होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • मुलुकभर बढ्यो चिसो, जुम्लाको तापक्रम माइनस दुई डिग्री
स्वास्थ्य-जीवनशैली

मुलुकभर बढ्यो चिसो, जुम्लाको तापक्रम माइनस दुई डिग्री

  • नागरिक रैबार
मुलुकभर बढ्यो चिसो, जुम्लाको तापक्रम माइनस दुई डिग्री

काठमाडौँ- तापक्रम घट्दै जाँदा मुलुकभर चिसो बढेको छ ।तराईका कतिपय स्थानमा हुस्सु लागेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा सामान्य हिमपात भएको छ ।

काठमाडौँ उपत्यकाको आज बिहानको तापक्रम ४.८ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शनिबार यो वर्षकै सबैभन्दा कम तापक्रम ४.५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आज दिउँसो काठमाडौंको तापक्रम बढेर २२ डिग्री सेल्सियससम्म पुग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन

जुम्लाको तापक्रम माइनस दुई दशमलव पाँच डिग्री सेल्सियसमा झरेको छ ।

तापक्रम घट्दै गएपनि पानी पर्ने सम्भावना कम रहेको महाशाखाले जनाएको छ । आज, भोलि सोमबार र मंगलबारसम्म मौसम सफा रहने महाशाखाले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार