होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डोटीमा बलायरको अडान, म प्रदेशसभामा लड्दैन, प्रेम आले: जंगलको बाघ हुँ, मै चुनाव लड्छु
समाचार

डोटीमा बलायरको अडान, म प्रदेशसभामा लड्दैन, प्रेम आले: जंगलको बाघ हुँ, मै चुनाव लड्छु

  • नागरिक रैबार
डोटीमा बलायरको अडान, म प्रदेशसभामा लड्दैन, प्रेम आले: जंगलको बाघ हुँ, मै चुनाव लड्छु

डोटी। सरकारले मंसिर ४ गते हुने संघ र प्रदेशसभाको आम चुनावको मिति घोषणा गरेपछि उमेदवारहरू र निर्वाचन क्षेत्रबारे चर्चा हुन थालेको छ । मिति घोषणा गरेपछि उमेदवारहरू र निर्वाचन क्षेत्रबारे पनी चुनावी चर्चा निकै चुलिएको छ । एकातिर सत्तारुढ दलहरू संयुक्त गठबन्धनबाट चुनाव लड्दैछन् भने अर्को तर्फ प्रतिपक्षी नेकपा (एमाले) एक्लै मैदानमा हुने देखिएको छ। सत्ता गठबन्धनमा कुन दलले कति संख्यामा सिट पाउने टुंगो लागिसकेको छैन ।

तर, दलहरूभित्र सिट बाँडफाँटसँगै उमेदवारको छिनोफानो गर्न सकस हुने देखिएको छ । गठबन्धनका कारण सिट खोसिने भएपछि दलका सम्भावित उमेदवार रुष्ट बन्दै गएका छन् । उनीहरूले आफूले टिकट नपाए गठबन्धन नै संकटमा पर्ने संकेतसमेत गर्दै आएका छन् । यसैबिच सत्तारुढ दलहरूलाई भागबण्डा मिलाउन सुदूरपश्चिम प्रदेशमा डोटी सबैभन्दा पेचिलो देखिएको छ । एउटा मात्रै प्रतिनिधिसभा सिट भएको डोटीमा गठबन्धनभित्रै दुई बलिया उमेदवार भएपछि सकस हुने देखिएको हो ।

डोटीबाट संघीय संसद् प्रवेशको तयारीमा रहेका नेपाली कांग्रेसका नेता वीरबहादुर बलायर र नेकपा (एकीकृत समाजवादी)का नेता प्रेम आले मिल्ने ‘मुड’मा देखिँदैनन् । दुवैजना पूर्वमन्त्री हुन् । एमालेका पूर्वनेता आले हाल समाजवादीमा छन् । उनी आफू डोटीबाट चुनाव लड्ने तयारीमा रहेको बताउँछन् ।“जंगलमा एकमात्रै बाघ हुन्छ । मलाई भोट हाल्न कांग्रेसका कार्यकर्ताहरू आतुर छन् । गठबन्धनबाट भए पनि, नभए पनि म संघमा चुनाव लड्छु,” आले भन्छन्, “यसमा स्पष्ट भए हुन्छ । म कुनै पनि हालतमा पछाडि हट्नेवाला छैन ।”

विज्ञापन

डोटीमा गठबन्धनमा सहमति नभए देशभर सहमति नहुनेसमेत आलेले दाबी गरे । संसदीय निर्वाचन स्थानीय तहजस्तो नहुने आलेको भनाइ छ । ०७४ मा भएको निर्वाचनमा डोटीबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट लडेका आलेले एक हजार ६३२ मतान्तरले कांग्रेसका उमेदवार वीरबहादुर बलायरलाई पराजित गरेका थिए । आलेले ३२ हजार ५१० मत ल्याएर विजयी हुँदा बलायरले ३० हजार ८७८ मत प्राप्त गरेका थिए ।तर, स्थानीय तहको निर्वाचनमा मतसंख्याका आधारमा डोटीमा समाजवादी चौथो स्थानमा देखिन्छ । कांग्रेस पहिलो स्थानमा छ ।

स्थानीय तहकै मतले हौसिएको कांग्रेसले डोटीबाट संघमा आफ्नो दाबी रहने बताएको छ । डोटीबाट कांग्रेसका संघतर्फका उमेदवार बलायर नै हुन् । सुदूरपश्चिम प्रदेशका पार्टी सभापतिसमेत रहेका बलायरले भने, “गठबन्धन कुनै व्यक्तिका लागि होइन । एमालेले संविधान र गणतन्त्र मास्न खोजेपछि भएको हो । डोटीमा कांग्रेसको दाबी छ ।” बलायरले आफू प्रदेशसभामा कुनै पनि हालतमा नलड्ने बताए । आफ्ना बारे सञ्चारमाध्यमले गलत प्रचार गरिरहेको उनको भनाइ छ । “म राष्ट्रिय राजनीतिमा स्थापित व्यक्ति हुँ । म मुख्यमन्त्री बन्ने होइन, अरुलाई बनाउने मान्छे हो,” बलायरले भने, “संघबाहेक अन्त चुनाव लड्दिनँ, यो स्पष्ट कुरा हो ।”बाह्रखरीबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार