होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
असार १२- यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो। प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा नौ हजार ५९६ छात्र र सात हजार २८६ छात्रा छन्। यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ […]
नतिजा सार्वजनिक गर्नु अगाडि बाेर्ड बैठक बस्नु पर्ने प्रावधान छ।राष्ट्रिय परीक्षा बाेर्डका अध्यक्ष चन्द्रमणिपाैडेलले आज २ बजे बाेर्डबैठक बाेलाइएको बताए। सबै तयारी पूरा भइसकेकाे र बाेर्डले निर्णय गरै आजै नतिजा प्रकाशन गरिनेपरीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए। मंगलबार पनि बाेर्डकाे बैठक बसेको थियाे। उक्त बैठकले नतिजा प्रकाशनमा हतार नगर्न सुझाव दिएकाे थियाे। मुलुकभरबाट याे वर्ष ४ […]
नागरिक रैबार/ बाजुरा २ असार । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको शनिबासरीय परीक्षा लिदै आएको छ । कक्षा १० मा अध्ययनरत १ सय ८० जना विद्याथीहरुलाई प्रत्येक हप्ताको शनिबार विभिन्न विषयको परीक्षा लिदै आएको हो । मालिका माविले २०७४ सालबाट कक्षा १० का […]
चितवन २ असार। गर्मी बढेसँगै चितवनका सातमध्ये ६ वटा स्थानीय तहले तीन दिन स्कुल विदा घोषणा गरेका छन् । भरतपुर महानगरपालिकासहित राप्ती, खैरहनी, कालिका, रत्ननगर र माडी नगरपालिकामा आज, भोलि र पर्सीका लागि सबै स्कुलहरु बन्द गरिएका छन् । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामना पहाडी क्षेत्रमा पर्ने भएका कारण गर्मी विदा भएको छैन । गाउँपालिका […]
बागलुङ, वैशाख ३१– बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५ विनामारेस्थित दलित उत्थान आधारभूत विद्यालयको छानो हावाले उडाउँदा महिना दिनदेखि पठनपाठन प्रभावित भएको छ । यही वैशाख ३ गतेको हावाहुरीका कारण विद्यालयको दुईकोठे भवनको कर्कट पाताको छानो उडाउँदा विद्यार्थीलाई खुला आकाशमुनि पठनपाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ । पानी पर्दा बाल विकास भवनको बार्दलीमा र घाम लाग्दा […]
काठमाडौँ, माघ २६ – विज्ञान तथा प्रविधिको क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट शैक्षिक केन्द्रका रुपमा विकास गर्न मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान विश्वविद्यालय स्थापनाका लागि पूर्वाधार विकास समिति गठनको तयारी भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पूर्वाधार विकास समिति गठनका लागि सम्भावित व्यक्तिको नामावली, प्रतिष्ठानका लागि प्रस्तावित स्थल र बजेटको प्रवन्धको गृहकार्य गरेको हो […]
गलेश्वर, माघ २५ – म्याग्दीको सदरमुकाम बेनीमा अनाथ बालबालिकाको आश्रय र शिक्षादिक्षाका लागि सञ्चालित धौवलागिरि क्षेत्रकै एकमात्र बालगृह ‘म्याग्दी बालगृह’को क्षमता र पूर्वाधार विस्तारका लागि आर्थिक अभाब भएको छ । नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित बाहगृहमा आश्रित बालबालिकाका लागि भौतिक पूर्वाधारको समस्या भएपछि पूर्वाधार विस्तार गर्न भएको बाल सङ्गठन म्याग्दीका सभापति नेत्रबहादुर महतले बताउनुभयो । […]
जनकपुर, बैशाख १९- काठमाडौं-देशभरका सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको समाचार लगातार सार्वजनिक भइरहँदा जनकपुरको जानकी मन्दिरको सयौं बिघा जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा रहँदै आएको पाइएको राजधानी दैनिकमा खबर छ । जानकी मन्दिरको आधिकारिक से्रस्ता नै गायब गरी भूमाफियाले जनकपुर उपमहानगरपालिका क्षेत्रभित्रको अर्बौं रुपैयाँ मूल्यबराबरको ९१ बिघा १८ कट्ठा ८ धुर गुठी जग्गा अतिक्रमण […]
१८ बैशाख, काठमाडौं । नागरिक समाजका अगुवाहरूले नेतृत्व नसच्चिए जनताले रगत बगाएर ल्याएको गणतन्त्र समाप्त हुन सक्ने आशंका व्यक्त गरेका छन् । नेपाली कांग्रेसका नेता नरहरि आचार्यको पुस्तक ‘गणतन्त्र यात्राः बन्दी वृतान्त’ को बुधबार राजधानीमा विमोचन गर्दै उनीहरूले नेताहरूकै कारण गणतन्त्र संकटमा परेको बताएका हुन् । ०६२/०६३ को जनआन्दोलनमा अग्रपंक्ति रहेर जनआन्दोलनमा होमिएका कृष्ण पहाडीले […]