होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २ फागुन। जिल्लाको त्रिवेणी नगरपालिका वडा नं. ८ पन्तालिका खड्क बहादुर साउँद २ दशकपछि फेरी एमालेको सक्रिय राजनीतिमा फर्किएका छन् । दुईदशक देखि एमाले पार्टीबाट निस्कृय रहेका साउँदले आफु पुःन एमालेको सक्रिय राजनीतिमा फर्किएको सोमबार मार्तडीमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् । एमाले बाजुराको स्थापनाकाल देखि पार्टीको संगठित सदस्य रहेका साउँद २०५४ […]
नागरिक रैबार/बाजुरा १ फागुन। बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावलले आफ्नाे पाँच वर्षकाे कार्यकालमा वडामा तिव्र विकास भएकाे दावी गरेका छन् । आईतबार कसडी र वनाली खानेपानी उपभोक्ता समितिकाे संयुक्त आयाेजना र बडीमालिका नगरपालिका/युनिसेफकाे सहयाेगमा साेही वडाकाे ठेकघरमा भएकाे सुरक्षित खानेपानी युक्त समुदाय घाेषणा कार्यक्रममा वडा अध्यक्ष रावलले साे कुराकाे दावी […]
नागरिक रैबार/बाजुरा १ फागुन। जिल्लाको बडीमालिका नगरपालिका र युनिसेफ नेपालको सहयोगमा वडा नं. ८ मा एक घर एक धारा अभियान अन्तर्गत चैडिलका ४२ घरमा सुरक्षित खानेपानीका धारा निर्माण गरिएपछि उक्त टोललाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । बडीमालिका नगरापलिका र युनिसेफको आर्थिक सहयोग र कसडी खानेपानी उपभोक्ता समिति र बनाली खानेपानी उपभोक्ता समितिको […]
नागरिक रैबार/बाजुरा १ फागुन। नेकपा माओवादी केन्द्र बाजुराले २७ औं जनयुद्ध दिवस दिप प्रज्वलन गरेर मनाएको छ । वि.सं. २०५२ साल फागुन १ गतेदेखि जनयुद्ध थालनी गरेको स्मरणमा माओवादीले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउने गरेको छ । पुष्पकमल दहाल नेतृत्वमा तत्कालिन माओवादीले सिन्धुली, गोरखा, रुकुम र रोल्पामा एकसाथ आक्रमण गरेर औपचारिक […]
बझाङ: बझाङको साइपाल गाउँपालिकामा नेपाली सेनाको हेलिकोप्टरमार्फत चामल ढुवानी गरिएको छ। आइतबार नेपाल खाद्य संस्थानको बझाङ देवलस्थित गोदामबाट हेलिकोप्टरबाट चामल साइपाल पु¥याइएको हो। लगातार भएको हिमपातका कारण त्यहाँ खाद्यान्न अभाव भएको थियो। हेलिकोप्टरले ३ पटक गरेर ६१ क्विन्टल २० केजी चामल साइपाल गाउँपालिका वडा नम्बर ३ काँडा, वडा नम्बर ४ धुली, वडा नम्बर ५ न्युना […]
नागरिक रैबार बाजुरा १ फागुन । बाजुराको प्रतिनिधित्व गर्दै किड्स मोडलमा सन् २०२२ को बाजुराकी रितिका बुमि पहिलो धावक बन्न सफल भएकी छन । धेरै प्रतिभाशाली, लोकप्रिय, उत्कृष्ट ड्रेस अप र मल्टि मिडियामा उपाधि सहित उनी प्रथम रनर भएकी हुन । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न १ मटेलामा जन्म भई हाल भक्तपुरमा बस्दै आएका […]
नागरिक रैबार बाजुरा १ फागुन एमसिसिकाेे विराेधमा नेकपा (एस) निकट युवा संघले मार्तडीमा प्रदर्शन गरेकाे छ । नेकपा एकिकृत समाजबादीको भातृसंगठन समेत रहेकाे युवा संघ एमसीसीका बिरुद्व सदरमुकाम मार्तडीमा प्रदर्शन गरेको छ । अमेरिकी दलाल मुर्दाबाद, अमेरिकाको सडक बाटो चाँहिदैन, अमरिकी सेनाले हस्तक्षप गर्न पाइदैन लगायतका नारा जुलुस सहित मार्तडी बजारमा युवा संघका कार्यकर्ताल प्रदर्शन […]
नागरिक रैबार बाजुरा १ फागुन नेपाली काङ्ग्रेस जगन्नाथ गाउँपालिका वडा नं ६ का सभापति कुम्भ रावलको निधन भएकाे छ । वडा सभापति रावलकाे आफ्नै घर काभ्रिगाउँ गोत्रिमा असामयिक निधन भएको नेपाली काँग्रेस प्रदेश (क) का सचिव जनम धामीले बताएका छन् । निधन भएका वडा सभापति रावल नेपाली काँङ्ग्रेस बाजुराको प्रतिबद्ध तथा एक कुसल संगठक नेताका […]
बुटवलको ज्योतीनगरमा स्कुल बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन् । बुटवल महानगरपालिका–१० स्थित एभरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ढगबहादुर केसीले बताए । ज्योतीनगरको ओरालोमा ब्रेक फेल भएकाले बसलाई रुखमा ठोकाएर विद्यार्थी बचाएको स्थानीयवासीले बताएका छन् । घाइते सबैलाई […]
नागरिक रैबार बाजुरा २९ माघ । बडीमालिका नगरपालिका वडा नम्बर ८ मा रहेकाे उपरकाेट बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रथम बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । एकका लागि सबै र सवैका लागि एक” भन्ने मुल नाराका बडीमालिका ८ मा स्थापना गरिएकाे उपरकाेट बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रथम साधारण सभा शनिवार सम्पन्न भएकाे हाे । साधारणसभामा सहकारीका अध्यक्ष विरेन्द्र […]
नागरिक रैबार बाजुरा २९ माघ नेकपा एमाले बडीमालिका नगर कमिटीको पूर्ण बैठक सम्पन्न भएकाे छ । नेकपा एमाले बडिमालिका नगर कमिटीकाे आयाेजनामा नगरकाे पुर्ण बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे । बडीमालिका नगरपालिकाकाे सभाहलमा भएकाे नगरकाे पुर्ण बैठकले वडा स्तरमा कार्यक्रम, सल्लाहकार कमिटी गठन, युवा महिला किसान सगठन गठन लगायत कमिटी गठन गर्ने […]
कोरोना संक्रमणबाट मृत्यु भएका जुम्लामा २२ परिवारलाई प्रति परिवार एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कोषबाट उनीहरूलाई रकम उपलब्ध गराइएको हो । पहिलो चरणको कोरोना लहरमा जुम्लाले मृत्यु ब्यहोरेको थिएन । दोस्रो लहरमा मृत्यु भएका व्यक्तिका […]
रुकुम पश्चिम — आठबीसकोट नगरपालिका–९ राडीकी निर्मला बादीलाई दैनिक गुजारा कसरी गर्ने भन्ने पिरलो छ । जग्गाजमिन नभएको उनको परिवार ७६ वर्गमिटरमा बनेको सानो घरमा बसिरहेको छ । आयस्रोत केही नहुँदा दैनिक चुलो बाल्न मुस्किल हुने उनलाई अर्को पिरलो पनि छ– खानेपानीको । ‘खानेपानी लिन जाँदा कसको गाली खाइने हो वा पानी नै पाइने हैनकी भन्ने चिन्ता सधैं […]
म्याग्दी । पन्ध्र वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमका जलन विकसँग बिवाह गरेकी ३१ वर्षिया सुस्मिता बिकले पाँच सन्तान जन्माइन् । उनी १६ वर्षमै आमा बनिन् । सुस्मिताका कान्छो छोरा अहिले तीन वर्षको भए । ‘सानै उमेरमा विवाह गर्दा र छिटो छिटो बच्चा जन्माएका कारण पाठेघर खस्ने समस्याबाट पीडित हुनुपरेको छ’ दृष्टिविहीन सुस्मिताले भनिन् ‘अहिले […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् । एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको कुरा भएको बताएका हुन् […]
वीरगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउन दौडधुपमा लागेको बेला सत्ता गठबन्धनका नेता नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने अभिव्यक्ति दिएका हुन् । वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीबारे […]
नागरिक रैबार/बाजुरा २८ माघ । बाजुराको बडीमालिका र बुढीनन्दा नगरपालिकाको विचमा पर्ने पोरखे लेख क्षेत्रमा परेको हिउँ हप्ता वित्न लाग्दा समेत नपग्लिएपछि दैनिक आवतजावतमा समस्या भएको छ । पोरखे लेख क्षेत्रको सडक तथा पैदल बाटोमा परेको बाक्लो हिमपात नपग्लिएकै कारण बाजुराको सदरमुकाम मार्तडी देखि पूर्वी उत्तरी क्षेत्रमा संचालन हुने यातायातका साधान र पैदलयात्रा गर्ने स्थानीयहरुलाई […]
काठमाडौं । राष्ट्रिय दलित आयोगले ‘एक विद्यालय, एक दलित शिक्षक कार्यान्वयन गर्न सरकारलाई निर्देशनात्मक सिफारिस गरेको छ । आयोगले सरकारले ल्याउने नीति तथा कार्यक्रममा त्यस्तो व्यवस्था गर्नेगरी कार्यान्वयन गर्न सरकारलाई निर्देशनात्मक सिफारिस गरेको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । आयोगले दलित समुदायलाई पेशा व्यवसाय संचालनका लागि सहुलियत ऋण, परम्परागत पेशाको संरक्षण एवं शैक्षिक विकासका […]
नागरिक रैबार/बाजुरा २६ माघ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले जिल्लाका ९ वटै पालिकामा इन्चार्ज तोकेको छ । पार्टीकाे विधान बमाेजिम जिल्लाका ९ वटै पालिकामा नेताहरुलाई पालिका इन्चार्जको जिम्मेवारी तोकेको पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले जानकारी गराएका छन् । एमाले सचिव थापाका अनुसार एमालेको पदाधिकारी […]
नागरिक रैबार/बाजुरा २६ माघ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले पार्टीका विभिन्न २४ वटा विभागहरुको गठन गरेकाे छ । पार्टीकाे विधान बमाेजिम विभिन्न २४ वटा विभागहरु गठन गरि नेताहरुलाई जिम्मेवारी तोकेको निर्णय बुधबार पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् । माघ २५ गते […]