होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पाँच वर्षको कार्यकालमा वडामा तिव्र विकास भएकाे छ : अध्यक्ष रावल
समाचार

पाँच वर्षको कार्यकालमा वडामा तिव्र विकास भएकाे छ : अध्यक्ष रावल

  • नागरिक रैबार
पाँच वर्षको कार्यकालमा वडामा तिव्र विकास भएकाे छ : अध्यक्ष रावल

नागरिक रैबार/बाजुरा १ फागुन। बडीमालिका नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रकाश रावलले आफ्नाे पाँच वर्षकाे कार्यकालमा वडामा तिव्र विकास भएकाे दावी गरेका छन् ।

आईतबार कसडी र वनाली खानेपानी उपभोक्ता समितिकाे संयुक्त आयाेजना र बडीमालिका नगरपालिका/युनिसेफकाे सहयाेगमा साेही वडाकाे ठेकघरमा भएकाे सुरक्षित खानेपानी युक्त समुदाय घाेषणा कार्यक्रममा वडा अध्यक्ष रावलले साे कुराकाे दावी गरेका हुन् ।

वडा अध्यक्ष रावलले आफ्नाे पाँच वर्षकाे कार्यकालमा वडामा बडीमालिका नगर भित्रका सबै वडा भन्दा बढी विकासे रकम भित्र्याउन सफल भएकाे बताएका छन् ।

विज्ञापन

आफु वडा अध्यक्ष पदमा बिजयी भएर जनप्रतिनिधीको रुपमा आईसकेपछि वडाका प्रत्येक घरघरमा खानेपानी, बिजुली, सडक, गोरेटो बाटो, विद्युत विस्तार, मठमन्दिर निर्माण लगायतका कामहरू भएकाे वडा अध्यक्ष रावलकाे भनाई थियाे । वडामा रहेका विपन्न परिवारलाई सिपमुलक तालिम, वेराेजगार युवालाई राेजगारी समेत दिएकाे वडा अध्यक्ष रावलले बताएका छन् ।

साथै उनले समाजको बिकासका लागि कहिले पनि पछि नहट्ने बताए । अध्यक्ष रावलले स्थानीय संग आग्रह गर्दै हाम्रो समुदायमा कुनै बिकास निमार्णका काम गर्न बाँकी भए सम्पुर्ण समुदायको सल्लाह अनुसार वडामा आएर सो काम जानकारी गराउन आग्रह गरेका छन् ।

 बडीमालिका नगरपालिका र युनिसेफ नेपालको सहयोगमा वडा नं. ८ मा एक घर एक धारा अभियान अन्तर्गत चैडिलका ४२ घरमा सुरक्षित खानेपानीका धारा निर्माण गरिएपछि उक्त टोललाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ ।

बडीमालिका नगरापलिका र युनिसेफको आर्थिक सहयोग र कसडी खानेपानी उपभोक्ता समिति र बनाली खानेपानी उपभोक्ता समितिको आयोजनामा उक्त टोललाइ सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको हो ।

बडीमालिका ८ को सो टोललाई बडिमालिका नगरपालिका उप-प्रमुख कविता विष्ट र अडाध्यक्ष प्रकाश बहादुर रावलले संयुक्त रुपमा रिवन काटेर सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरेका हुन् ।

सुरक्षित खोपानी युक्त समुदाय घोषणा गर्नका लागि सो समुदायमा सम्पुर्ण मापदण्ड पुरा भएको हुदाँ उक्त समुदायलाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको युनिसेफ नेपालका कार्यक्रम संयोजक राजेन्द्र जैशीले बताएका छन् ।

कसडी खोपानी उपभोक्ता समितिका अध्यक्ष विर बहादुर रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बडिमालिका नगरपालिका उप-प्रमुख कविता बिष्ट रहनुभएको थियो, विशिष्ट अतिथिमा बडिमालिका-८ का वडाध्यक्ष प्रकाश रावल,अतिथिमा बडिमालिका नगरपालिका सव इन्जिनियर राजेन्द्र जैशी,त्रिवेणी सहकारीका अध्यक्ष तथा समाजसेवी अशोक रावल, पत्रकारहरु लगाएत दुई वटै उपभोक्ता समितिका पदाधिकारीहरु र स्थानीयको भब्य उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार