होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख ३०, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चिनियाँ रक्षामन्त्री वेई काठमाडौंमा
समाचार

चिनियाँ रक्षामन्त्री वेई काठमाडौंमा

  • नागरिक रैबार
चिनियाँ रक्षामन्त्री वेई काठमाडौंमा

चिनियाँ रक्षामन्त्री तथा पहिलो वरियताका स्टेट काउन्सिलर वेई फेङ औपचारिक भ्रमणका सिलसिलामा नेपाल आइपुगेका छन् ।रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित केहीबेरअघि त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नेपाल भ्रमणका क्रममा रक्षामन्त्री वेईले प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक वार्ता गर्ने कार्यक्रम रहेको छ ।त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटवार्ता गर्नेछन् ।

भारतका विदेशसचिव हर्षवर्धन शृंगला नेपाल भ्रमणमा आएर फर्किएको दुई दिनपछि नै चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आएका हुन् ।उनी विमानस्थलबाट सिधै बालुवाटारस्थित चिनियाँ दूतावासमा गएर दिवा भोजमा सामेल हुनेछन् । त्यसपछि जंगी अड्डा पुगेर प्रधानसेनापतिसँग औपचारिक वार्ता गर्नेछन् । उनी आइतबार नै बंगलादेश जाने कार्यक्रम रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै