होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
✍धनु विश्वकर्मा। संस्कार र संरचनामाथिको प्रश्न? समाज र स्वअस्तित्वमाथिको प्रश्न? इज्जत र यौनमाथिको प्रश्न? नर र नारीमाथिको प्रश्न? अहो! प्रश्नै प्रश्नमाथिको रथयात्रामा सवार छन् महिलाहरू। नारी सृष्टिकर्ता हुन्। नारी सिङ्गो मानव जातिको कोमल सर्जक हुन्। नारी संसारकै सुन्दर गहना हुन्। नर भएरै नारी र नारी भएरै नर हो। महिला र पुरुष एक रथको दुई पाङ्ग्रा […]
बझाङबाट दुई बिरामीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। दुर्गम स्थानीय तह साइपाल गाउँपालिकाका दुई बिरामीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए। साइपाल – ४ घर भएकी १९ वर्षीया सुनिता रोकाया सुत्केरी भएको नौ दिनसम्म पनि रक्तस्राव नरोकिएपछि जिल्ला बाहिर रिफर गरिएको र सोही ठाउँकी २५ वर्षीया चार महिनाकी गर्भवती […]
चक्रबहादुर अयडी, बाजुरा त्रिवेणी नगरपालिकाका विद्यालयहरुमा आज देखि पठन पाठन सुरुगरिएका छन । विश्व व्यापि महामारिका रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ ले गर्दा गरिएको लकडाउनले लगभग ५ महिना सम्म बन्द भएका शैक्षिक संथाहरु आज बाट संचालन गरिएको रत्न माध्यामिक विद्यालयका प्रधाना ध्यापक हर्क बहादुर बुढाले जानकारि दिए । आजबाट त्रिवेणी नगरपालिका वडा नम्वर ९ […]
सर्लाही- महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमीटरभन्दा बढीमा ब्लास्ट र ट्र्याकमा पटरी ओछ्याउने बाहेकका अन्य काम सकिएको छ ।बर्दिवासदेखि वीरगञ्जसम्मको १३६ किलोमिटर रेलमार्गको जङ्गली क्षेत्रमा रुख कटान गरेर माटो पुर्ने काम तीव्र गतिमा भएको छ । पुल कल्भर्ट निर्माणको काम सम्पन्न भइसकेको छ । पूर्व मेचीदेखि महाकालीअन्तर्गत जयनगर–बर्दिवास र बर्दिवास–वीरगञ्ज रेल सञ्चालनमा […]
काठमाडौं – सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण देखिएका विपन्न नागरिकको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । विपन्न नागरिकको पहिचानका लागि के गर्ने भन्ने ठोस योजना […]
काठमाडौँ- नेपालमा थप १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमार्फत संक्रमित १० जनाले ज्यान गुमाएको जानकारी दिइयो । योसँगै नेपालमा संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ । अहिलेसम्म ४११ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा ९६६ जनाले कोरोना जितेका छन् ।
काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनको नीतिगत निर्णय गरेको हो । बैठकपछि बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डल पूर्नगठन गर्ने विषयमा छलफल भएको तर कसलाई कुन मन्त्रनलालयको जिम्मेबारी दिने भन्ने बारे टुंगो नलागेको जानकारी दिए । २०७५ जेठ […]
नागरिक रैबार/बाजुरा ४ असोज। बडीमालिका नगरपालिकाका भित्रका ४० जना सिपमुलक तालिम सिकेका किशोरी, एकल महिला, अपाङ्ग टुहुरा र अति गरिब महिलालाई राहत स्वरुप खाद्यन्न सामग्री वितरण गरिएको छ । मनकामना ट्रेनिङ्ग एण्ड स्किल डेभलपमेन्ट ईन्ष्टिच्यूट प्रा.लि. युनेस्को, यूएनएफपीए, युएनओमनको संयूक्त कार्यक्रम अन्तरगत उक्त राहत बडीमालिकाका ४० जना महिलालाई वितरण गरिएको हो । सिपमुलक तालिम सिकेका […]
काठमाडौँ— सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा बस्दैछ ।पूर्वमाओवादीको मुख्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी गत शुक्रबार नै बोलाइएको बैठक संविधान दिवसको कार्यक्रममा व्यस्त हुनुपर्ने कारण देखाउँदै अन्तिम समयमा स्थगित गरिएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक आफ्नो पूर्वपार्टी कार्यालय […]
बैतडी : जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखापरेको छ। पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए। उनका अनुसार दशरथचन्द–२ का २ वर्षीय बालकमा रुबेला, पाटन–४ का ४ वर्षीय बालक र दशरथचन्द नगरपालिका ६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको हो। दादुरा […]
काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्ने भएको छ ।शुक्रबार स्थगित भएको बैठक पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तलामा भौतिक दुरी कायम गरी आसनको व्यवस्था मिलाइएको छ । आजको बैठकमा गत भदौ २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे छलफल […]
राजविराज – किशोरी छोरीले आत्महत्या गरेपछि रधियादेवी मण्डलको मनमा यस्तो तर्कना आउँछ, ‘पापीहरूले बलात्कार गरे, पञ्चहरूले हत्या।’ तिनै पञ्च र आरोपित परिवारका महिला सदस्यले अहिले घरमा आएर उजुरी फिर्ता लिन रधियादेवीलाई धम्क्याउन थालेका छन्। ‘दुःखी, गरिब, कमजोरको आफ्नो भन्ने कोही हुँदा रहेनछन्’, उनले भनिन्, ‘आँट, भरोसा र आस दिनेभन्दा धम्क्याउने बढी भयो।’ मृतककी बहिनी सविताले […]
नागरिक रैबार/बाजुरा ३ असाेज। जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा नं ४ मा भिरबाट लडेर एक जना महिलाकाे मृत्यु भएकाे छ । मृत्युु हुनेमा साेही नगरपालिका ४ कि अन्दाजि ३५ वर्षिया राेजना दमाई रहेकी छन् । शनिबार विहान गाईवस्तुका लागि घाँस काट्ने क्रममा साेही वडाकाे लालछरा भिरबाट लडेर घटना स्थलमै उनकाे मृत्यु भएकाे बुढीनन्दा राजन राेकायाले बताएका […]
महेन्द्रनगर । साउदी अरबबाट हरेक महिना घर खर्च पठाउने छोरो कोरोना कहरमा घर फर्किएपछि कञ्चनपुरको शुक्लाफाँटा–१ का सिताराम डगौंरा यतिबेला चिन्तामा छन् । धन कमाएर घर धान्न भन्दै करिब २२ महिनाअघि रु डेढ लाख ऋण काडेर २५ वर्षीय छोरा राजेन्द्र डगौंरालाई साउदी अरब पठाएका सीतरामको सपना कोरोना कहरसँगै तुहिएको छ । “छोराले विदेशमा कमाएर एउटा […]
जनकपुर: शुक्रबार दिउँसो जयनगर चल्ने दुई सेट रेल जनकपुर स्टेशनमा पुगेको छ। जयनगरबाट बिहान हिँडेको रेल दुई सेट जनकपुर आइपुगेको हो। लामो समयको प्रतीक्षापछि आउन लागेको रेल सेट हेर्न जनकपुरबासीको ठूलो भीड लागेको छ। रेल हेर्न विहान ८ बजेदेखि नै स्टेशन आइपुगेको जनकपुरका विजय मेस्तरले बताए। अब दशैँअघि नै रेल संचालन गर्ने तयारी रेल्वे विभागले गरिरहेको […]
धनगढी २ असोज। कैलालीमा कार्यरत एक पत्रकार मृत फेला परेकी छिन्। जिल्लाको घोडाघोडी नगरपालिकामा २३ बर्षीया पत्रकार निर्मला पहराइ मृत फेला परेकी हुन्। घटनास्थलमा पुगेका नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलालीका सहसचिव श्रवण देउवाले उनी झुण्डिएको अवस्थामा मृत फेला परेको जानकारी दिए। उनका अनुसार घोडाघोडी नगरपालिका वडा नम्वर ४ की पहराइ जिल्लाको कैलाली एफएममा कार्यरत थिईन्। पहराइ […]
नारायणगढ-मुग्लिङ सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ । आज विहान साँढे ५ बजेतिर सडक खण्डको भरतपुर महानगरपालिका २९ को चौध किलो, सत्र किलो र घुमाउने भन्ने स्थानमा ठूलो पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । अबिरल बर्षासँगै आएको पहिरो हटाउन केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
नागरिक रैबार/बाजुरा २ असोज। विहिबार राति अविरल वर्षासंगै हिमाली गाउँपालिका ५ स्थित सुप खोलामा आएको बाढीले दर्जनौ घरहरु बगाएको छ । बाढीकै कारण खोला नजिकै रहेका ३ वटा आधुनिक, ४ वटा साधा घट्ट र ३ वटा काठेपुल पनि बगाएको हो । हिमाली गाउँपालिका नेकपा ईन्चार्ज छप्किलाल बुढाले दिएको जानकारी अनुसार विहिबार राति अविरल वर्षासंगै सो […]
उत्तरी छिमेकी चीनले अनुमति नदिँदा एक वर्षदेखि उपल्लो डोल्पामा चामल ढुवानी हुन नसक्दा सदरमुकाम दुनैमा चामल भए पनि उपल्लो डोल्पामा खाद्यान्न अभाव भएको छ । उपल्लो डोल्पामा चामल ढुवानी गर्न चीनको नाका प्रयोग गर्नुपर्छ तर एक वर्षदेखि चीनले नाका प्रयोगका लागि अनुमति नदिँदा ढुवानी गर्न नसकिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा प्रमुख कमलराज […]
बजार अनुगमन हुन थालेपछि प्याजको मूल्य घटेको छ । बुधबार प्रतिकेजी औसतमा ४४ रूपैयाँले बढेको प्याजको मूल्य बिहीबार औसतमा ९ रूपैयाँले घटेको हो । बुधबार कालिमाटी थोक बजारमा प्रतिकेजी औसतमा ११९ रूपैयाँमा कारोबार भएको प्याज बिहीबार ११० रूपैयाँमा झरेको छ । मंगलबारकाे तुलनामा बुधबार प्याजकाे थाेक मूल्य प्रतिकेजी ५८.६७ प्रतिशतले बढेको थियाे । मंगलबार प्याजको […]