होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हेटौंडा । प्रहरीले लागूऔषध गाँजा मुद्धाका फरार अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय गौतम लामा रहेका छन् । शुक्रबार मकवानपुर मनहरी गाउँपािलका–३ घर भएका लामालाई मनहरी बजारबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताए । लामालाई गाँजा मुद्दामा जिल्ला अदालत पर्साले २०५७ साल कात्तिक […]
बैतडीमा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन्। महेन्द्रनगरबाट मेलौलीका लागि छुटेको ना ४ ख ४०१९ नम्बरको महाकाली यातायातको बस गएराती साढे तीन बजे पाटन नगरपालिका ६ को लोर्खामा दुर्घटना हुँदा २१ जना घाईते भएको प्रहरीले जनाएको छ। घाईते भने ६ जनाको अवस्था गम्भीर रहेकाले उनीलाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको बैतडीका प्रवक्ता […]
नागरिक रैबार/बाजुरा १० असोज। मदिरा सेवन गरि गाडी चलाउने एकजना चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार मार्तडीबाट नेपालगंजका लागि छुटेको ना ६ ख २०५९ नम्बरको भेरी यातायातका बसचालक विष्णु घिमिरेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । साँफे मार्तडी सडक खण्ड अन्तरगतको राप्कामा प्रहरीले सवारी साधान चेकजाँच गर्ने क्रममा बसचालक घिमिरेलाई पक्राउ […]
नागरिक रैबार/बाजुरा १० असोज। वर्षातका कारण ३ महिनादेखि अवरुद्ध बनेको मार्तडी–कोल्टी सडक खण्ड चाँडो खुलाउनका लागि आवश्यक पहल गरिदिन सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहलाई नागरिक अभियान्ताको समूहले ज्ञापन पत्र बुझाएको छ । तिनमहिना वितिसक्दा पनि अवरुद्ध बनेकोे सो सडकलाई खुलाउन बुढीनन्दा नगरपालिका र बडीमालिका नगरपालिकाले कुनै चासो नदेखाएपछि प्रदेश सरकारका […]
नागरिक रैबार/बाजुरा ९ असोज। राष्ट्रिय सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बद्रीप्रसाद पाण्डेले युवालाई उद्यमसिल बनाउन सरकारले आवश्यक लगानी गर्न आग्रह गरेका छन् । विहिबार बडीमालिका नगरपालिकाले मार्तडीमा आयोजना गरेको प्रथम युवा सम्मेलनमा बोल्दै नेता पाण्डेले स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारले यहाँका उद्यमशिल युवाहरुका योजनामा धेरै भन्दा धेरै लगानी गर्न आवश्यक रहेको बताएका […]
नागरिक रैबार/ बाजुरा ९ असाेज । बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्र कोल्टी डाक्टर विहिन भएको एक महिना भएको छ । बाजुराको पुर्विउत्तरी क्षेत्रका चारवटा स्थानिय तहको मुट्काे रुपमा रहेको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर बिहिन बनेको महिनौं दिन हुदा पनि स्थानिय सरकार बेखवर बनेको स्थानियले आरोप लगाएका छन् । प्राथामिक स्वास्थ्य […]
नागरिक रैबार/बाजुरा ९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यस समिति बाजुराका सभापति कविराज पण्डितले जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत डिएसपी उद्धवसिंह भाटले बाजुरामा कानुन विपरित काम गरिरहेको आरोप लगाएका छन् । प्रेस युनियन जिल्ला शाखा बाजुराले विहिबार विहान मार्तडीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति पण्डितले यस्तो आरोप लगाएका हुन् । बाजुरामा डिएसपी भाटले आस्था र […]
काठमाडौं, असोज ९ । यसपालीको दशैं हिले दशैं हुने भएको छ । मनसुनको समय अवधि सकिए पनि मनसुन सक्रिय गराउने न्यूनचापीय रेखा अझै नेपाल आसपास नै रहेकाले मनसुन चक्रको अन्त्य नसकिँदा यसपालीको दशैं हिले हुने देखिएको हो । साविकअनुसार यस वर्षको मनसुनको समय अवधि सकिएको छ । दुई दिनअघि नेपालको मनसुनको समय अवधि सकिएको हो […]
धनगढीकी २७ वर्षीया खगित्रा शाहीले चार शिशु जन्माएकी छन्। बुधबार सिनामङ्गलस्थित काठमाण्डौ मेडिकल कलेजमा तीन छोरा र एक छोरीलाई जन्म दिएकी हुन्। उनको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीका अनुसार आठ महिनाको गर्भलाई उनी लगायतको चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो। अहिले ती शिशुको अवस्था सामान्य रहेको छ। ती नवजात तीन […]
नागरिक रैबार/बाजुरा ८ असोज।बाजुराको सदरमुकाम मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलन बुधबारबाट सूरु भएको छ ।स्थानीय उत्पादन प्रयोगमा तत्परता, सम्वृद्धिका लागि उद्यमशीलता भन्ने मुल नाराका साथ मार्तडीमा पहिलोपटक युवा उद्यमी सम्मेलन सूरु भएको हो । बडीमालिका नगरपालिकाको आयोजना र पीसविन बाजुरा युवा शसक्तिकरण परियाेजना र सेभ द चिल्ड्रेन, युनेस्को, युएनफपिए, युएन बुमन र मनकामना टे«निङ एण्ड […]
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रहरीको लागि गाडी हस्तान्तरण गरेको छ । बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले प्रदेश प्रहरी प्रमुख डिआइजी तारिणि प्रसाद लम्साललाई नौ ओटा गाडीको साँचो हस्तान्तरण गरेका हुन् । गाडी खरिद गरेको झन्डै ७५ दिन पछि प्रदेश सरकारले प्रहरीलाई गाडी हस्तान्तरण गरेको हो । प्रदेश प्रहरीको लागि […]
काठमाडौं : मुलुकको अर्थतन्त्र महँगिको मारतर्फ धकेलिँदै गएको छ। गत साउनमा औसत मूल्य वृद्धि दर २०७४ भदौपछि पहिलोपटक ७ प्रतिशत हाराहारी पुगेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। ‘वैशाखदेखि लगातार मूल्य वृद्धि बढ्दोक्रममा छ’, राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा.गुणाकर भट्ट भन्छन्। उनका अनुसार तरकारी, माछामासुको आपूर्तिमा केही असहजता देखिएको र स्वदेशी उत्पादन घटेका कारण महँगी […]
असोज ७, २०७६ काठमाडौं : नेपाल राष्ट्रबैंकले नयाँ विशेषतासहित आजदेखि १०० को नयाँ नोट चलन चल्तीमा ल्याउने भएको छ। बैंकले पहिलेकै आकार, प्रकार तथा रंगमा संकेत न ओ/१८०००००१ देखि क/३७ ९९९९९ सम्मका नयाँ नोट प्रचलनमा ल्याउन लागेको हो। नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र रहेको, मध्ये भागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका साथै लुम्बिनी द बर्थ […]
नागरिक रैबार/बाजुरा ६ असोज। बाजुरा जिल्ला प्रहरी कार्यालय बार्जुगाडको टोलीले बुढीगंगा नगरपालिकाको बाह्रवीसतिर सर्चिङ्गमा गएका बेला सिगाडा मावि कक्षा ९ मा अध्ययनरत एक जना छात्रलाई विप्लव समुहको जिल्ला कमिटी सदस्य भनेर पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढीगंगा नगरपालिका वडा नं. ९ बाह्रवीस बासुरेका लाल बहादुर शाही रहेका छन् । बार्जुगाडबाट सर्चिङ्गमा गएको प्रहरीको टोलीले […]
नागरिक रैबार/बाजुरा ६ असोज। ४० औँ सामाजिक सेवा दिवसको अबसरमा एक जना पीडित नेपाली परिवारलाई केही समाजसेवी व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । जिल्ला अस्पताल बाजुरामा उपचार गराई रहेका बडीमालिका नगरपालिका वडा नं.२ माझिगाँउ बस्ने रुपक नेपालीका छोरी ३ वर्षीया सर्मिला नेपालीलाई उपचारका लागि सामाजिक सञ्जालबाट अभियान चलाई विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग गरी रु.२३ हजार […]
नागरिक रैबार/बाजुरा ६ असोज। बाजुराको बडीमालिका नगरपालिका र गिफ्ट बाजुराको आयोजनामा ४० औँ सामाजिक दिवस बाजुरामा पनि मनाएको छ । दिवसको अवसरमा जिल्ला अस्पताल बाजुरामा विभिन्न समयमा आएका शक्त विरामीहरुलाई बचाउन रगतदान गर्ने समाजसेवी व्यक्तिहरुलाई नगरपालिकाले प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको हो । बडीमालिका नगरपालिका नगर उप–प्रमुख कबिता बिष्टको अधक्ष्यतामा संञ्चालन गरिएका कार्यत्र्mमा समाज […]
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको कक्षा ११ को परीक्षाफल भोली मंगलबार प्रकाशित गर्ने जनाएको छ । अघिल्लो वर्ष असोज तेस्रो साता परीक्षाफल प्रकाशित गरेको बोर्डले यो वर्ष दुई साता अघिनै परीक्षाफल प्रकाशित गर्न लागको हो । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलका अनुसार भोली मंगलबार बिहान बोर्डको बैठक पछि परीक्षाफल प्रकाशित गर्ने गरी तयारी बोर्डले […]
नागरिक रैबार/बाजुरा ६ असोज। बाजुराको जुकोट र पाण्डुसैनमा फलेका स्याउ पहिलो पटक सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी र संघीय राजधानी काठमाण्डौँ लगिएको छ । किसानले बारीमा फलाएका स्याउ बजार नपाई बोटमै कुहिने अबस्था भएपछि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान दिएर पहिलो पटक जिल्ला बाहिर स्याउ जान लागेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद […]
काठमाडौं : दसैंका लागि आइतबारदेखि खोलिएको टिकट बुकिङ भद्रगोल देखिएको छ। टिकट बुकिङमा उचित प्रबन्ध मिलाउन नसक्दा मध्यरातदेखि लाइनमा बसेका यात्रुले आइतबार अबेरसम्म टिकट पाउन सकेनन्। बुकिङका लागि यातायात व्यवसायी, ट्राफिक प्रहरी तथा यातायात व्यवस्था विभागले समन्वय गरेका थिए। कर्णाली तथा अन्य दुर्गम भेगका बस सुनिश्चितता नहुँदा आइतबार टिकट बुकिङ हुन सकेन। गोंगबु, कोटेश्वर, गौशाला, बल्खुलगायत […]
काठमाडौं- चाडपर्वको बेला बाहिर जाने काठमाडौका घर धनीहरुले अनिवार्य रुपमा प्रहरीलाई खबर गर्नुपर्ने भएको छ। दशैं, तिहार तथा छठ पर्वका लागि महानगरीय प्रहरी परिसर काठमाडौंले तयार पारेको सुरक्षा योजनामा काठमाडौं बाहिर जाने घरधनीहरुले अनिवार्य रुपमा नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनुपर्ने व्यवस्था गरेको हो। दशैं, तिहार तथा छठ मनाउन काठमाडौंको घर छाडेर पुख्र्यौली घर जाँदा घरमा […]