होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • यो समय संयमित भएर बोल्ने लेख्ने समय हो
देश/प्रदेश

यो समय संयमित भएर बोल्ने लेख्ने समय हो

  • नागरिक रैबार
यो समय संयमित भएर बोल्ने लेख्ने समय हो

हामी सबैलाइ संयमित, मर्यादित भइ पार्टी नेतृत्व र सरकारलाई सकारात्मक सुझाव सल्लाह दिने ठाउँमा अहिलेको समयले जिम्मेवारी दिइरहेकाबेला हामी भने सामाजिक संजाल लगाएत आफू निकटस्थ नेतृत्वलाई उचाल्ने ,बसाल्ने झगडाउने सल्लाह दिई रहेका छौ।

यसले नेपाली कम्युनिस्ट आन्दोलनको टुटफुटको इतिहास लाई पुनः निरन्तरता दिने मोडतिर पुर्याइरहेको छ।अहिले नेकपाको आन्तरिक स्थिति अत्यन्तै प्रतिकुल समयमा छ ।

यो प्रतिकुल समयमा नेतानेतालाइ लडाउने,उचाल्ने र आफ्नो चाकडिलाइ सफल भएको ठान्ने संकीर्ण मानसिकताले काम गरिरहेको छ।

विज्ञापन

यसले मुख्यत हाम्रा प्रतिपक्ष जो फुटाएर राज गर्ने रणनिती अख्तियार गरिरहेका छन् उनलाइ खेल्न सजिलो बनाइ रहेको छ ।भने नेकपा भित्रैका अस्थिरता चाहनेलाइ सहयोग गरिरहेको छ।

यो समयमा पार्टी,पार्टी नेतृत्व र सरकारलाइ सहि सुचना,सल्लाह र सुझाव आवश्यक छ जसले सरकारलाइ समृद्धिको बाटोमा अगाडि बढ्न प्रोत्साहन मिल्ने छ भने पार्टिलाइ झन् एकताबद्ध ,मजबुत र चलायमान बनाउनेछ।

हामी कम्युनिस्ट पार्टिका नेता कार्यकर्ता ७० औं बर्ष देखि पार्टि टुट्फुट्को शृङ्खलाबद्ध इतिहासले आक्रान्त बनिसकेकाछौ हामी कम्युनिस्ट पार्टिको भबिश्य चाहने इमान्दार कार्यकर्ता पुनः चाहिरहेका छैनौ टुटफुट,चाहदैनौं अस्थिरता र चाहदैनौ कमजोर कम्युनिस्ट पार्टी ।लामो त्याग ,तपस्या ,लगानी र बलिदान बाट आएका हाम्रा अनुभवी नेतृत्वबाट हामिले त्यो प्रकारको आशा त झनै गरेका छैनौं।

अहिले कुनै पनि नेताले कुनै प्रकारको ब्यक्तिगत स्वार्थलाई केन्द्रबिन्दुमा राख्छ भने त्यो पार्टी तथा देशलाई गुम्राहमा राख्ने बाहेक अरु केही हुंदैन।

नेकपालाइ नेपाली जनताले मुख्यत :दुइ एजेन्डामा लगभग दुइतिहाइको मत दिएका हुन १ -स्थायित्व २-समृद्धि त्यसैले कुनै पनि हालतमा स्थायित्व र समृद्धि दिनु छ अन्यथा इतिहासमै कम्युनिस्ट आन्दोलनले र नेकपाले ठूलो मुल्य चुकाउनु पर्ने छ र नेपाली जनताले बिश्वास टुटाउनु पर्ने बाध्यता हुनेछ।

भोलिको कम्युनिस्ट पार्टिको भबिश्यको निर्धारण सरकार नेतृत्वकर्ता प्रधानमन्त्री केपि शर्मा वलीको कार्यसम्पादनले निर्क्योल गर्दछ तसर्थ प्रधानमन्त्री वलिले कार्यशैलीमा तिब्रता ल्याउनु पर्ने आवश्यकता छ यहि गतिमा सरकारका कामकार्बाहि अगाडि बढ्ने हो भने हामीले भनेको समृद्धि सम्भव देखिदैन कामको गति यहि रहे स्थायित्व भनेर पार्टी भित्रैको नेतृत्व कुर्ने हुन् भन्ने पनि छैन यहिनेर पार्टी नेतृत्व र सरकार नेतृत्व बिच टकराव उत्पन्न हुन सक्छ यसो भयो भने न समृद्धि न शुखी नेपाली न मजबुत पार्टी हुन्छ।

प्रधानमन्त्री का सल्लाहकार नजिकका नेता र चाकडी गर्ने कार्यकर्ता को सल्लाह कार्यशैली र व्यबहारले पनि उल्लेखित परिघटना निम्त्याउन सक्छ।

अत:पार्टिका विरुद्धमा हामीले बोल्ने भासा,हामिले लेख्ने स्टाटस् ,हाम्रो स्तरबाट नेतृत्वलाई दिने सुझाव ,सल्लाह,हाम्रो व्यबहार ,हाम्रो कार्यशैली कम्युनिस्ट चरित्रको कम्युनिस्ट पार्टिलाइ मजबुत बनाउने,स्थायित्व र समृद्धिको नारालाइ थप उर्जा दिन सहयोग मिल्ने खालको हुनुपर्दछ।

लेखक राजेन्द्र विक नेकपा बाजुराका युवा नेता हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार