होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२२ सम्ममा नेपालको पर्यटन व्यवसायले गति लिने दाबी गरेका छन् ।चितवनको पर्यटकीय नगरी सौराहामा निर्माण हुन लागेको एक होटलको सोमबार शिलन्यास गर्दै मन्त्री भट्टराईले भने, ‘नेपालको पर्यटन क्षेत्र कोरोनाका कारण सुनसान रहेपनि २०२२ सम्ममा पहिलेको भन्दा तीव्र गति जानेछ । कारोनाका कारण थलिएको पर्यटन विस्तारै उठ्दैछ सन् २०२१ को मध्यमा […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित सोमबार सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास गर्दै छ । साेही अनुसार बाजुरा जिल्लाको जगनाथ गाउँपालिकाको केन्द्र जुड्डीमा १० शैयाको आधारभुत अस्पतालको शिलान्यास गरिएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ शिलान्यासको तयारी गरेसँगै जिल्लाको जगनाथ गाउँपालिकाको […]
१५ मंसिर, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि खोपको प्रतीक्षा विश्वभर छ । खोप आएपछि महामारी विस्तारै नियन्त्रण हुँदै जाने अपेक्षा छ । खोप विकास गरेका केही कम्पनीले खोप प्रभावकारी रहेको र अबको केही समयमा नै विश्व बजारमा आउने दाबी गरेका छन् । अहिलेसम्म फाइजर, मोडेर्ना र अक्सफोर्ड युनिभर्सिटीले आफ्नो खोपको […]
नागरिक रैबार/बाजुरा १५ मंसिर। ग्रामिण सुधार केन्द्र बाजुराले आफ्नो १२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । दिवसका अवसरमा केन्द्रले बाल मन्दिर आधारभुत विद्यालयका १२ जना अतिविपन्न र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बडीमालिका नगरपालिकाको सभा हलमा मनाईएको केन्द्रको १२ औं स्थापना दिवसका अवसरमा बाल मन्दिर आधारभुत विद्यालयका १२ जना अति […]
काठमाण्डौ १५ मंसिर । ब्राउन सुगर सहित बाजुराकी एक युवती काठमाण्डौमा पक्राउ परेकि छन् । पक्राउ पर्नेमा बाजुरा जिल्ला गाैमुल गाउँपालिका घर भएकी विनिस्ता धामी र एक बालक रहेको काठमाण्डाै प्रहरीले बताएको छ । युवति धामी सहित नाबालकलाइ सोमबार लागु औषध ओसार पसार गरिरहेको अवस्थामा काठमाण्डाै प्रहरीले पक्राउ गरेको हो । काठमाण्डौ प्रहरीका अनुसार युवति […]
धनगढी: महिला हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेकै अवधिमा सुदूरपश्चिममा महिला हिंसाका घटना बाहिर आएका छन् । अभियान सुरु भएको ४ दिनको अवधिमा ३ वटा जबरजस्तीकरणीसहित १५ वटा उजुरी दर्ता भएका छन् । अभियानको पहिलो दिन मंसिर १० गते बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना मिलापत्रमा टुंग्याइयो । सो घटना ६ महिनापछि […]
सुर्खेत – उपचार खर्च नहुँदा सुर्खेत वीरेन्द्रनगर-१० का ५२ वर्षीय कर्णबहादुर नेपालीलाई घरमै थलिएर बस्नुपर्ने बाध्यता छ । मजदुरी गर्ने क्रममा १२ वर्षअघि रूखबाट लडेर ढाड भाँचिएपछि उहाँ थलिनु भएको छ । ऋण र जग्गा बेचेर ढाडको उपचार गर्नुभएका कर्ण चार वर्षअघि फेरि ह्विल चियरबाट लड्नुभयो । दुवै खुट्टा भाँचिए । यस पटक पनि उहाँले […]
सिरहा- सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ ।समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो ।यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका […]
काठमाडौँ – आज मुलुकभर एकसाथ ४०३ वटा अस्पतालको शिलान्यास हुँदैछ ।३९६ पालिकामा आधारभूत अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल गरी ४०३ अस्पताल भवनको शिलान्यास हुँन लागेको हो । पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो । बजेट भाषणका क्रममा गरिएको घोषणा कार्यान्वयनका क्रममा सरकारले पहिलो चरणमा अस्पताल […]
जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् । सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोगसम्बन्धी ५० शय्याको अस्पतालसहित जिल्लाका बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्र र जोरायल गाउँपालिकाको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा १५÷१५ शय्याको […]
१५ मंसिर, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ पुनः कोरोनामुक्त भएको छ । चौध दिनसम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको परीक्षणमा कोरोना नभएपछि उनीहरुलाई डिस्चार्ज गरिएसँगै याल्वाङ कोरोना सङ्क्रमण मुक्त बनेको हो । मङ्सिर ११ गते […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लिखित रुपमै प्रश्न–प्रतिप्रश्न चलेको छ । पार्टी सचिवालय बैठकमा दुवै अध्यक्षले एक अर्कामाथि आरोप लगाउँदै पेश गरेको राजनीतिक प्रस्तावले प्रश्न–प्रतिप्रश्नको शृङ्खला बनाएको हो । गत कार्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको लिखित प्रस्तावमा अध्यक्ष ओलीमाथि गम्भीर प्रश्न […]
डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासि […]
कालिकोट । कालिकोटको तिलागुफा नगरपालिका–४ राँचुली गाउँको दलित बस्तीमा आगलागी हुँदा रु ७६ लाख बराबरको क्षति भएको छ । तीन घरमा शनिबार आगलागी हुँदा १३ परिवार विस्थापित भएको र क्षतिको स्थलगत मुचुल्का गर्दा रु ७६ लाख बराबर भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए । “आगलागीबाट त्यस्तो कुनै मानवीय […]
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । छतबाट खसेर ओझा गम्भीर घाइते भएका थिए । घाइते ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले […]
नुवाकोट- नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने […]
चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् ।रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ ।त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्नेछन् […]
काठमाडौँ- तापक्रम घट्दै जाँदा मुलुकभर चिसो बढेको छ ।तराईका कतिपय स्थानमा हुस्सु लागेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात भएको छ । काठमाडौँ उपत्यकाको आज बिहानको तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शनिबार यो वर्षकै सबैभन्दा कम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको थियो । आज दिउँसो काठमाडौंको तापक्रम […]
विद्यार्थीलाई पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ । विद्यालयलाई भयरहित बनाउन शिक्षक दण्डसजाय बिनाको पढाइ हुनुपर्ने बताउँछन् । पहिले विद्यार्थीलाई लौरोले हिर्काउने, मुर्गा (कुखुरा) बनाउने जस्ता सजाय सामान्य मानिए पनि अहिले शिक्षकमा सजाय नदिइकन पढाउने चेतना विस्तार भएको कतिपयको भनाइ छ तर कैलालीको लम्कीस्थित एक विद्यालयका छात्र अनिल चौधरी कुनै […]