होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उपचार गर्ने पैसा नहुँदा घरमै थलिए कर्ण
समाचार

उपचार गर्ने पैसा नहुँदा घरमै थलिए कर्ण

  • नागरिक रैबार
उपचार गर्ने पैसा नहुँदा घरमै थलिए कर्ण

सुर्खेत – उपचार खर्च नहुँदा सुर्खेत वीरेन्द्रनगर-१० का ५२ वर्षीय कर्णबहादुर नेपालीलाई घरमै थलिएर बस्नुपर्ने बाध्यता छ ।

मजदुरी गर्ने क्रममा १२ वर्षअघि रूखबाट लडेर ढाड भाँचिएपछि उहाँ थलिनु भएको छ । ऋण र जग्गा बेचेर ढाडको उपचार गर्नुभएका कर्ण चार वर्षअघि फेरि ह्विल चियरबाट लड्नुभयो । दुवै खुट्टा भाँचिए । यस पटक पनि उहाँले ऋण गरेर उपचार गर्नुभयो । अहिले घाउ बल्झिँदै गएपछि कर्णलाई उपचारमा समस्या भएको छ ।

उहाँको परिवारले अहिलेसम्म १३ लाख रूपैयाँ ऋण गरेर उपचार गरिसकेको छ । थप उपचारका लागि आर्थिक समस्या भएपछि उहाँले सबैलाई सहयोगको आग्रह गर्नुभएको छ । ‘कमाउने मान्छे मै हुँ । मेरो हालत यस्तो भइहाल्यो ।पहिलेकै ऋण त्यतिकै थियो । फेरि दुवै खुट्टा भाँचिएपछि ऋण गरेर उपचार गरेँ,’ उहाँले भन्नुभयो, ‘अब पहिलेकै ऋण बढ्दै गएको छ । तिर्न सकिएको छैन । बिहान, साँझ खानै समस्या छ ।’

विज्ञापन

कर्णकी श्रीमती मीना नेपालीले अहिले चन्दा उठाएर उपचार गर्न थाले पनि खासै सहयोग नजुटेको गुनासो गर्नु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार