होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रेशम–पत्नी रञ्जिताद्वारा उम्मेदवारी घोषणा
समाचार

रेशम–पत्नी रञ्जिताद्वारा उम्मेदवारी घोषणा

  • नागरिक रैबार
रेशम–पत्नी रञ्जिताद्वारा उम्मेदवारी घोषणा

धनगढी — नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलालीको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले बुधबार एक कार्यक्रमबीच उक्त घोषणा गरेकी हुन् ।

रञ्जिता ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित रेशम चौधरीकी पत्नी हुन् । टीकापुर घटनामा दोषी रहेको अभियोगमा रेशम कैदमै छन् । कारागारमै भएकाले रेशमले चुनाव लड्न सम्भव नभएपछि रञ्जिताले चुनाव लड्ने घोषणा गरेकी हुन् । टीकापुर क्षेत्र कैलाली–१ मा पर्छ ।

पहिचानको मुद्दाका साथै ‘टीकापुर घटना राजनीतिक हो’ भन्ने मान्यता बोकेर ०७८ पुसमा गठित नागरिक उन्मुक्ति पार्टीले गठन भएको केही महिनामै भएको स्थानीय निर्वाचनमा कैलालीका टीकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकामा जितेर जिल्लामा पहिलो पार्टी बनेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार