होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रदेश सरकारद्वारा प्रहरी लाई गाडी हस्तान्तरण
देश/प्रदेश

प्रदेश सरकारद्वारा प्रहरी लाई गाडी हस्तान्तरण

  • नागरिक रैबार
प्रदेश सरकारद्वारा प्रहरी लाई गाडी हस्तान्तरण

सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीको लागि गाडी हस्तान्तरण गरेको छ । बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणि प्रसाद लम्साललाई नौ ओटा गाडीको साँचो हस्तान्तरण गरेका हुन् ।

गाडी खरिद गरेको झन्डै ७५ दिन पछि प्रदेश सरकारले प्रहरीलाई गाडी हस्तान्तरण गरेको हो । प्रदेश प्रहरीको लागि भनेर खरिद गरिएको गाडी प्रदेश प्रहरी गठन हुन ढिलाइ हुने भए पछि नौ ओटै जिल्लामा हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले बताउनुभयो ।मन्त्रालयले ३ करोड ३२ लाख ९१ हजारका नौ गाडी खरिद गरेको थियो । प्रति गाडी ३६ लाख ९९ हजारका दरले गाडी खरिद गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार