होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • २०२२ मा नेपालको पर्यटन दौडन्छ : मन्त्री भट्टराई
समाज

२०२२ मा नेपालको पर्यटन दौडन्छ : मन्त्री भट्टराई

  • नागरिक रैबार
२०२२ मा नेपालको पर्यटन दौडन्छ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सन् २०२२ सम्ममा नेपालको पर्यटन व्यवसायले गति लिने दाबी गरेका छन् ।चितवनको पर्यटकीय नगरी सौराहामा निर्माण हुन लागेको एक होटलको सोमबार शिलन्यास गर्दै मन्त्री भट्टराईले भने, ‘नेपालको पर्यटन क्षेत्र कोरोनाका कारण सुनसान रहेपनि २०२२ सम्ममा पहिलेको भन्दा तीव्र गति जानेछ । कारोनाका कारण थलिएको पर्यटन विस्तारै उठ्दैछ सन् २०२१ को मध्यमा उठ्छ र अन्त्यमा दौडन्छ ।’

कोरोना संक्रमणको अन्त्यसँगै विदेशी पर्यटक बढ्ने उनको विश्वास छ । अहिले घरमा भएका मानिस कोरोनाको भ्यासिनसँगै घुम्न नपाएर बसेका हरु नसोचेको ढंगबाट भ्रमणमा निस्कने उनले आँकलन छ ।

नेपालीमा समेत परिवारसहित खर्च गरेर घुम्न जाने प्रचलन स्थापित भएकाले यसले पनि पर्यटन विकासमा ठुलो टेवा पुग्ने उनले बताए । ‘हामीले २०२१ लाई आन्तरिक पर्यटनको रुपमा जोड गर्ने लक्ष्य बनाएका छाँै ।’ उनले भने ।

विज्ञापन

बन्द पर्यटन क्षेत्र खुला गर्दै अन्तराष्ट्रिय उडान खुकुलो बनाउदै लगेको उनले बताए । ‘हामीसँगै प्रकृति र संस्कृति छ यसलाई दक्ष जनशक्ति उत्पादन गर्दै यहीबाट अर्थतन्त्रलाई चलायमान बनाउने हो’, उनले भने, ‘२०२२ मा नेपालको पर्यटकीय गतिविधिमा आधि भेरीनै आउछ, पुरानो लय भेट्नेमात्र हैन, हैन यो क्षेत्र दौड्न्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार