होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ४२ वर्षपछि उपत्यकामा देखियो सेतोपंखे फ्यालफ्याले चरा
समाचार

४२ वर्षपछि उपत्यकामा देखियो सेतोपंखे फ्यालफ्याले चरा

  • नागरिक रैबार
४२ वर्षपछि उपत्यकामा देखियो सेतोपंखे फ्यालफ्याले चरा
तस्वीर : दीपक बुढाथोकी

काठमाडौं । ४२ वर्षपछि काठमाडौं उपत्यकामा पुनः सेतोपंखे फ्यालफ्याले चरा देखिएको छ । चराविद् एवं पशुपन्छी फोटोग्राफरको टोलीले मंगलबार काठमाडौंको बिष्टगाउँ नजिकै मनोहरा खोलामा फ्यालफ्याले चरा देखेको हो ।

यो चरा सन् १९८० को सुरुवाततिर पहिलोपटक काठमाडौंमा देखिएको बताइन्छ । त्यसपछि एकैचोटि मंगलबार (२३ अगस्ट)मा ४२ वर्षपछि फ्यालफ्याले चरा देखिएको चराविद्हरुले बताएका छन् ।

यसअघि देखिएको विवरणमा आधिकाररिक व्यक्ति र मिति नतोकिएको हुँला यो नै काठमाडौंमा उपत्यकामा फ्यालफ्याले चरा देखिएको पहिलो अभिलेख हुन सक्ने चराविद्को धारणा छ ।

विज्ञापन

बिरलै मात्र देखापर्ने यो चरा कहिलेकाहीं नेपालको बाटो हुँदै भारत र बंगलादेशका समुद्रीतटतिर जाने गर्छ । सन् १९८१ को मेमा पोखराको फेवातालमा एन क्राबेले नेपालकै लागि पहिलोचोटि यो चराको अभिलेख राखेका थिए ।

त्यसपछिका कालखण्डमा विभिन्न व्यक्तिले यसबारे अभिलेख राखेको पाइन्छ । त्यसपछि कोशीटप्पु, सुनसरीको मधुवन, चितवन राष्ट्रिय निकुञ्ज लगायतका स्थानमा पनि यो चरा भेटिएको उल्लेख छ । तर कतिपय अभिलेख पूर्ण नभएको हुँदा चराविद्हरुले उपयुक्त तथ्यांकका लागि आवश्यक अध्ययन र अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

मनोहरा खोलामा पुगेको टोलीका सदस्यहरुमा विमल थापा, सोम जीसी, हेमबहादुर कटुवाल, कमल थापा, युविन श्रेष्ठ, दीपक बुढाथोकी, सञ्जय था श्रेष्ठ र जय भण्डारी थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार