होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाउने ९ जना पक्राउ परेका छन्। सुनसरीको धरानमा उपचुनाव बहिष्कारको नारा लगाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको हो। उनिहरुले ‘उपचुनाव बहिष्कार गरौं’ भन्दै नारा लगाएर पर्चा, पम्पलेट बाँडेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) यज्ञविनोद पोखरेलले बताए। पक्राउ पर्नेहरु सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाका कार्यकर्ता रहेको एसपी […]
सर्वोच्च अदालतले संविधानको व्यवस्थामा अप्रत्यक्ष शब्दावलीको प्रयोग गरी स्थानीय तहका पदाधिकारीलाई पारिश्रमिक उपलब्ध गराउनु संविधानमाथिको जालझेल भएको व्याख्या गरेको छ । पदाधिकारीको पारिश्रमिक खारेज सम्बन्धी कात्तिक १ गतेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले संविधानको परिकल्पना विपरीत पारिश्रमिक दिनेगरी प्रदेशसभाहरुले बनाएका कानुनले बैधता नपाउने पनि ठहर गरेको छ । अप्रत्यक्ष शब्दावली तथा भाषाको प्रयोग गरी पारिश्रमिक […]
मुलुकका अधिकांश ठूला राजनीतिक दल आन्तरिक विवादबाट गुज्रिँदै आएका छन्। सत्ता समीकरणको अभ्यासमा रहेका ती दल यो मामिलाबाट अझ प्रभावित र निर्देशित छन्। यसले देशको समग्र विकासमा असर परेको छ। आन्तरिक कलहको परिणाम पार्टीले ‘रफ्तार’ लिन नसकेको आम बुझाइ छ। पार्टी गतिशील नहुँदा त्यसले हाँकेको सरकार प्रभावकारी हुन सक्दैन। सरकार चलायमान हुन नसक्नुको परिणाम विकासमा […]
हेटौंडा । प्रदेश नम्बर–३ को लोक सेवा आयोगको अध्यक्षमा सिफारिस पूर्व सचिव सुरेशमान श्रेष्ठको सपथ आज हेटौंडामा हुने भएको छ । आज दिउसो २–३० वजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण कार्यक्रम हुने भएको हो । यसअघिनै प्रदेशको लोकसेवा आयोगमा नियुक्त गर्नका लागि श्रेष्ठलाई सिफारिस गर्ने निर्णय भएको छ । आजको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख […]
काठमाडौँ । मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत स्थानीय तहका रिक्त ४८ पदमा २७३ जना उम्मेदवारले प्रतिश्पर्धा गर्दैछन् । कुल २८२ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका भए पनि ९ जनाले उम्मेदवारी फिर्ता लिएका कारण २७३ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगको पूर्वघोषित कार्यतालिका अनुसार स्थानीय तहको उपनिर्वाचनका लागि शनिबार उम्मेदवारको […]
काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उपनिर्वाचन बहिस्कार गर्ने जनाएको छ। पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै उपनिर्वाचनलाई ‘सशक्त बहिस्कार’ गर्ने उल्लेख गरेका छन्। विज्ञप्तिमा सत्तारुढ दलको कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “यो सरकारले हाम्रो पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म उपचुनावको कार्यक्रममा सरकार र सत्तामा सामेल पार्टीहरुको गतिविधिहरुलाई लगाउने निर्णय गरेको छ।” सर्वसाधारणलाई […]
प्रहरीले दाङबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले विप्लव समूहका दाङ बबई गाउँपालिकाका एरिया इन्चार्ज निमबहादुर डाँगीलाई शनिबार १ः१५ बजेतिर बबई–५ ट्वाङखोलाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार ट्वाङखोलाबाट प्रदेश ३–०२००७प १२०४ नंको जिक्सर मोटरसाइकलमा लुकीछिपी हिँडिरहेको अवस्थामा बबई–५ निवासी ३२ वर्षीय […]
नागरिक रैबार/ बाजुरा ३० कार्तिक । कैलालीमा अनेरास्वयू बाजुरा घर भएका विद्याथीहरुले एकता मंच कार्यसमिति गठन गरिएको छ । कैलाली बहुमुखी क्याम्पसको सभाहलमा भएको बाजुरा जिल्लाका विद्यार्थीको एक भेलाबाट जिल्लाको बडीमालिका नगरपालिका वडा नं.७ का अर्जुन जोशीलाई अध्यक्ष हुनेगरी एकता मंच कार्यसमीति गठन गरेको हो । उक्त भेलाबाट बाजुराका विद्यार्थी एकता मंच कार्यसमिति गठन गरिएको […]
चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको काम अगाडि बढाइएको अधिकारीहरूले बताएका छन्। खानी तथा भूगर्भ विभागका अधिकारीहरूका अनुसार अबको एक वर्षभित्र त्यस्तो अन्वेषण सकिनेछ। विस्तृत अन्वेषण सकिएपछि त्यस क्षेत्रमा पेट्रोलियम पदार्थ भएको वा नभएको टुङ्गो लाग्नेछ। अधिकारीहरूले आवश्यक उपकरणसहित चिनियाँ टोली पेट्रोलियम पदार्थ भएको सम्भावित क्षेत्रमा पुगिसकेको बताएका छन्।अन्वेषणका लागि झन्डै ४० वर्ग […]
गौर : निलम्बित सांसद एवं पूर्वमन्त्री मोहम्मद अफताव आलम शुक्रबार जेल चलान भएका छन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी मुद्दामा उनलाई रौतहट जिल्ला अदालतले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। आठ दिन लामो थुनछेक बहसपछि न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई थुनामा पठाएको हो। उनलाई गौर कारागार चलान गरिएको अदालतका स्रेस्तेदार […]
काठमाडौं- निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुने स्थानीय तहको उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।आयोगका अनुसार कूल ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथि छानबिन गर्ने तथा नामावली प्रकाशन गर्ने कार्य शुक्रबार सम्पन्न भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । कपिलवस्तु जिल्ला शिवराज […]
अत्तरिया – मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा ६ वटा रिक्त वडाध्यक्ष पदका लागि २० जनाको उम्मेद्धारी परेको छ । सुदूरपश्चिममा बाजुराको त्रिवेणी नगरपालिका –१, डोटीको आदर्श गाउँपालिका २, कञ्चनपुरको पुर्नवास नगरपालिका ३, बैतडीको पुचौंडी नगरपालिका ४, सुर्नया गाउँपालिका१ र दोगडाकेदार गाउँपालिका ४ मा रिक्त वडाध्यक्ष पदका लागि उम्मेद्धारी परेको छ । बाजुराको […]
कास्की। रवीन्द्रले जस्तै काम गरे, सबैको मन जिते, हामी तिम्रै साथमा छौँ,’ विद्या भट्टराई अधिकारीलाई एक ज्येष्ठ नागरिकले दिएको आशीर्वाद हो, यो । पोखरा–२१ र १७ को सिमानामा रहेको फुस्रेखोला पुलको मुखमा स्वागतका लागि उपस्थित जनताको बीचबाट ९३ वर्षीय छवि पहारीले नेकपाका उम्मेदवार विद्याको शिरमा हात राखेर भन्नुभयो, “रवीन्द्र र जनताको सपना पूरा गर्ने जिम्मेवारी […]
नागरिक रैबार/बाजुरा २६ कार्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले भारतले नेपालको भुमिमाथि गर्दै आएको हस्तक्षेप नेपालका लागि अब सैह्य नहुने बरु नेपाली भुमिको रक्षाका लागि जस्तो सुकै युद्ध गर्नपनि तयार रहेको बताएका छन् । मंगलबार बाजुरा आगिंक क्याम्पसको समुद्घाटनमा बोल्दै उहाँले नालापानीको युद्धमा केटाकेटीहरु, बुढाबुढीहरु, महिलाहरु लडेर त्यो बेलाकोे अंग्रेज सेनाहरुलाई […]
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अनुशासन आयोग प्रमुखमा अमृतकुमार बोहोरा चयन भएका छन् । नेकपा सचिवालयको सोमबार बसेको बैठकले बोहोरालाई अध्यक्ष र अशोक रोकायलाई सचिव चयन गरेको छ । यस्तै, केन्द्रीय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखा परीक्षण आयोगको अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन […]
नागरिक रैबार/बाजुरा २५ कार्तिक। नेपाल विद्यार्थी संघ बाजुरा क्याम्पस इकाई समितिले बाजुरा क्याम्पसमा तालावन्दी गरेको छ । सोमबार विहान नेविसंघ बाजुरा क्याम्पस ईकाइ समितिले आफ्ना ६ बुदे मागसहित क्याम्पसमा तालाबन्दी गरेको हो । नेविसंघ बाजुरा क्याम्पस इकाई समितिका सचिव धनबहादुर थापाको नेतृत्वमा गएको टोलीले एक विज्ञप्ती जारी गर्दै क्याम्पसमा तालाबन्दी गरेको हो । नेविसंघले क्याम्पसमा […]
कात्तिक २४, काठमाडौं । आगामी मङ्सिर १४ गते भक्तपुर–१ प्रदेश सभा (क) मा हुने उपनिर्वाचनमा यसपटक पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस र नेपाल मजदुर किसान पार्टीबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । गाविस हुदाँदेखि नै तत्कालीन एमालेको पकड रहेको यो क्षेत्रमा गत प्रदेशसभा निर्वाचनमा तत्कालीन नेकपा […]
धनगढी, २४ कार्तिक । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावलले राजिनामा दिएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई उनले राजिनामा बुझाएका हुन् । कार्यालया दर्ता हुन आएका छैन सुदूरपश्चिम प्रदेशका प्रमुख सचिब नारायण प्रसाद बिडारीबताए । मुख्यमन्त्री स्रोतले भने उनले राजिनामा दिएको बताएको छ । कञ्चनपुरको एक क्याम्पसको शेयर विक्रीमा संलग्नताको आरोप […]
नागरिक रैबार/बाजुरा २४ कार्तिक। नेपाल भारत सिमा नाकासंग जोडिएको दार्चुलाको लिपुलेख देखि लिम्पियाधुरा सम्मको कालापानी क्षेत्रलाई भारतीय हस्तक्षेपबाट रोक्न अनेमसंघले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । सुदूरपश्चिम प्रदेश अन्तरगत पर्ने दार्चुला जिल्ला भरतको सीमासंग जोडिएको लिपुलेख देखि लिम्पियाधुरा सम्मको कालापानी क्षेत्रमा भारतले विगत ७० वर्ष देखि जवरजस्त रुपमा भारतिय सेना […]
२४ कात्तिक, डोटी । आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आइतबार सरकारी सवारी साधन चलाउन रोक लगाइएको छ । डा. केसी अनसन बसेको सातदिन बितिसक्दासमेत सरकारले कुनै सुनुवाई नगरेको भन्दै समर्थकले सरकारी नम्बर प्लेटका सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन् । आइतबार कुनै पनि सरकारी गाडी चल्न नदिइने डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले जानकारी […]