होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबारर/ बाजुरा ८ बैशाख । बाजुराकाे काेल्टीमा पनि राष्ट्रिय बाणिज्य बैंकले एटीएम सेवा सूचारू गरेकाे छ । हिजाे मात्र सदरमुकाम मार्तडीमा रहेकाे राष्ट्रिय वाणिज्य बैंकमा एटीएम सेवा सूचारू गरेकाे साे बैंकले आजबाट काेल्टीमा रहेकाे शाखामा समेत एटीएम सेवा सूचारू गरेकाे हाे । यस अघि बाजुराको कोल्टी क्षेत्रमा रहेको राष्ट्रिय बाणिज्य बैंक कोल्टी शाखामा आर्थिक […]
नागरिक रैबार बाजुरा ७ बैशाख । नेपाली कांग्रेस स्वामिकार्तिक खापर गाउँ कार्य समितिले गाउँपालिकामा काँग्रेसले कुनै दलसंग गठबन्धन नगर्ने बताएको छ । काँग्रेसले स्वामिकार्तिक खापर गाउँपालिकामा गठबन्धन अनुसार अध्यक्ष पाउनु पर्ने माग राखेकाे थियाे तर गठबन्धनमा आवद्ध नेकपा एकिकृत समाजवादीले अध्यक्षमा पाउनु पर्ने अडान यथावत राखेपछि नेपाली काँग्रेस स्वामिकार्तिक गाउँ कार्य समितिले गठबन्धनबाट बाहिरीने निणर्य […]
नागरिक रैबार बाजुरा ७ बैशाख भारतकाे उत्तराखण्ड पौडी गडवाल पाबु बाट डेढ वर्षकाे बालक र ५० हजार नगदसहित एक महिला बेपत्ता भएकि छन् । बाजुराकाे बडीमालिका नगरपालिका ८ घर भएका प्रेम ऐडीकि श्रीमति चन्दा ऐडि भारतकाे उत्तराखण्डबाट डेढ वर्षकाे वालक र नगद ५० हजार भारू रूपैयाँ लगेर बेपता भएकाे दिपक ऐडीले बताएका छन् । राेजगारीकाे […]
नागरिक रैबार/बाजुरा ७ बैशाख। जिल्ला अस्पताल बाजुराको ५० सैयाको भवन सम्झौता सकिएको १ वर्षमा पनि निर्माण कार्य पुरा हुन सकेको छैन् । अस्पतालको ५० सैयाको भवन समयमै निर्माण सम्पन्न नहुँदा अस्पतालमा दैनिक आउने विरामीलाई समस्या भएको छ । जिल्ला अस्पताल बाजुराको ५० सैयाको भवन निर्माणका लागि डाँफे-लोहनी पिएस जेभि डोटीले २०७५ बैशाख १ गते ३ […]
नागरिक रैबार/ बाजुरा ७ बैशाख । राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखाले एटिएम सेवा सूरु गरेको छ । जिल्लाकै पहिलो बैंकका रुपमा स्थापित रावाबैंक बाजुरा शाखाले आजबाट ग्राहकहरुका लागि एटिएम सेवा संचालन गरेको । जिल्लामा पछिल्लो समय स्थापना भएका अन्य बैंकहरुले एटिएम सेवा संचालन गरेका भएपनि रावाबैंकले भने धेरै समयपछि एटिएम सेवा सुरु गरेको हो । […]
आगामी शुक्रबार सुरु हुन लागेको एसईई परीक्षाको सम्पूर्ण तयारी बाजुरामा पूरा भएको छ । यसपटक बाजुराबाट तीन हजार दुई सय ६६ परीक्षार्थी एसईईमा सहभागी हुने भएका छन् । कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ९ वैशाखदेखि देशभर सञ्चालन हुँदैछ । शैक्षिक सत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण […]
नागरिक रैबार बाजुरा ४ बैशाख । बाजुराका नौ वटै स्थानीय तहमा १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउनु सुरु गरिएको छ । चैत २५ देखि वैशाख १८ गतेसम्म देश भरका सबै बालबालिकालाई खोप लगाइ सक्न जारी सरकारी निर्देशन अनुसार बाजुरामा आइबारबाट सुरु गरिएको हो । नेपाल सरकारको २४ दिने खोप अभियान अन्र्तगत बाजुरामा बैशाख […]
नागरिक रैबार बाजुरा २ बैशाख नेकपा एमालेबाट बडीमालिका नगरपालिका वडा नं. ७ काे वडा अध्यक्षमा जंग विक सर्वसम्मत उम्मेदवार बनेका छन् । एमालेबाट बडीमालिका ७ काे वडा अध्यक्षमा जंग विकलाई सर्वसम्मत उम्मेदवार बनाईएकाे नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाद्यायले बताएका छन् । नेकपा एमाले बाजुराकाे तेस्राे पूर्ण बैठकबाट जिल्ला कमिटी सदस्यमा मनाेनित भएका […]
नागरिक रैबार/बाजुरा ३० चैत्र । जिल्लाको हिमाली गाउँपालिकामा काँग्रेसबाट २०७४ को स्थानीय तहको निर्वाचन जितेका गाउँपालिका अध्यक्ष गोविन्द मल्ल र उनीसंगै अध्यक्षमा पराजित भएका एमालेका अजबहादुर मल्ल पुनः अध्यक्ष पदमा भिड्ने भएका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा अजबहादुर मल्ल र नेपाली काँग्रेसबाट हालका गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्ल पुनः अध्यक्षमा एकल उम्मेदवारका लागि सिफारिस […]
नागरिक रैबार/बाजुरा २९ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइदै छ । देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । सोही […]
नागरिक रैबार/बाजुरा २८ चैत्र । नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पूणर् बैठक मार्तडीमा सम्पन्न भएको छ । नेकपा एमालेको जनवर्गीय संगठनका रुपमा रहेको नेपाल उत्पीडित जातिय मुक्ति समाज बाजुराको आज सदरमुकाम मार्तडीमा महत्वपूणर् निणर्य गर्दै सम्पन्न भएको छ । बैठकले आगामी स्थानीय तहको निर्वाचनमा बाजुराका ९ वटा पालिकामा प्रत्येक पालिकामा २ जना वडा अध्यक्ष […]
नागरिक रैबार/बाजुरा २८ चैत्र । स्थानिय तह निर्वाचन बैसाख ३० गते नजिकिदै जाँदा जिल्लाका राजनितिक दलहरुका बिस्तारित बैठक बस्ने क्रम जारी रहेको छ । यसै क्रममा नेकपा माओवादी केन्द्र बाजुराको आइतबार बसेको पार्टीको प्रथम पूर्ण बैठकले गरेका निणर्यहरु सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचन लक्षित बसेको माओवादी केन्द्रको प्रथम […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। नेकपा एमाले जिल्ला कमिटी बाजुराको तेस्रो पूर्ण बैठकले नयाँ ३ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । सोमबार सदरमुकाम मार्तडीस्थित पार्टी कार्यालयमा बसेको एमाले बाजुराको तेस्रो पूर्ण बैठकबाट बडीमािलका नगरपालिकाका जंग विक, स्वामीकार्तिक खापर गाउँपालिकाका दिलिप शाही र त्रिवेणी नगरपालिकाका खड्क साउँदलाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको एमाले बाजुराका प्रचार […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। नेकपा एमाले बडीमालिका नगर कमिटीले बडीमालिकाको मेयर पदको उम्मेदवारीका लागि अमर खड्कालाई सिफारिस गरेको छ । एमाले बडीमालिका नगर कमिटिको बैठकले एमाले बाजुराका संगठन विभाग प्रमुख समेत रहेका खड्कालाई बडीमालिकाको मेयरको उम्मेदवारीमा सिफारिस गरेको नगर कमिटी अध्यक्ष धर्मराज पाध्यायले बताएका छन । अध्यक्ष पाध्यायका अनुसार बडीमालिकाको उपमेयर पदको उम्मेदवारका लागि ३ […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सुरक्षार्थका लागि छनौट भएका म्यादी प्रहरीहरुको तालिम आजबाट सूरु भएको छ । स्थानीय तह निर्वाचनको सुरक्षाका लागि छनोट भएका ६ सय ७५ जना म्यादी प्रहरीको तालिम आजबाट सूरु गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी चर्तुभुज ओझाले बताएका छन् । डिएसपी ओझाका […]
नागरिक रैबार/बाजुरा २७ चैत्र । बाजुराको रानीवन स्पोर्टस क्लब सि डिभिजन खेलका लागि राजधानी पुगेको छ । सि डिभिजन लिग छनोटपछि पहिलो पटक रानीवन सि डिभिजन खेल्न बाजुराबाट राजधानी पुगेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने सि डिभिजन लिगको खेल यही चैत्र २९ गतेबाट सुरु हुदैछ । रानीवन यसैवर्ष सि डिभिजनको लिग […]
नागरिक रैबार/बाजुरा २६ चैत्र। बाजुराको सदरमुकाममा रहेको मार्तडी बजार व्यवस्थापन समितिले चैते दशैंको अवसरमा मालिका मन्दिरमा घण्ट चढाएका छन् । मार्तडी बजार व्यवस्थापन समितिले बजारमा रहेका व्यापारीहरुसंग रकम संकलन गरेर मालिका मन्दिरमा ७३ हजार ७ सय रकम बराबरको ५५ किलोको घण्ट मालिका मन्दिरमा चढाएको बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लले बताएका छन् । उनका अनुसार […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। अखिल क्रान्तिकारी जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठक मार्तडीमा महत्वपूर्ण निणर्य गर्दै सम्पन्न भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर अखिल क्रान्तिकारीको दोस्रो बैठक मार्तडीमा बसेको हो । अखिल क्रान्तिकारीको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक बुथ (मतदान) केन्द्र एक क्रान्तिकारी […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ६ को काटियामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । वडा नं. ६ मा स्थापना गरिएको सामुदायिक स्वास्थ्य केन्द्रको शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले उद्धघाटन् गरेका छन् । यस अघि गाउँपालिकाको १० औं गाउँ सभाबाट वडा नं. ६ का स्थानीयहरुको स्वास्थ्य समस्यालाई मध्येनजर […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। बाजुरा जिल्लामा आगामी बैशाख ४ गते देखि ८ गतेसम्म टाइफाइडविरुद्धको (कन्ज्युगेट भ्याक्सिन) खोप लगाइने भएको छ । देशभरी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने तयारी भए अनुसार बाजुरामा पनि बैशाख ४ गते देखी ८ गते सम्म खोप लगाइने स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । […]