होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः डडेल्धुरामा एक कर्मचारीको विद्यालयमै मृत्यु भएको छ। जिल्लाको अमगरगढी नगरपालिकास्थित वडानम्बर १० मा रहेको सहर्षलिंग माविमा कार्यरत एक कर्मचारीको विद्यालयमै मृत्यु भएको हो। त्यहाँका वडाध्यक्ष खेमराज भट्टका अनुसार आज (बुधबार) सहर्षलिंग माविका ३० वर्षीय लेखापाल भक्त बहादुर साउदको अचानक स्वास्थ्यमा समस्या आएर मृत्यु भएको हो। पहिल्यैदेखि मुटु रोगको बिरामीसमेत रहेका उनी आज बिहान विद्यालय […]
काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)को मुद्दाको बुधबार नवलपुर जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । अदालतको वेबसाइट अनुसार मुद्दाको पेशी न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको छ । तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकेको शाहको तर्फबाट कानुन व्यवसायी रहेका कमलमोहन वाग्लेले जानकारी दिए । पल यतिबेला […]
काठमाडौं । गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् ।गोरखा नगरपालिका-७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् । वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् । ‘कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तीजको दर खाएका थिए । सोही साँझदेखि नै […]
काठमाडौं । पहिलो चरणमा केन्याको भिसा नआएका क्रिकेट खेलाडी र अफिसियलले भिसा पाएका छन् ।मैत्रीपूर्ण खेलका लागि केन्या जाने टोलीमा रहेका १६ खेलाडी र ५ अफिसियल गरी २१ जनामध्ये पहिलो चरणमा ११ खेलाडीसहित १४ जनाको मात्र भिसा आएको थियो । उनीहरु सोमबार राति केन्या गइसकेका छन् । म्यानेजर सुनिल महासेठ र खेलाडीहरु सोमपाल कामी र […]
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि बिहीबार भारत भ्रमणमा जाने भएका छन् । पूर्वउपसभापति निधि एक साताका लागि जान लागेका हुन् । भ्रमणका क्रममा केही अनौचारिक भेटघाट हुने भन्दै निधिले अनलाइनखबरसँग भने, ‘राजनीतिक भेटघाट पनि हुनसक्छ, किनकी मेरा पुराना मित्रहरु छन् ।’ उनी भारत भ्रमणबाट गत साउन २२ गतेमात्र फर्किएका थिए । यसपटकको भ्रमणका […]
धनगढीः दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुमा नेपाल टेलिकमको फोरजी सेवाको टावर निर्माण गर्न हेलिकोप्टरबाट सामान ढुवानी भइरहेको छ। छाङरुसम्म स्थलमार्गबाट पुग्न नसकिने हुँदा सामान ढुवानीका लागि हेलिकोप्टर प्रयोग गरिएको हो। अधिकांश समय सञ्चारविहीन हुने दार्चुलाको उत्तरी भेगमा पर्ने माथिल्लो व्यासमा टेलिकमको सामान ढुवानी हुन थालेपछि अब चाँडै सञ्चार सम्पर्कमा जोडिने भएको छ। टावरमा प्रयोग गरिने सोलार […]
काठमाडौं, भदौ ८ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। ओली केहीबेरअघि बालुवाटार पुगेका हुन्। प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवा र ओलीबीच पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल भएको बताइएको छ।
अछाम – बलात्कारको अभियोगमा जेल भुक्तान सुरु गरेको ७ दिन नपुग्दै एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका– ५ का बेदराज भाटको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार शरीर चिथोर्ने, चिच्याउने, कराउने गर्न थालेपछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि […]
काठमाडौं । आठ वर्षअघि नेपाल आउँदा सेलेना गोमेज अन्तर्राष्ट्रिय मिडियामा छाएकी थिइन् । नेपालमा खिचिएका उनका तस्वीरहरु प्रशंसकमाझ निकै चर्चित रहे । यतिबेला पनि नेपालसँग जोडिएर सेलेना पुनः भाइरल भएकी छन् । यसपटक उनको यस्तो चर्चा नेपाल घुमघामबाट भने भएको होइन । नेपालको स्कुलको पुस्तकमा उनको सांगीतिक करिअर पनि समावेश भएपछि यो प्रसंग भाइरल भएको […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवाले ओलीसँग भेटेका हुन् । भेटमा मंसिर ४ को प्रतिनिधि सभा र […]
८ भदौ, जुम्ला । जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिए । बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उनले भने, ‘स्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ लगाएको छु । स्थानीय जातको जुम्ली […]
काठमाडौं । राज्यको सबैभन्दा बढी लगानी भएको क्षेत्र हो शिक्षा । तर यही क्षेत्रका सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी छनोट गर्न नसकेको दुई वर्ष भएको छ । पहिले राष्ट्रिय शिक्षा दिवसको अवसरमा सर्वोत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थी घोषणा गरेर पुरस्कृत गरिन्थ्यो । तर हाल दुई वर्षदेखि सरकारले राष्ट्रिय शिक्षा दिवस मनाउन नसक्दा सर्वोत्कृष्ट विद्यालय र विद्यार्थी […]
भारतीय कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन । कोरोनाको पहिलो लहरमा पनि उनी संक्रमित भएका थिए सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । आफूसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन । बच्चन हाल ‘कौन बनेगा करोडपती’को सञ्चालन गरिरहेका छन । उनी संक्रमित भएसँगै यस कार्यक्रमको छायांकन प्रभावित […]
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आवेदन माग गरेको छ। आगामी ४ मंसिरमा हुन गइरहेको निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन माग गरेको हो । संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको निस्साको प्रतिलिपि, संस्थाका कार्यसमितिका पदाधिकारीहरूको विवरण, राष्ट्रिय वा अन्तर्राष्ट्रिय […]
बाजुरा । मतदाता नामावली अधावधिक तथा दावी विरोध सम्बन्धी सोरोकावालहरूसंग अन्तरक्रिया कार्यक्रममा सराेकारवालाहरु सगं सबैले यसलाइ निर्वाचन कार्यालय बाजुराले अनुराेध गरेकाे छ । छलफल कार्यक्रममा याे पटक सबै स्थानिय तहले मृत्यु भएका नागरिककाे नाम हटाएर नामावली अध्यावधिक गर्न निर्वाचन कार्यालय बाजुराले अनुराेध गरेकाे छ । बिभिन्न स्थानिय तहमा मृत्यु भएका नागरिककाे नामावलीले गर्दा मतदानमा समस्या […]
धनगढीः डोटीको बोगटान फुड्शिल गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। विगतमा गाउँपालिकाले करारमा राखेका कर्मचारीले आफूहरुलाई हटाएको भन्दै मंगलबार तालाबन्दी गरेका हुन्। गएको साउन २८ गते हटाइएका ७ जना करार कर्मचारीले पुर्नवहालीको माग गरेका छन्। गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले भने त्यो विषयमा आफू जानकार नभएको बताएका छन्। ‘म काठमाडौं छु। ताला लगाएको कुरा मैले पनि सुने। […]
काठमाडौँ- पुर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यैटा बाटो’ कृति प्रकाशनमा आएको छ ।संवाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो । उनका अनुसार प्रकाशित कृतिमा पुर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरू रचना गरेका छन् । उक्त कविता संग्रहमा देश परिवेश […]
नागरिक रैबार/बाजुरा ७ भदौ।जिल्लाको बडीमालिका नगरपालिका वडा नम्वर ६ मा नेपाल टेलिकमको फोरजि सेवा संचालन आएको छ । नेपाल टेलिकमको सहयोग तथा वडा कार्यालयको समन्वयमा वडामा फोरजि सेवा संचालनमा आएको वडा अध्यक्ष कृष्ण खड्काले बताएका छन् । यस अघि वडामा फोन गर्न र मोवाइलबाट इन्टरनेट चलाउन समेत डाँडामा जानुपर्ने बाध्यता थियो । वडाबासीलाई संचारको पहुँचमा […]
काठमाडौँ — नेपाली कांग्रेसले आगामी निर्वाचनलक्षित अभियानकालागि ७७ वटै जिल्ला केन्द्रीय प्रतिनिधि खटाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । भदौ १० गतेदेखि सुरू हुने अभियानका लागि केन्द्रीय कार्यालयले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको हो । प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ […]
धनगढीः अछाम पञ्चदेवल विनायकका विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लगाउँदै पाँच राजनीतिक दल र संघर्ष समितिले पञ्चदेवल विनायक नगरपालिकाका सार्वजनिक कार्यक्रम बहिस्कार गर्ने भएका छन्। उनीहरुले मेयर अम्बिका चलाउने सहभागी हुने कार्यक्रम बहिस्कार गर्ने जनाएका हुन्। एमालेका नगर इञ्चार्ज भीमबहादुर बिष्ट, माओवादी केन्द्रका उपसचिव हरिप्रसाद तिमिल्सिना,एकीकृत समाजवादीका सहइञ्चार्ज केशव शाही, विप्लव नेतृत्वको नेकपाका इञ्चार्ज […]