई जनप्रतिनिधिले जिल्लाबाटै लखेटे । उनको सरुवा भयो । तर गज्जवको पक्ष, उनको बिदाइ दुलही अन्माउदा भन्दा फरक भएन । जनप्रतिनिधिले […]
काठमाडौं- बुढीगंगा जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन (ईआइए) प्रतिवेदन तयार भएको छ। विस्तृत आयोजना प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको स्मेक इन्टरनेश्नल/उदय कन्सल्टेन्टले तयार पारेको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनलाई अन्तिमरुप दिन वन तथा वातावरण मन्त्रालयले सर्वसाधारणको रायका लागि सार्वजनिक सूचना जारी गरेको छ। भदौ १० गते ३० दिनको सूचना जारी गर्दै आवश्यक राय सुझाव दिन मन्त्रालले […]
रामबहादुर विक/ बाजुरा १५ भदाै । तीजको अवसरमा बडीमालिका नगरपालिका ७ सिराडी गाउँमा सरसफाई गरिएको छ । आफ्नो घर आँगन आफै सफा गरौं, वातावरण संरक्षण गरौं र दिसा मुक्त सफा सुन्दर गाँउ बनाऔं भन्ने उद्देश्यका साथ बडिमालिका नगरपालिका वडा नं ७ सिराडीमा सरसफाई कार्यक्रम गरिएको हो । बडीमालिका नगरपालिकाको निणय अनुसार शनिबार नगरकार्यपालिका सदस्य धनमती […]
जाजरकोट भेरी नगरपालिका– २ तिमिलेस्थित दलबहादुर वलीको घर पहिरोले पुरिँदा उनका श्रीमतीसहित दुई छोरीको मृत्यु भएको छ । आज बिहान १ः४५ बजे आएको पहिरोले घर पुर्दा श्रीमती ३२ वर्षीया पार्वती वली, छोरीहरु नौ वर्षीया मोतीकला वली र तीन वर्षीया धनसरा वलीको घरभित्र नै पुरिएर मृत्यु भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । […]
नागरिक रैबार/ बाजुरा १४ भदौ। हिन्दु नेपाली नारीहरुको महानपर्व हरितालिका आउन अझै केही दिन बाँकि छ तर बाजुरामा भने तीजको रौनकताले महिलाहरुमा छाईसकेको छ । हरितालिका तीजको अवसरमा प्रत्येक वर्ष बाजुराका महिलाहरुले विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउँदै आएका छन् । यो वर्षपनि तीज आउन दुईदिन मात्रै बाँकी रहँदा सदरमुकाम मार्तडीका महिलाहरुले नाचगान, तीजको दर खान […]
नागरिक रैबार/बाजुरा १४ भदौ। वडा स्वास्थ्य केन्द्रमा विरामीहरुको संख्यामा वृद्धि हुँदै आएको छ । जिल्लाको बुढीगंगा नगरपालिकाको वडा नं. ७ झालीमा रहेको वडा स्वास्थ्य केन्द्रमा विरामीको संख्या दिन प्रतिदिन बढ्दै गएको हो । दुसित पिउने पानी र खानपानमा ख्याल नगरेका कारण स्वास्थ्य केन्द्रमा झाडापखाला र भाईरल ज्वरोका विरामीहरुको संख्या बढ्दै गएको स्वास्थ्य केन्द्रका अहेव मिनबहादुर […]
नागरिक रैबार /बाजुरा १४ भदौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड बाजुराले मृृतकको परिवारलाई कालगति मृत्यु दावी भुक्तानी रकम हस्तान्त्रण गरेको छ । बडीमालिका नगरपालिका वडा नं. ७ का देबे दमाईको मिति २०७६ बैशाख २० गते एक्कासी बिरामी भई मृत्यू भएकोले निजको धर्मपत्नी धनमती दमाईलाई कालगती मृत्यु दाबी रकम रु.१ लाख ४२ हजार ७१३ रकम […]
नागरिक रैबार/बाजुरा १४ भदौ । बाजुराका स्थानीय तहहरुमा जनप्रतिनिधीहरुको सुविधाका लागि खरिद गरिएका सवारी साधानहरु दुरुपयोग भईरहेको पाईएका छन् । यसै क्रममा बुढीगंगा नगरपालिकाका अधिकाँस मोटरसाइकलहरु दुरुपयोग भईरहेका छन् । नगरपालिकाको कामका लागि मोटरसाईकल खरिद गरिएका भएपनि वडा अध्यक्षहरुले आफ्नो निजी कामका लागि विदाको समयमा समेत प्रयोग गर्ने गरेको पाईएको छ । नगरपालिकाले नगरभित्रका सेवाग्राहीको […]
काठमाडौं, १३ भदौ । सांसदहरुले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नहुने बाध्यकारी व्यवस्था गरिनुपर्ने धारणा राखेका छन् । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफलमा सहभागी हुँदै सांसदहरुले खेलकुद […]
कञ्चनपुरमा अनौठो शिशु जन्मिएको छ। जिल्लाको बेल्डाँडी गाउँपालिका–४ वैवाहकी २६ वर्षीय महिलाले अनौठो शिशु जन्माएकी हुन्। गयराति उनलाई अस्पताल लैजाने क्रममा बाटोमा नै शिशु जन्मिएकी थिईन्। बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्र पुगेकी आमालाई स्वास्थ्य केन्द्रले सेती अस्पताल धनगढी रेफर गरेको थियो। आमाको अवस्था गम्भीर रहेको भन्दै स्वास्थ्य केन्द्रले सेती अस्पतालमा रेफर गरेपछि बाटोमा शिशु जन्मिएको हो। […]