होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • १६ दिने अभियानकै बीच सुदूरपश्चिममा ३ महिलाको जबरजस्ती करणी
देश/प्रदेश

१६ दिने अभियानकै बीच सुदूरपश्चिममा ३ महिलाको जबरजस्ती करणी

रोकिएन महिलामाथि हुने जघन्य अपराध

  • नागरिक रैबार
१६ दिने अभियानकै बीच सुदूरपश्चिममा ३ महिलाको जबरजस्ती करणी
साँकेतिक तस्वीर

धनगढी: महिला हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेकै अवधिमा सुदूरपश्चिममा महिला हिंसाका घटना बाहिर आएका छन् । अभियान सुरु भएको ४ दिनको अवधिमा ३ वटा जबरजस्तीकरणीसहित १५ वटा उजुरी दर्ता भएका छन् ।

अभियानको पहिलो दिन मंसिर १० गते बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना मिलापत्रमा टुंग्याइयो । सो घटना ६ महिनापछि सार्वजनिक भएको थियो । सो घटना मिलापत्र गराउने वडा अध्यक्षसहित ६ जना पक्राउ परेका छन् । मिलापत्र गरेको आरोपमा एक जना अझै फरार रहेको उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अभियानको दोस्रो दिन ११ गते डडेल्धुराको नवदुर्गा गाउंपालिकाकी मानसिक रोगी युवतीमाथि बलात्कार भयो । उक्त घटनामा पक्राउ परेका एक जनाको म्याद थप गरि अदालती प्रक्रियामा छ । बलात्कारमा संलग्न रहेको आशंकांमा अर्का एक जनाको खोजी कार्य भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

विज्ञापन

४ दिनको अवधिमा कञ्चनपुरमा लैगिंक हिँसाका २, घरेलु हिंसाका ४ वटा उजुरी दर्ता भएका छन् । बैतडी र डडेल्धुरामा पनि घरेलु ह्र्रिंसाका १/१ वटा उजुरी परेका छन् । कैलाली र कञ्चनपुरमा १/१ वटा बहुविवाहका उजुरी परेका छन् । डडेल्धुरामा १ र बैतडीमा २ गरि ३ वटा जबरजस्तीकरणीका उजुरी परेको प्रदेश प्रहरी कार्यालयको तथ्याकंमा उल्लेख छ ।

घरेलु हिंसा तथा बलात्कारका घटनाहरु गाउँ घरमै मिलापत्र गर्नुले ठूला घटनामात्रै प्रहरी कहाँ आउने गरेको भए पनि पछिल्लो समय यस्ता साना ठूला घटनाहरु प्रहरी समक्ष दिन प्रतिदिन दर्ता भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी उपरीक्षक मुकेश सिंह बताउँछन् ।

उजुरीको क्रम बढ्दै

विगतमा लामो समय लुकाएर राखेका घटनाहरु स्वतः बाहिर आउन थालेको उनले जानकारी दिए । विभिन्न संघसस्था, महिला अधिकारकर्मीलगातसँग समन्वय गरेर यस्ता घटना न्यूनिकरण गर्न र शून्यमै झार्न प्रयासरत रहेको समेत उनको भनाइ छ ।

विगतमा हिंसा सहेर बस्ने र हिंसाका घटनाहरु लुकाइने गरिएको थियो । तर पछिल्लो समय हिंसा सहेर बस्नु हुँदैन भन्ने सचेतनाले पनि अहिले हिंसामा परेका महिलाहरुको उजुरी दिनेहरु संख्या बढेको बताउँछिन् दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष सावित्रा घिमिरे ।

दण्डहिनताको संस्कार मौलाएको भन्दै उनले कानुन कार्यान्वयन गर्ने निकायले कार्यान्वयन नगर्दा पनि बलात्कार तथा आपराधिक गतिविधि बढिरहेको बताइन् । ओरेक नेपालको कैलाली जिल्ला संयोजक बिनु रानाले महिलामाथि हुने अपराध कम गर्न सबैले लाग्नु पर्नेमा जोड दिइन् । उनले भनिन्, ‘१६ दिने अभियान तथा कार्यक्रहरु गर्दैमा यी घटनाहरु रोकिन्छन् भन्ने छैन्, तर यस्ता कार्यक्रमले सबैमा सन्देश मात्रै पुगिरहेको छ ।’

बलात्कारका घटनाहरु गाउँघरमै मिलाउने प्रवृति, राजनीतिक दवाव र अपराधमा संलग्नलाई धरौटीमा छोड्ने परिपाटी र कानुनी प्रक्रिया झन्झटिलो हुँदा महिलामाथि हुने आपराधिक क्रियाकलापहरु दिनप्रतिदिन बढिरहेको अधिकारकर्मीहरुको भनाइ छ । दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार