होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, १८ फागुन, । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । जुत्त प्रहार भएपनि उनी जोगिएका छन् । नेकपा स्वर्गीय नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट प्रचण्डमाथी जुत्ता प्रहार भएको हो । के कारणले जुत्ता प्रहार भएको हो भन्ने केही खुलेको […]
खोटाङ- निर्वाचनमा बदर मतलाई न्यूनीकरण गर्न सहयोग पुर्याउने ध्येयले जिल्लाका १० वटै स्थानीय तहमा निर्वाचन शिक्षा विशेष कार्यक्रम सञ्चालन शुरु गरिएको छ । मतदाता नामावली सङ्कलन, आवश्यक कागजात, मतदान गर्ने विधि तथा मतपेटिका उपयोग गर्ने विधि, आचारसंहिता, मतदान केन्द्रको नमूना, निर्वाचनको प्रकार एवं निर्वाचन अभ्यासलगायतका बारेमा जानकारी दिन विद्यालयमा निर्वाचन विशेष कार्यक्रम शुरु गरिएको हो […]
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साढे ११ बजे बस्ने बैठकमा यसअघि गरेको सचिवालयको बैठकको निर्णय कार्यन्वयनमा पुनरविचार गर्ने बिषयमा अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्ने बुझिएको छ । गत बुधबार बसेको सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन राष्ट्रपतिलाई सिफारिस गर्न सरकारलाई […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र विवाद र समस्या आइरहने बताउनुभएको छ । नेकपा बागमती प्रदेश कमिटीको राजनैतिक प्रशिक्षण तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विवाद रहित भएको दिन पार्टी नै नरहने उल्लेख गर्दै विवाद हुनु सामान्य भएको बताउनुभएको हो । अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन साम्यवादमा नपुग्दा सम्म विवाद, […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्रीले मान्ने विश्वास व्यक्त गरेका छन् । गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै उनले भने, प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ ।’ उनले अघि भने, ‘उहाँ र मेरो संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मत गरेको […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल शुक्रबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटार पुगे । त्यहाँ झलनाथ खनाल र वामदेव गौतमसहित चार नेताहरु छलफलमा जुटे । लगत्तै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्न माधव नेपाललाई बालुवाटार बोलाए । अपराहृन बालुवाटार पुगेका नेपालसँग ओलीले खुमलटार बैठकबारे बुझ्न खोजे । प्रधानमन्त्री र […]
काठमाडौं । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटना अस्वभाविक र नियोजित भएको जनाएको छ । बिहीबार सो पार्टीका प्रवक्ता कुमार बेलबासेले एक विज्ञप्ति जारी गर्दै यो दुर्घटना पार्टीको दृष्टिकोणमा अस्वभाविक र नियोजित भएको जनाएका हुन् । उनले दुर्घटनाको सत्य, तथ्य र अन्तरनिहित दुर्नियत योजनाको समेत छानबिन गरी सत्यतथ्य जनतासमक्ष ल्याउन र कूनियतजन्य […]
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भनेको गडगडाहट तरिकाले बग्ने खोलाजस्तो हुनुपर्ने बताएका छन् । बिहीबार राजधानीमा नेकपाको बागमती प्रदेशका नेता कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले भने, ‘कम्युनिस्ट पार्टी भनेको गडगडाउने खोलाजस्तो हुन्छ । कैयौँलाई लाग्छ शान्त भइदिए हुन्थ्यो । खुरुखुरु नेताहरू मिलेर हिँडे हुन्थ्यो । तर, जुन दिन यो […]
काठमाडौं, १५ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बद्री पाण्डेले मुलुकमा भईरहेका पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद पाण्डे सरकारक एक पछि अर्को गर्दै काण्डै काण्डमा मुछिदै गएको भन्दै ती सबै काण्डबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने धारणा […]
नेकपा (माले) का महासचिव सीपी मैनाली सवारी दुर्घटनामा परेका छन् ।महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएको हो ।उनको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाईले जानकारी दिए ।मैनालीको अवस्था […]
काठमाडौँ । नेकपा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय मान्नैपर्ने बताएका छन् ।एक पत्रिकासँगको अन्तर्वार्तामा उनले पार्टीको निर्णय सबै नेता कार्यकर्ताले मान्नुपर्ने भन्दै पार्टी निर्णयको खिलापमा जाने छुट कसैलाई पनि नभएको बताएका हुन् । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय नेकपाको सचिवालयबाट सर्वसम्मत अनुमोदन भएको खनालको भनाइ छ । यो […]
नेपाली राजनीतिमा लोकप्रीय युवा नेताको छवि बनाउन सफल तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अकल्पनीय निधन भएको फागुन १५ (आज) पुगेको छ । ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेको अधिकारी पोखरा क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य थिए । उनी कास्कीको तत्कालीन भरतपोखरी गाविस जामुनाबोटमा २०२६ सालमा जन्मदिनको हो । सानै उमेरदेखि राजनीतिक गतिविधिमा […]
काठमाडौं, १४ फागुन । प्रतिनिधिसभाको सभामुख चयन भएको लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका छन् । गत माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्नि प्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रकृया चाँडै सुरु हुने विश्वास गरिएपनि अहिलेसम्म सभामुख चयनको विषयमा दलहरु मौन देखिएका हुन् । सत्तारुढ दल नेकपाका नेताहरुले उपसभामुख चयनमा ढिलाइ […]
उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने गरी सिफारिस गर्न नेकपा सचिवालय बैठकले गरेको अनुरोध पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । नेकपा सचिवालयका केही सदस्यलाई फोन गरेर ओलीले गौतमको नाममा सहमति जनाउन नसकिने बताएका हुन् ।मैले युवराज खतिवडालाई नै निरन्तता दिने हो, अब वार कि पार शुरू हुन्छ,’ […]
फागुन १४ धनगढी : पश्चिम सेती निर्माणमा दबाब दिन प्रधानमन्त्रीलाई बुझाइने एक लाख पत्र संकलन कार्य शुरु भएको छ। बुधबार विश्व सहित्य सम्मेलनको उद्घाटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी धनगढी पुगेपछि त्यसै खुल्ला मञ्चबाट बोलन्या थली धनगढीले १ लाख पत्र संकलनको कार्य थालेको हो। पत्र संकलनको शुभारम्भ ८४ वर्षीय भोजबहादुर चन्दबाट गरिएको छ। दिउँसो ४ बजेसम्म […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो ।
काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल १० औँ पटक विस्तार गर्न लाग्नुभएकाे हो । प्रधानमन्त्रीले आफ्नो शपथसँगै लालबाबु पण्डितलाई संघीय मामिला तथा सामान्य प्रशासन र थममाया थापालाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गर्नुभएको थियो । पहिलो लटमा मन्त्री बनेका दुबै जना अहिले मन्त्रिपरिषद् हुनुहुन्न […]
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा सरकारका पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस मसिन खरिदमा ७० करोड रूपैयाँ कमिसन मागेको अडियो सार्वजनिक भयो । अडियो सार्वजनिक भएपछि पनि उनले ‘खाएको बिष लाग्छ, नखाएको लाग्दैन’ भन्दै मिडियामा बोले । कञ्चनपुरको एक कार्यक्रममा उनले अडियोबारे सोध्ने पत्रकारलाई ‘१–२ दिन मजा लिनुहोस्’ भन्ने जवाफ दिए […]
प्रधानमन्त्री केपि शर्मा ओलिको जन्मदिनको अवसरमा शुभकामना सुबेच्छा भन्दा बढी आलोचना भएको पाइएको छ। जन्मथलो तेह्रथुममा आईतवार आफ्नो ६९ औ जन्मदिन मनाउने क्रममा प्रधानमन्त्री ओलिले नेपालको नक्साको आकारमा बनाइएको केक नै काटे पछि सामाजिक संजालमा यसको व्यापक बिरोध एंब आलोचना भएको पाइएको छ। २००८ साल फागुन ११ गते तेह्रथुम जिल्लाको साबिक इवा गाबिसको सल्ले, हाल […]
१२ फागुन, काठमाडौं । ‘जो अगुवा उही बाटो…’ भन्ने नेपाली आहान नेकपामा चरितार्थ भएको छ । नेकपाका वरिष्ठतम अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीले बनाएको आचारसंहिता उल्लंघन गरेका छन् । नेकपाले केन्द्रीय कमिटीको बैठकअघि गत माघ ५ गते कार्यकर्ताहरुमा एउटा सर्कुलर पठाएको थियो, जसमा ११ बुँदै आचारसंहिता पालना गर्न भनिएको थियो । सो आचार […]