होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • शैक्षिक गुणस्तर वृद्धि गर्न मालिकामा शनिबासरीय परीक्षा
शिक्षा

शैक्षिक गुणस्तर वृद्धि गर्न मालिकामा शनिबासरीय परीक्षा

  • नागरिक रैबार
शैक्षिक गुणस्तर वृद्धि गर्न मालिकामा शनिबासरीय परीक्षा

नागरिक रैबार/ बाजुरा २ असार । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माद्यमिक विद्यालयले शैक्षिक गुणस्तर वृद्धि गर्न कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको शनिबासरीय परीक्षा लिदै आएको छ ।


कक्षा १० मा अध्ययनरत १ सय ८० जना विद्याथीहरुलाई  प्रत्येक हप्ताको शनिबार विभिन्न विषयको परीक्षा लिदै आएको हो ।
मालिका माविले २०७४ सालबाट कक्षा १० का विद्यार्थीहरुको शैक्षिक गुणस्तरलाई मध्येनजर गरी प्रत्येक हप्ताको शनिबार उक्त परीक्षा लिदै आएको मालिका माविका प्राचार्य शुभराज पाध्याले बताएका छन् ।
विद्यालयले विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुको पढाईलाई निरन्तरता दिन आगामी वर्षबाट अन्य कक्षामा अध्ययनरत विद्यार्थीहरुको पनि शनिबासरीय परीक्षा लिने प्राचार्य पाध्यायले बताएका छन् ।


मालिका माविले विद्यालयमा अध्ययनरत ईसिडी देखी डिप्लोमासम्म अध्ययनरत विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि गर्न विभिन्न रणनीति अपनाउने निर्णय गरेको छ । मालिका माविमा सोमबार बसेको शिक्षक र अभिभावकहरुको बैठकले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई प्रत्येक हप्ताको शनिबार विभिन्न विषयको शनिबारीय परीक्षालाई थप प्रभावकारी बनाउने भएको छ ।
विद्यालयमा अध्ययनरत प्रत्येक विद्यार्थीहरुका अभिभावकहरुलाई प्रत्येक महिनाको अन्तिम शुक्रबार विद्यालयमा सहभागी गराई विद्याथीहरुका अभिभावकहरुलाई विद्यार्थीको बारेमा पृष्टपोषण गराउने निर्णय गरेको विद्यालयले भएको छ ।

विज्ञापन


विद्यालयले प्रत्येक महिनाको अन्तिम शुक्रबार शिक्षक र अभिभावकहरुको बैठक बस्ने र विद्यार्थीहरुका अभिभावकहरु बैठकमा सहभागी नभए जरिवाना स्वरुप अभिभावकहरुलाई एक सय रुपैया तिराउने निर्णय लागु गरेको छ ।
बैठकले विगतका शनिवासरीय परिक्षाको समिक्षा गर्दा अभिावक ज्युवाट प्रत्येक शनीवारिय परीक्षाको पृष्टपोषण दिने र महिनाको अन्तीम शुक्रबार अभिभावकहरुको भेलाले छलफल गर्ने निर्णय गरेको छ ।


विद्यालयका शिक्षक उमाकान्त जैशीको अध्यक्षतामा संचालन भएको बैठकमा ६० बढी शिक्षक र अभिभावकहरुको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार