होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोभिडबाट मृत्यु भएका जुम्लाका २२ परिवारलाई राहत वितरण
समाचार

कोभिडबाट मृत्यु भएका जुम्लाका २२ परिवारलाई राहत वितरण

  • नागरिक रैबार
कोभिडबाट मृत्यु भएका जुम्लाका २२ परिवारलाई राहत वितरण

कोरोना संक्रमणबाट मृत्यु भएका जुम्लामा २२ परिवारलाई प्रति परिवार एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कोषबाट उनीहरूलाई रकम उपलब्ध गराइएको हो ।

पहिलो चरणको कोरोना लहरमा जुम्लाले मृत्यु ब्यहोरेको थिएन । दोस्रो लहरमा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । उनले भनिन्, ‘संक्रमणको तेस्रो लहरमा जुम्लाले अहिलेसम्म मृत्यु बेहोर्नुपरेको छैन ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २० वैशाख ०७७ देखि कोभिड परीक्षण ल्याब सञ्चालनमा आएको छ । संक्रमणको पहिलो लहरमा ११ हजार ६ सय ६३ जनाको कोभिड परीक्षण भएको थियो । यसमध्ये चारसय ६३ जना नागरिकमा संक्रमण देखिएको थियो । दोस्रो लहरको संक्रमण जुम्लामा वैशाख ०७८ देखि देखिएको हो । तीन हजार आठ सय २१ जनाको पीसीआर परीक्षणमध्ये एक हजार दुई सय २४ संक्रमित भएका थिए ।

विज्ञापन

तीन हजार आठ सय दुई जनाको एन्टिजेन परीक्षणमध्ये चार सय ५६ जना संक्रमित भएका थिए । एक हजार ६ सय ८० जना संक्रमितमध्ये २३ जनाको संक्रमणका कारण मृत्यु भएको जनस्वास्थ्यको तथ्यांक छ । जिल्लामा ५० हजार नौ सय ८५ जनाले पहिलो डोज कोभिडविरुद्धको खोप लगाएका छन् । पूर्ण डोज खोप लगाएका ३३ हजार ६ सय ४५ रहेका छन् ।

संक्रमणको तेस्रो लहरमा जुम्लामा संक्रमित हुने संख्या एक सय ७८ पुगेको छ । यसमध्ये ९३ जना निको भइसकेका छन् भने ८५ जना संक्रिय संक्रमित छन् । संक्रिय संक्रमितमध्ये पाँच जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचार छन् भने ८० जना होम आइसोलेसनमा छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै