होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीमा बढ्यो शक्तिकेन्द्रको हस्तक्षेप ! आईजीपीले सरुवा गर्ने, नेताले रोक्ने
समाचार

प्रहरीमा बढ्यो शक्तिकेन्द्रको हस्तक्षेप ! आईजीपीले सरुवा गर्ने, नेताले रोक्ने

  • नागरिक रैबार
प्रहरीमा बढ्यो शक्तिकेन्द्रको हस्तक्षेप ! आईजीपीले सरुवा गर्ने, नेताले रोक्ने

काठमाडौै । नेपाल प्रहरीले गरेका सरुवा नै कार्यान्वयन नभएका उदाहरण धेरै कम छन् । तर विगत ३ महिनायता तीन अधिकृतको सरुवा कार्यान्वयन नै भएनन् । आइजीपी सर्वेन्द्र खनालले पुस ४ मा २४ एसपीको सरुवा गर्दा गंगा पन्तलाई चितवन पठाए ।

चितवनका एसपी दानबहादुर मल्लको बारेमा धेरै गुनासा आएपछि उनलाई एयरपोर्टमा सरुवा गरिएको थियो । तर एसपी मल्लले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सात महिनामै आफ्नो सरुवा गरी बेइज्जती गरेको गुनासो गरे ।

अध्यक्ष दाहालले आइजीपी खनाललाई मल्ललाई २ महिनासम्म चितवनमै राख्न निर्देशन दिए । पन्तको सरुवा रद्द भयो, मल्ल थमौती भए । मल्ल नेकपा अध्यक्ष दाहालका पूर्व पीएसओ हुन् । त्यही पीएसओको नाममा उनी अवकाश हुने बेलामा पनि चितवन जस्तो जिल्लाको एसपीमा सरुवा भएका थिए ।

विज्ञापन

नेपाल प्रहरीमा अवकाशको मिति नजिक भएका अधिकृतलाई इन्चार्ज नदिने नीति छ । तर शक्तिको आडमा उनी चितवनको एसपीमा सरुवा भए । चितवनमा गएपछि उनको ध्यान शान्ति सुरक्षातिर भन्दा पनि कसरी हुन्छ कमाउधन्दामा केन्द्रित भएका कारण उनी विवादमा पर्दैआएका थिए । एसपी मल्लले जुवा अखाडादेखि मोटरसाइकल र गाडी चोरी गर्ने गिरोहसँग घुस असुली गरेको र मातहतका चौकीहरूमा दररेट तय गरी इन्चार्ज खटाउने गरेको आरोप लाग्यो ।

दररेट अनुसार नदिने इन्चार्जलाई एक महिनामै तान्ने काम गरेपछि उनका बारेमा धेरै उजुरी प्रहरी प्रधान कार्यालयमा पनि पुगेपछि आइजीपीले उनलाई तानेका थिए ।

र, गंगा पन्तलाई पठाएका थिए । पन्त र आइजीपी खनालको गृहजिल्ला तनहुँ नै भएकाले उनले मौका पाएको अर्थ पनि कतिपयले लगाउने गरेका छन् । त्यसो त प्रहरी प्रमुखले अवकाश हुने बेलामा आफ्ना निकट केही अधिकृतलाई राम्रो ठाउँ दिने प्रवृत्ति नै नेपाल प्रहरीमा रहँदैआएको छ । तर पन्त जानै पाइनन् । आइजीपी खनालको निर्णयलाई शक्तिका आडमा एसपी मल्लले तुहाइदिएका छन् ।

 २०७६ मंसिर २० मा २७ डीएसपीको सरुवा गर्दा बाजुराका उद्धवसिंह भाटको नाम जिल्ला प्रहरी कार्यालय धनुषामा थियो । भाटलाई धनुषामा सरुवा गरी उनको ठाउँमा टंकप्रसाद भट्टराईलाई पठाइएको थियो । तर भट्टराई बाटाबाटै फर्किनुपरेको बताइन्छ । भाटको थमौती भएपछि बाजुरामा पद सम्हाल्न गएका भट्टराई बीच बाटोबाटै फर्किन बाध्य भएका थिए । डीएसपी भाटले पनि आइजीपीको सरुवालाई चुनौती दिएरै बाजुरामा थमौती भएका छन् ।

तेस्रो घटना हो, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेम शाहीको सरुवा कार्यान्वयन नहुनु । डीएसपी शाहीले २०७६ दशैंमा स्थानीय एक ठेकेदारसँग खसी मागेको भिडियो सार्वजनिक भएपछि नै प्रहरीको बदनाम भएको थियो ।

त्यतिबेला पनि उनलाई यथावत राखिएको थियो । त्यसपछि स्थानीय विद्यार्थी प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि उत्पन्न परिस्थितिमा कोहलपुर प्रहरीले विरोधमा उत्रिएका विद्यार्थीमाथि निर्मम लाठीचार्ज गरेर उनी विवादमा आएपछि २०७६ मंसिर २५ मा उनलाई सुर्खेत गणमा पठाइएको थियो ।

र, डीएसपी कुलदीप चन्दलाई पठाएको थियो । तर प्रहरी प्रधान कार्यालयले पठाएका डीएसपी चन्द कोहलपुर अहिलेसम्म जान पाएका छैनन् । विद्यार्थी आन्दोलनले उग्र रुप लिएपछि पहिला जिल्ला प्रहरी कार्यालय बाँकेबाट डीएसपी शिव सिंहलाई पठाइएको थियो । तर उनी पनि जानै पाएनन् । साँघुन्युजबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार