होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेस महाधिवेशन : ११ जिल्लामा नेतृत्व चयन प्रक्रिया सुरु
समाचार

कांग्रेस महाधिवेशन : ११ जिल्लामा नेतृत्व चयन प्रक्रिया सुरु

कतै सर्वसम्मत प्रयास, कतै गुटबीच प्रतिस्पर्धा

  • नागरिक रैबार
कांग्रेस महाधिवेशन : ११ जिल्लामा नेतृत्व चयन प्रक्रिया सुरु

केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले प्रक्रिया सुरु भएका जिल्लामा शनिबार मतदान हुने बताए । हुम्लामा पनि निर्वाचन प्रक्रिया सुरु भएको जिल्ला निर्वाचन अधिकृत दुर्गाप्रसाद सापकोटाले बताएका छन् । उनका अनुसार शुक्रबार जिल्ला अधिवेशन उद्घाटन भई शनिबार बिहान ८ बजेका लागि निर्वाचन कार्यतालिका तय भएको छ ।

शनिबार निर्वाचन हुने गोरखाबाहेक जिल्लामा महाधिवेशन प्रतिनिधि र जिल्ला सभापतिको निर्वाचन सँगैसँगै हुनेछ । कांग्रेसमा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा सभापतिको उम्मेदवार हुनका लागि क्षेत्रीय प्रतिनिधि र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुपर्ने प्रावधान छ । गोरखामा दुई निर्वाचन क्षेत्र छन् । ११ जिल्लाबाट करिब ३ सय महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् । दसैंअघि अधिवेशन हुने भनिएका २१ जिल्लामध्ये रसुवामा क्रियाशील सदस्यताको विवाद अझै टुंगिएको छैन । सोलुखुम्बुमा दसैंपछि मात्र निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन अधिकृत कैलाश गुरुङले आठवटै पालिकाको अधिवेशन सम्पन्न भए पनि विवादका कारण प्रदेश निर्वाचन क्षेत्र र जिल्लाको निर्वाचन दसैंपछि मात्र गरिने बताए । अन्य जिल्लाले निर्वाचनको तयारी गरिरहेका छन् ।

निर्वाचन प्रक्रिया सुरु भएका कतिपय जिल्लामा सर्वसम्मतिको प्रयास भइरहेको छ भने कतै गुटगत प्रतिस्पर्धा हुँदै छ । मनाङमा शंकर गुरुङलाई सभापति बनाउने सर्वसम्मत निर्णय भएको निर्वाचन अधिकृत वसन्त रिमालले जानकारी दिए । शनिबार औपचारिक रूपमा जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधि घोषणा हुने उनको भनाइ छ । दोलखामा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । देउवा समूहबाट रुद्रबहादुर खड्का, पौडेल समूहबाट बर्मा लामा र सिटौला समूहबाट ताराकुमार खड्काले सभापतिमा मनोनयन दर्ता गरेका छन् । केशवराज चौलागाईंले गुट अन्त्य गर्ने भन्दै उम्मेदवारी दर्ता गरेका छन् ।

विज्ञापन

हुम्लामा देउवा समूहबाट मोहनविक्रम सिंह र पौडेल समूहबाट थानबहादुर रोकाया वा प्यारालाल शाहीमध्ये एक जना उम्मेदवार बन्ने तयारीमा छन् । त्यहाँ मतदानका लागि ७ सय ६४ जना क्षेत्रीय प्रतिनिधि छनोट भएका छन् । बझाङमा देउवा समूहबाट खडक बोहरा र रमेश भण्डारी तथा पौडेल समूहबाट ज्ञानबहादुर बोहराले सभापतिमा प्रतिस्पर्धाको तयारी गरेका छन् । रुकुम पूर्वमा देउवा समूहबाट लक्षीराम घर्ती र पौडेल समूहबाट वर्तमान सभापति केशरमान रोका नेतृत्वको आकांक्षी छन् । यद्यपि नयाँ जिल्ला भएकाले सहमतिबाटै नेतृत्व र महाधिवेशन प्रतिनिधि टुंग्याउने प्रयास भइरहेको जिल्ला नेता लोकेन्द्र खनालले बताए ।

गोरखामा दुई निर्वाचन क्षेत्रबाट निर्वाचित हुने ५० महाधिवेशन प्रतिनिधिका लागि १ सय १९ जनाको उम्मेदवारी परेको छ । महाधिवेशन प्रतिनिधि छनोट भएपछि मंगलबार जिल्ला नेतृत्वको निर्वाचन हुने जिल्ला निर्वाचन अधिकृत देवबहादुर महतले बताए । उनका अनुसार महाधिवेशन प्रतिनिधि छनोटपछि महासमिति सदस्यको र त्यसपछि मात्र जिल्ला सभापतिको निर्वाचन हुनेछ । काठमाडौं महानगरपालिकामा पनि शनिबार नयाँ नेतृत्वका लागि निर्वाचन हुँदै छ । सभापतिमा देउवा–सिटौला समूहबाट प्रगतिमान रञ्जित र पौडेल (प्रकाशमान सिंह) समूहबाट नीलकाजी शाक्यले प्रतिस्पर्धा गर्ने तयारी गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै