होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • फुर्सदिला सरकारी कर्मचारी, धमला पत्नीको उत्ताउलो डान्स सिक्नमा व्यस्त
समाचार

फुर्सदिला सरकारी कर्मचारी, धमला पत्नीको उत्ताउलो डान्स सिक्नमा व्यस्त

  • नागरिक रैबार
फुर्सदिला सरकारी कर्मचारी, धमला पत्नीको उत्ताउलो डान्स सिक्नमा व्यस्त

धनगढीः सामाजिक सञ्जालमा अनेकन ट्रोलहरु बेलाबखत भाइरल हुन्छन्। अहिले त्यस्तै भाइरल भइरहेको छ ऋृषि धमलापत्नी एलिजाको सारी डान्स। एलिजा गौतमले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले भाइरल छ। उक्त भिडियोमा सारीचोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ। नाच्दानाच्दै धमलापत्नी अगाडि आएर डगी पोजमा चार हातखुट्टा टेकेर हिन्दी म्युजिकमा डान्स गरेको भिडियो अहिले छरपष्ट छ।

यस्तै दृश्यमा अहिले धेरै महिलाहरु रमाइरहेका छन्। केही सरकारी कर्मचारीले समेत पोशाकमै यस्तो डान्स गरेपछि सामाजिक सञ्जाल झनै तातेको छ। पछिल्लो समय सरकारी कर्मचारीहरु कार्यालय समयमासमेत टिकटकमै ब्यस्त हुने गरेको गुनासाहरु पनि बढेका छन्।

प्रिंयका ओलीको नाममा खोलिएको अकाउन्टबाट यस्तै उत्ताउला नृत्य प्रदर्शन भएपछि चर्को आलोचना सुरु भएको छ। चर्को आलोचना भएसँगै यो भिडियो अहिले हाइड गरिएको छ। उनी तुल्सीपुर सिटि अस्पतालको नर्स भएको भेटिएको छ। पछिल्लो समय कार्यालय समयभित्र र कार्यकक्षमै टिकटक बनाउनका लागि नाचगान गरेर भिडियो छायांकन गर्ने कर्मचारीहरुको संख्या दिनहुं बढीरहेको छ। कतिपय कर्मचारीहरु सेवाग्राहीका काम छोडेरसमेत दिनभर टिकटकमा लाईभ बसेको पाईन थालेको छ।

विज्ञापन

विशेष गरेर स्वास्थ्य सेवाका कर्मचारीहरु, शिक्षकहरु, र पालिकामा कार्यरत कर्मचारीहरु टिकटकमा भेटिने गरेका छन्।

दिनेशखबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार