होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • उपसभामुखले तुम्बाहाङ्फेले दिइन् राजीनामा
देश/प्रदेश

उपसभामुखले तुम्बाहाङ्फेले दिइन् राजीनामा

  • नागरिक रैबार
उपसभामुखले तुम्बाहाङ्फेले दिइन् राजीनामा

संघीय संसद अन्तर्गत प्रतिनिधि सभाकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन् । सोमबार दिउँसो १ बजे बसेको प्रतिनिधि सभाको बैठकमार्फत उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन् ।

प्रतिनिधि सभाको अर्को बैठक आजै दिउँसो ४ बजे बस्नेगरी स्थगित भएको छ । दिउँसो ४ बजे बस्ने बैठकलाई जेष्ठ सदस्यको अध्यक्षता बस्नेछ । उक्त बैठकले सभामुख र उपसभामुख चयन गर्नेछ ।

सभामुख पदको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नेकपाका स्थायी कमिटी सदस्य अग्नीप्रसाद सापाकोटालाई उमेद्वार बनाउने तय भइसकेको छ ।

विज्ञापन

यस्तै उपसभामुखको लागि भने अहिलेसम्म टुङ्गो लागेको छैन । उपसभामुख पदको लागि नेपाली कांग्रेसले उम्मेद्वारी दिनसक्ने सम्भावना बलियो भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार