होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– सांसदहरुले एसिड आक्रमणकारीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन्। यसका लागि कानुन संशोधन गर्नुपर्ने उनीहरुको माग छ। आइतबारको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्ने अधिकांश महिला सांसदहरुले वीरगञ्जकी १५ बर्षिया किशोरी मुस्कान खातुनमाथि भएको एसिड आक्रमण घटनाको विरोध गर्दै आक्रमणकारीलाई जन्मकैद वा फाँसीको सजाय दिनुपर्ने माग राखे। सांसद पुष्पा कुमारी कर्ण कायस्थले कहिलेसम्म […]
बैतडी, २२ भदौ । राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका एक दर्जन बढी नेता(कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् । सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीलाई नेकपा केन्द्रीय […]
काठमाडौँ — कांग्रेस नेताहरूले सरकारको असफलताका कारण ‘दक्षिणपन्थी र उग्रवामपन्थी’ बाट राज्यप्रणालीमाथि प्रहार हुन थालेको बताएका छन् । त्यस्तो स्थिति आउनुमा सरकारको सर्वसत्तावादी सोच र काम गर्ने शैली मुख्य जिम्मेवार रहेको उनीहरूको निष्कर्ष छ । कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रदेश ३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा सहभागी नेताहरूले सर्वदलीय […]
काठमाडौं : सरकारले चीनसँग सहकार्य गर्ने परियोजनाको अवस्था खोज्न थालेको छ। केही दिनदेखि परराष्ट्र मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग चीनका परियोजना र आपसी सहकार्यबारे छलफल गरेको हो। चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आउने निश्चित भएलगत्तै छलफल सुरु गरिएको अधिकारीहरूले बताए। ‘अहिले हामी निकै व्यस्त छौं। अन्तर मन्त्रालय छलफलको धपेडी चल्दैछ’, बैठकमा सहभागी एक अधिकारीले भने, ‘भ्रमण हुने भएपछि मात्र हामी छलफलमा […]
२० भदौ, दाङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गरेका छन् । प्रेस सङ्गठन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले बन्दुक पड्काएर समाजवाद नआउने भएकाले मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गरे । ‘बन्दुक पड्काएर समाजवादको यात्रामा पुगिँदैन’, तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको […]
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वसभासद् डिबी (डाेल बहादुर) कार्कीलाई पक्राउ गरेको छ। कार्कीलाई बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रवक्ता एसपी दीपक रेग्मीले जानकारी दिएका छन्। उनलाई प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै घुस लिएकाे आरोपमा पक्राउ गरिएको प्रहरीको दाबी छ । २०६७ भदौमा कार्र्की प्रहरी निरीक्षक बनाइदिन्छु भन्दै रकम उठाउँदै गर्दा अख्तियारद्धारा पक्राउ […]
नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुराको गौमुल गाउँपालिका साविकको दहकोट गाउँ विकास समितिका पुर्व अध्यक्ष कृष्ण रोकायाको मृत्यु भएको छ । दहकोट गाविसका पुर्व अध्यक्ष रोकायाको ५० वर्षको उमेरमा बुधबार सदरमुकाम मार्तडीमा उनको आफ्नै घरमा मृत्यु भएको आफन्त हिरेन्द्र रोकायाले बताएका छन् । लामो समयदेखि लिवर फेलका कारण उनको स्वास्थ्यमा समस्या आएको थियो । जसका कारण […]
डडेल्धुरा: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता डडेल्धुराबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको परशुराम नगरपालिका–१० जोजलाका ३५ वर्षीय दमन नेपाली रहेका छन्। पक्राउ परेका नेपाली ‘विप्लव’ समूहका परशुराम नगर इञ्चार्ज तथा जिल्ला सदस्य हुन्। बुधबार बिहान प्रहरीको टोलीले उनलाई गाँउबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले […]
१८ भदौ, सिन्धुपाल्चोक । चीन र नेपालबीचको व्यापारिक नाका तातोपानीमा तस्कर सक्रिय हुन थालेका छन् । भूकम्पपछि चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले खोल्न आनकानी गर्दै आएको थियो । अहिले नाका खुलेको दुई महीना बित्न नपाउँदै नाकाबाट अवैध सामग्रीको ओसारपसारको प्रयास भएको छ । केही दिनयता मात्रै नेपालको बाटो हुँदै तातोपानी नाकाबाट चीन […]
काठमाडौं- संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानवीन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको जनाएको छ। संसदीय समितिका सभापतिहरुले चढ्ने गरेको गाडीमा समस्या आएपछि अध्ययन गर्न गठित छानवीन समितिले मंगलबार प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई बुझाएको प्रतिवेदनमा संघीय संसदले खरिद गरेको ११ वटा गाडीमा सामान्य प्राविधिक कमजोरी पाइएको उल्लेख गरिएको हो। सामान्य प्राविधिक […]
काठमाडौं : सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ । कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका छन् । सर्वोच्चमा आइतबार मात्रै ३ सय ५१ मुद्दाको सुनुवाइ गर्ने तय भएको थियो । तीमध्ये ४० वटा स्थगन भएका छन् । कानुन व्यवसायीले […]
१६ भदौ, काठाडौं । निर्वाचन आयोगले आगामी मंसिर १४ का लागि तय स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले सोमबार सूचना जारी गरी नयाँ दलका लागि दर्ता आह्वान गरेको हो । आयोगले उप–निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि भदौ मसान्तसम्मको समय दिएको छ । यो अवधिमा दलको […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेश र कतारका लागि नेपालका आवासीय राजदूतलाई पद तथा गोपनीयाको शपथग्रहण गराएकी छन्। आइतबार शीतल निवासमा आयोजित विशेष समारोहमा बंगलादेशका लागि नेपालको आवासीय राजदूत डा. वंशीधर मिश्र र कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त डा. नारदनाथ भारद्वाजले पद तथा गोपनीयताको शपथ लिएका हुन्। उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल […]
नागरिकको विवरण र सरकारी कामकारबाहीको तथ्यांक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) मा रहन्छ । सबै सरकारी वेबसाइटको तथ्याङ्कहरु यसमै भण्डारण हुन्छ । केहीअघिसम्म सरकारी कार्यालयको वेबसाइटको तथ्यांकहरु निजी कम्पनीका सर्भरमा राख्ने गरिएको भए पनि अहिले सबै तथ्याङ्क केन्द्रमै रहन्छ । तर, एनआइटिसीको सर्भरमा जोडिएका सरकारी वेबसाइट र इमेल पटकपटक […]
काठमाडौं, १३ भदौ । सांसदहरुले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नहुने बाध्यकारी व्यवस्था गरिनुपर्ने धारणा राखेका छन् । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार बसेको बैठकमा खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथिको छलफलमा सहभागी हुँदै सांसदहरुले खेलकुद […]
१३ भाद्र ,काठमाडौं । भाद्र मसान्तसम्म एकता प्रक्रिया टुङ्गो लगाउने तयारीमा रहेको सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको छ । एकतामा साविक एमाले निकट अनेरास्ववियुबाट १८० जना र साविक माओवादी केन्द्रको अनेरास्ववियू(क्रान्तिकारी ) बाट १५५ जना रहनेछन् । यसैगरी एकीकृत संगठनको नेपाली नाम अनेरास्ववियू रहने र अंग्रेजी नाम […]
काठमाडौं, १३ भदौ । मोतीराम भट्टको १सय ५४ औँ जन्मजयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । बिक्रम संम्वत १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मिएर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमै परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याउनु भएको थियो । भट्टले आदिकवि भानुभक्तको […]
नेपालगन्ज : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७५ माघ ९ मा सबै स्थानीय तहलाई पत्र लेख्यो । जथाभावी पद सिर्जना गरेर आफन्त नियुक्तिको बेथिति बढेपछि उसले यो कदम चालेको थियो । त्यसमा भनिएको थियो, ‘ज्यालादारी वा स्वीकृत दरबन्दीभन्दा बाहिर अन्य रूपमा कर्मचारी राखी तलबभत्ता वा पारि श्रमिक भुक्तानी गर्न मिल्दैन । यस्तो कार्य प्रचलित कानुनविपरीत […]
चितवन, शालिकराम पुडासैनी प्रकरणमा धरौटी बुझाएर रिहा भएका न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा प्रवेश गर्ने बताएका छन् ।मिडियाबाट परिवर्तन गर्न नसके राजनीतिमा पनि प्रवेश गर्ने उनको आशय थियो । आज बिहान आयोजना गरिएको पत्रकार भेटघाटमा सोधिएको एक प्रश्नमा रविले राजनीतिमा आउन सक्ने बताए ।जनताले रविलाई देशको उच्च पदमा पुग्नुपर्छ भन्ने जनताको जिज्ञासालाई […]
भदौ ९, २०७६ काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको सचिवालय बैठकले विभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु थप गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई कार्यक्षेत्र तोकेको हो। बैठकले कानुनमन्त्री भानुभक्त ढकाललाई राष्ट्रिय सुरक्षा विभागको प्रमुख र उपप्रमुखमा यसअघि खोटाङको सहइञ्चार्ज रहेका रामकुमार […]