होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • एक महिनादेखि खुला आकाशमुनि पठनपाठन
शिक्षा

एक महिनादेखि खुला आकाशमुनि पठनपाठन

  • नागरिक रैबार
एक महिनादेखि खुला आकाशमुनि पठनपाठन

बागलुङ, वैशाख ३१–

बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५ विनामारेस्थित दलित उत्थान आधारभूत विद्यालयको छानो हावाले उडाउँदा महिना दिनदेखि पठनपाठन प्रभावित भएको छ ।

यही वैशाख ३ गतेको हावाहुरीका कारण विद्यालयको दुईकोठे भवनको कर्कट पाताको छानो उडाउँदा विद्यार्थीलाई खुला आकाशमुनि पठनपाठन गराउन बाध्य भएको विद्यालयले जनाएको छ । पानी पर्दा बाल विकास भवनको बार्दलीमा र घाम लाग्दा खुला आकाशमुनि पठनपाठन गराउँदै आएको विद्यालयका प्रधानाध्यापक रामु विकले बताए । “विद्यालयको छाना उडाएको महीना दिन बित्न लाग्यो, सम्बन्धित निकायलाई जानकारी गराएका छौँ”, प्रधानाध्यापक विकले भने, “हालसम्म नगरपालिका, जिल्ला समन्वय समिति तथा शिक्षा एकाइ कतैबाट सहयोग भएको छैन ।”

विज्ञापन

विद्यालयको दुईकोठे छानो उडाउँदा भवनको गारोसमेत चिरा परेकाले जरैबाट भवनको पुनःनिर्माण गर्नुपर्ने आवश्यकता रहेको विकले बताए । उनले छाना छाउने नगरपालिकाले आश्वासन दिएपनि हालसम्म कुनै सहयोग नआउँदा विद्यार्थीलाई पठनपाठन गराउन निकै समस्या भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार