होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • ओलीसामु दुई विकल्प : पद छाड्ने कि बैठक फेस गर्ने
Breaking News

ओलीसामु दुई विकल्प : पद छाड्ने कि बैठक फेस गर्ने

  • नागरिक रैबार
ओलीसामु दुई विकल्प : पद छाड्ने कि बैठक फेस गर्ने

काठमाडौं । अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली बहुमत सदस्यको माग बमोजिम बैठक बोलाउन अझै आलटाल गरिरहेका छन् ।

बैठक बोलाए आफ्नै निर्णयका कारण आफूविरुद्धकै निर्णय आउनसक्ने देखेर ओलीले बैठकप्रति अनिच्छा देखाएका हुन् । ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नैपर्ने चर्को दबाब पार्टीभित्र छ ।

तर, ओली यसमा सहमत छैनन् । बरु मन्त्रिपरिषदका सदस्य र मुख्यमन्त्री हेरफेर गर्नसक्ने विकल्प अघि सारेर उनले असन्तुष्ट नेताहरुलाई फकाउने प्रयास जारी राखेका छन् ।

विज्ञापन

सोही क्रममा सोमबार वरिष्ठ नेता माधवकुमार नेपाल निवासमा आफ्ना चार जना प्रतिनिधि पठाएर वार्ता गराएपनि उक्त वार्ताले ठोस परिणाम दिन सकेन ।

पार्टीभित्र ओलीका विरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताहरु प्रस्टसँग ध्रुवीकृत भैसकेका छन् । नौ सदस्यीय सचिवालयमा ओलीको विपक्षमा स्पष्ट बहुमत देखिन्छ ।

स्थायी समितिमा पनि पूर्वमाओवादी पक्षको झण्डै ४५ प्रतिशत र माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम सहितका नेताहरुको जोड्दा प्रचण्ड बहुुमत विपक्षमा देखिन्छ ।

यस्तो अवस्था देखेरै ओली स्थायी समिति बैठक तत्काल बोलाउन तयार नभएका हुन् ।

ओलीको हेपाहा र मनलाग्दी निर्णयबाट वाक्क भएका असन्तुष्ट नेताहरु उनी नसच्चिए संसदीय दलमै अविश्वास प्रस्ताव समेत लान पछि नपर्ने मनस्थितिमा पुगिसकेका छन् ।

असन्तुष्टहरुको यस्तो तयारी बुझेका ओली पनि संसदीय दलको हिसाबकितावमा जुटेका छन् । उनको हिसावकितावअनुसार आफ्नो पक्षमा संसदीय दलमा बहुमत पुग्छ भन्ने नै छ ।

सोही अनुसार सोमबार मात्रै पनि ओलीले बालुवाटारमा केही सांसदलाई बोलाएर आफूलाई सहयोग गर्न सांसदहरुलाई आग्रह गरेका छन् । ‘म जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार छु । साथीहरुले संकटको घडीमा सहयोग गर्नुहुन्छ भन्नेमा आशावादी छु’, सोमबार बालुवाटारमा सांसदहरुसँगको भेटमा ओलीले भनेका थिए ।

समस्या समाधानका लागि सोमबार दिनभर भएका वार्ता निष्कर्षमा नपुगेपछि मंगलबार समेत एकपक्षीय दुई पक्षीय र दुई पक्षीय वार्ताले निरन्तरता पाउने भएका छन् ।

सोमबार दिनभर कहिले बालुवाटारमा ओली र नेपालबीच वार्ता भयो भने नेपाल र प्रचण्डबीच पनि वार्ता भए । खनाल, प्रचण्ड र ओली तथा केही सुदूरपश्चिमका सांसदहरुबीच समेत वार्ता भयो ।

सांसदहरुसँगको छलफलपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुक पेजमा लेखे, ‘फुटवलमा गोल गर्नुको र राजनीतिमा श्रेष्ठता हासिल गर्नुको भिन्न महत्त्व हुन्छ’, थापाले नेकपा अरु नेताहरुलाई राजनीतिलाई फुटवलको गोलजस्तो नसम्झन चेतावनी दिएका छन् ।

नेकपा बन्यो गुटैगुटको मञ्च 
पछिल्ला दिनमा नेकपाभित्रको आन्तरिक राजनीति हेर्दा नेकपा पार्टी नभएर गुटहरुको मञ्चजस्तै देखिएको छ । दुई पार्टी मिलेर बनेको नेकपा अहिले सिंगो पार्टी नभएर ओली गुट, प्रचण्ड गुट, माधव गुट, नारायणकाजी गुट, वामदेव गुट र वादल गुटमा परिणत हुन पुुगेको छ ।

उनीहरुका भेला, बैठक र छलफलले त्यही संकेत गर्छ । नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘ पार्टी नै छिन्नभिन्न भैसक्यो । अव त पार्टी भन्न पनि नमिल्ने भैसकेको छ । सवै गुटमात्रै चलाइरहेका छन् । कसरी पार्टी भन्नु ?’

आइतबार नेपाल निवासमा भएको भेलाले पार्टी र सरकार दुवैतिर ओलीको नेतृत्व असफल भएकोले विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेपछि बालुवाटार झस्किएर रक्षात्मक नीति अख्तियार गर्न पुगेको हो ।

त्यसका लागि ओली समूहले अध्यक्ष प्रचण्डभन्दा माधव नेपाललाई नै आफ्नो क्याम्पमा ल्याएर बलियो र सुरक्षित बनाउने रणनीति अख्तियार गरेको नेकपाभित्रै चर्चा हुन थालेको छ । सोही रणनीति अनुसार प्रचण्डविनै ओली र नेपाल चरणचरणका वार्तालाई तिव्रता दिएको नेकपाका एक नेताको भनाइ छ ।

खासगरी वैशाख ८ को अध्यादेश जारी तथा बैशाख १२ मा अध्यादेश फिर्ता प्रकरणपछि ओलीविरुद्ध पार्टीभित्रको मत बलियो बन्दै गएको हो ।

ओलीको विकल्प खोज्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएपछि यो समीकरणलाई जसरी पनि भत्काउने प्रयासमा बालुवाटार लागेको छ ।

स्थायी समितिमा ओेली अल्पमतमा 
नेकपाको ४४ सदस्यीय स्थायी समितिमा प्रचण्ड र नेपाल समूहका ३२ सदस्य छन्।

४४ मध्ये ओलीको पक्षमा ईश्वर पोखरेल, किरण गुरुङ, छविलाल विश्वकर्मा, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, विष्णु रिमाल, सत्यनारायण मण्डल, शंकर पोखरेल र सुवासचन्द्र नेम्बाङ मात्रै छन्। पहिला ओलीको पक्षमा खुलेका महासचिव पौडेल अहिले स्पष्ट खुलेका छैनन् ।

ओलीलाई साथ दिँदै आएका परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवाली समेत अध्यादेश प्रकरणमा ओलीको विपक्षमा उभिएका थिए ।

राताेपाटीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार