बिहिबार, माघ १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाज
  • ब्राउन सुगर सहित बाजुराकी एक युवती काठमाण्डौमा पक्राउ
समाज

ब्राउन सुगर सहित बाजुराकी एक युवती काठमाण्डौमा पक्राउ

  • नागरिक रैबार
ब्राउन सुगर सहित बाजुराकी एक युवती काठमाण्डौमा पक्राउ

काठमाण्डौ १५ मंसिर । ब्राउन सुगर सहित बाजुराकी एक युवती काठमाण्डौमा पक्राउ परेकि छन् । पक्राउ पर्नेमा बाजुरा जिल्ला गाैमुल गाउँपालिका घर भएकी विनिस्ता धामी र एक बालक रहेको काठमाण्डाै प्रहरीले बताएको छ ।

युवति धामी सहित नाबालकलाइ सोमबार लागु औषध ओसार पसार गरिरहेको अवस्थामा काठमाण्डाै प्रहरीले पक्राउ गरेको हो ।  काठमाण्डौ प्रहरीका अनुसार युवति धामीसंग एक सय दशमलव १ ग्राम हिरोइन सहित रगेँहात पक्राउ गरेको हो ।

पक्राउ परेकी धामीलाई लागु औषध ओसार पसार ऐन अनुसार जरिवाना र कैद गरिने प्रहरीले जनाएको छ । उनको मुद्धा भक्तपुर अदालत सम्म पुगीसकेको प्रहरीको भनाई रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार