होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • शरद ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु
देश/प्रदेश

शरद ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु

  • नागरिक रैबार
शरद ऋतुका लागि हिमाल आरोहण अनुमति सुरु

काठमाडौं । शरद ऋतुका लागि हिमाल चढ्न आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार बुधबारसम्म ३ वटा हिमाल चढ्न कुल १५ जनाले अनुमति लिइसकेका छन् ।

विभागका अनसार हिमलुङ हिमाल (७१२६ मि.), सारिबुङ (६३४६ मि.) र मनास्लु (८१६३ मि.) हिमाल चढ्न अनुमति जारी भएको छ । यी हिमाल चढ्न ३ वटा टिमका १५ जनाले अनुमति लिएका छन् । यसमा तीन जना महिला छन् । तीन हिमालमा जारी भएको अनुमतिबाट विभागले १३ लाख ७३ हजार २४२ रुपैयाँ रोयल्टी समेत संकलन गरेको छ । विभागका अनुसार यस सिजनका लागि अर्जेन्टिनाबाट ८, जर्मनीबाट २, इटालीबाट २, जापानबाट २ र स्पेनबाट १ जनाले अनुमति लिएका छन् ।

शरद ऋतुमा सगरमाथा भन्दा अन्य हिमालमा बढी आरोही आउने गर्छन् । यस सिजनमा साना हिमाल चढिसकेपछि वसन्त ऋतुमा सगरमाथाका लागि तयारी गर्नेहरु बढी हुन्छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार