होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • बजार
  • बजार अनुगमन हुन थालेपछि प्याजको मूल्य घट्याे
बजार

बजार अनुगमन हुन थालेपछि प्याजको मूल्य घट्याे

  • नागरिक रैबार
बजार अनुगमन हुन थालेपछि प्याजको मूल्य घट्याे

बजार अनुगमन हुन थालेपछि प्याजको मूल्य घटेको छ । बुधबार प्रतिकेजी औसतमा ४४ रूपैयाँले बढेको प्याजको मूल्य बिहीबार औसतमा ९ रूपैयाँले घटेको हो ।

बुधबार कालिमाटी थोक बजारमा प्रतिकेजी औसतमा ११९ रूपैयाँमा कारोबार भएको प्याज बिहीबार ११० रूपैयाँमा झरेको छ । मंगलबारकाे तुलनामा बुधबार प्याजकाे थाेक मूल्य प्रतिकेजी ५८.६७ प्रतिशतले बढेको थियाे । मंगलबार प्याजको मूल्य प्रतिकेजी थोकमा १५ रुपैयाँले बढेर ७५ रुपैयाँमा बिक्रीवितरण भएको थियो ।

प्याजको मूल्य आकाशिएपछि बुधबार काठमाडौं महानगरपालिकाले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा बल्खु तरकारी बजारभित्रका २ पसल चुली सगरमाथा इन्टरप्राईजेज र एसके सप्लायर्सले प्याजमा दोब्बर मूल्य असुलेको भेटिएपछि त्यसका संचालकलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले हिरासतमा लिएको थियो ।

विज्ञापन

प्याजको मूल्यमा अस्वाभाविक वृद्धि देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा अनुगमन गरी बिलबिजकसहित ३ दिनभित्र उपस्थित हुन ६ व्यवसायीलाई निर्देशन दिएको थियो ।

भारतबाट प्याज आउन रोकिएपछि प्याजको अभाव तथा मूल्य आकासिनेसहित कालोबजारी पनि बढ्न थालेको छ । नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ ।भारतले आन्तरिक माग धान्न र आकासिएको मूल्य नियन्त्रण गर्न प्याज निर्यातमा रोक लगाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार