होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ११ असोज । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी बाजुराको बैठक यही असोज १४ गते मार्तडीमा बस्ने भएको छ ।आज एक पत्र सार्वजनिक गर्दै माओवादी केन्द्रको बैठक बस्ने बारे जानकारी गराएकाे हो । बैठकमा जिल्ला कमिटीका सदस्य, जनवग्रीय संगठनका केन्द्रिय सदस्यहरु, सुदूरपश्चिम प्रदेशका जनवग्रीय संगठनका सदस्यहरु, गाउँनगर कमिटिका अध्यक्ष, सचिव, कार्यालय सदस्यहरु, जनवग्रीय संगठनका […]
काठमाडौं, ११ असोज । नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष डा. भीमबहादुर रावलबीच सवालजवाफ भएको छ । आज बसेको स्थायी कमिटी बैठकमा रावलले यसअघि भएको दश बुँदे सहमति कार्यान्वयनको विषयमा सवालजवाफ भएको हो । बैठकको सुरुमै रावलले अध्यक्ष ओलीको नाम लिएर दश बुँदे सहमति कहिलेसम्म कार्यान्वयन गर्नुहुन्छ ? भन्दै […]
प्रतिनिधिसभाको आज बसेको बैठक ६ मिनेटमै सकिएको छ । नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बैठक केहीबेर चलेर स्थगित भएको हो । बैठकलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले नियमित रुपले बैठक अवरुद्ध गर्दा विभिन्न महत्त्वपूर्ण विषयमा छलफल हुन बाधा व्यवधान पुगिरहेकोतर्फ ध्यानाकर्षण गराए । उनले सभा सञ्चालनका लागि सहयोग गर्नु हामी सबैको समान दायित्व रहेको भन्दै […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशन तथा ७ औं जिल्ला अधिवेनको लागि सोमबारसम्म ७ पालिकाले नेतृत्व पाएको छ । शनिबारबाट सुरु भएको पालिका अधिवेशनमाबाट आइतबार ७ पालिकाले नेतृत्व चयन गरेको छ । सोमबार पुर्वी उत्तरी भेगको हिमाली गाँपालिकाको गाउँ कार्य सभापतिमा अम्मलाल कार्कीलाई सर्वसम्मत चयन गरिएको छ । कार्कीको नेतृत्वमा ४२ सदस्यीय पालिका कार्य समिति पदाधिकारीलाई […]
नागरिक रैबार/बाजुरा ११ असोज। नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिमा सभापतिका आकांक्षीहरुले एकले अर्कोलाई सहमति नगरेपछि निर्वाचन हुने भएको छ । नगर सभापतिका लागि धनलाल पाध्याय, गोपाल कार्की, जनक थापा, खडक बडुवाल र पदम बडुवाल आकांक्षी रहेका छन् । शनिवारबाट सूरु भएको बडीमालिकाको दोस्रो नगर अधिवेशनमा सभापतिका आकांक्षीहरु विच सहमति नभएपछि निर्वाचन प्रक्रियामा गएको निर्वाचन अधिकृत […]
नेपाली काँग्रेस त्रिबेणी नगर कार्य समितिको सभापतिमा सुरेन्द्र राज गिरी विजयी भएका छन् । नगर सभापतिका लागि पौडेल समूहबाट सुरेन्द्रराज गिरी र देउवा पक्षबाट गम्भीरसिहं बुढा बिच सहमती नभए पछि मतदान भएको थियोे । कडा प्रतिष्पर्दाका बाबजुत पौडेल पक्षका गिरीले ८० मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिद्धन्दि बुढाले ६९ मत ल्याएर पराजित भएका […]
नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान ललितपुरमा ११ बजे बस्ने बैठकमा १० बुँदे सहमति कार्यान्वयनमा भइरहेको प्रगति, विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधि लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । नेकपा एमाले जेठ २ मा फर्कने १० बुँदे सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको भन्दै सुदूरपश्चिम लगायतका केही स्थानमा […]
दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बराबर स्थानीय तहमा जित निकालेका छन् । जिल्लाका १० वटा स्थानीय तहमध्ये पाँच वटा स्थानीय तह देउवा पक्षले विजयी हाँसिल गरेको छ भने पाँच स्थानीय तहमा पौडेल पक्ष निर्वाचित भएको छ । १० पालिका […]
नागरिक रैबार/बाजुरा १० असोज । नेपाली काँग्रेसको १४ औँ केन्द्रिय महाधिवेशन तथा सातौ जिल्ला अधिवेशनमा पुर्वसन्ध्यामा नेपाली काँग्रेस बाजुराको त्रिवेणी नगरपालिकामा नगरसभापती लगाएत अन्य पदाधिकारीहरुको सहमती नभए प्रश्चात केही बेर अगाडी मतदान भई अहिले मत गणना सूरु भएको छ । जिल्ला त्रिवेणी नगरपालिकामा दोस्रो नगर अधिवेशनमा दुई जना विच सहमती नभएपछी मतदान भएको थियो । […]
काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डोटीका नौ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।शनिबार र आज सम्पन्न भएका पालिकाका अधिवेशनमा सात पालिकामा सर्वसम्वत पदाधिकारी चयन भएका छन् भने दुईवटा पालिका बडिकेदार तथा बोगटान फुड्सिल गाउँपालिकामा निर्वाचन भएको छ । जसअनुसार दिपायल सिलगढी नगरपालिकामा गणेशबहादुर मलासी, शिखर नगरपालिकामा हर्कबहादुर बोगटी, पूर्वीचौकी गाउँपालिमा बलबहादुर […]
नागरिक रैबार/बाजुरा १० असोज । बाजुराको त्रिबेणी नगरपालिका वडा नं. ४ को वडा कार्यालयमा स्थानीय सेवा ग्राहीहरुले आईतबार तालाबन्दी गरेका छन् । वडाका सबै कर्मचारीहरु नेपाली काँग्रेस त्रिवेणी नगरपालिकाको नगर अधिबेशनमा गएपछि वडाबाट हुने कामहरु प्रभाबित भएको भन्दै वडा कार्यालय तालावन्दी गर्न बाध्य भएको स्थानीय कृष्ण साउँदले बताएका छन् । आइतबार बिहान १० बजे वडामा […]
नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ । शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक सकिएको हो । यसैबीच पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक […]
धनगढीः नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न भएको दश बुँदे सहमति कार्यान्वयनमा नेतृत्व गम्भीर नभएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरू असन्तुष्ट छन्। यसैक्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन्। उनलाई आइतवारै बसेको स्थायी कमिटी बैठकमा आफ्ना कुरा राख्न भनिएको थियो। तर उनले त्यहाँ आफ्नो केही कुरा नरहेको बताएका थिए। […]
काठमाडौं, १० असोज । यथास्थितिमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक हुनसक्ने असम्भव जस्तै लाग्छ । कुनैबेला यी तीन दल एउटे थिए, नेकपा ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुच्छर झुण्डिएको कम्युनिस्ट पार्टी नरहने अवस्थाको परिकल्पना गरेका थिए । उनैले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको प्रस्ताव राखे । मिलेर चुनाव […]
नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने छिन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट निर्वाचित छन् । त्यसैले अबको चुनावमा झाक्री र विष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिएको हो । एउटै […]
काठमाडौं, असोज १० । नेकपा एमालेमा ७० वर्षे उमेर हद र पदाधिकारीबारे विवाद उत्पन्न भएको छ। विधान महाधिवेशनअघि बसेको केन्द्रीय कमिटी बैठकमा उमेर हद हटाउने कि राख्ने, पदाधिकारीको संख्या बढाउने कि प्रस्तावितलाई नै कायम गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको हो। एमालेका केही केन्द्रीय सदस्यले ७० वर्षे उमेर हद हटाउन माग गरेका छन्। तर, उनीहरूको […]
काठमाडौं, असोज १० । नेकपा (एमाले) का नेता कर्णबहादुर थापाले पार्टी अध्यक्षमा फेरि पनि केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् । पार्टीभित्र ओलीको नेतृत्वलाई चुनौती दिने पनि कोही नदेखिएको उनको दाबी छ । एमाले सुदूरपश्चिम अध्यक्षसमेत रहेका नेता थापाले भने, “पार्टी एकताका कारण हाम्रो महाधिवेशन निकै पछाडि धकेलियो । संवैधानिक व्यवस्था अनुसार मंसिरमा गर्नैपर्छ । […]
नागरिक रैबार/बाजुरा ९ असोज। नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा बाजुराको ७ औं जिल्ला अधिवेशन नजिकिएसँगै काँग्रेस बाजुराका नेताहरु उम्मेदवारी घोषणा र प्रचार-प्रसारमा तिव्र तयारीका साथ लागेका छन् । वडापछि नगरको अधिवेशन सूरु भएसंगै नेपाली काँग्रेस बडीमालिकाको दोस्रो नगर अधिवेशनमा नगर सभापतिका लागि नेपाली काँग्रेसका युवा नेता खडक बडुवालले उम्मेदवारी दिने घोषणा गरेका छन् । […]
काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकिएको छ । समूहगत छलफल पछि टोली नेताले केन्द्रीय कमिटी बैठकमा सुझाव प्रस्तुत गर्न थालेका छन् । १५–१७ असोजमा हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक, संगठनात्मक र विधान संशोधन मस्यौदा माथि समूहगत छलफल भएको थियो । समूहगत छलफलमा केन्द्रीय सदस्यहरुले राखेको सुझाव समूह नेताहरुले केन्द्रीय […]
नागरिक रैबार/बाजुरा ९ असोज। बडीमालिका नगरपालिकामा अनेमसंघ (क्रान्तिकारी) को नगर कमिटी गठन गरिएको छ । शनिबार अनेमसंघ (क्रान्तिकारी) बडीमालिका पालिका स्तरीय भेलाले सीमा विककोे अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी गठन गरिएको हो । भेलाले उक्त कमिटिको उपाध्यक्षमा फुगि रोकाया, सचिब दुर्गा बिक, सहसचिब पुना बुढा (साउद) कोषाध्यक्ष अमृता उखेडा लगायत ३५ जनाको नगर कमिटी गठन […]