होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढी कलेजको फट्याँइ, १ वर्षे कोर्षको ३ वर्षसम्म परीक्षा नहुँदा विद्यार्थीको बिल्लबाठ
समाचार

धनगढी कलेजको फट्याँइ, १ वर्षे कोर्षको ३ वर्षसम्म परीक्षा नहुँदा विद्यार्थीको बिल्लबाठ

  • नागरिक रैबार
धनगढी कलेजको फट्याँइ, १ वर्षे कोर्षको ३ वर्षसम्म परीक्षा नहुँदा विद्यार्थीको बिल्लबाठ

धनगढीः कैलालीको धनगढी कलेज अफ इन्फर्मेसन टेक्नोलोजी नामक संस्थाले उद्यम विकास सहजकर्ताको एक वर्षे कोर्ष पढाउँदै आएको छ। उपमहानगरपालिकाको वडा नम्बर १ मा रहेको सो कलेजले छोटो अवधिको तालिम सञ्चालन गर्दै आएको हो।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)बाट कलेजले अनुमति लिएर कक्षा सञ्चालन गर्दै आएको छ। तर, सो कलेजले २०७६ भदौमा भर्ना भएका विद्यार्थीको एक वर्षे कोर्ष पूरा भइसक्दा पनि परीक्षा गरेको छैन। एक वर्षे कोर्ष अध्ययन गर्न ८७ हजार ५ सय शुल्क तिरेका २२ जना विद्यार्थीको परीक्षा नभएको एक विद्यार्थीले बताए।

‘हामी २०७६ को भदौमा नै कलेज भर्ना भएका हौं। कोर्ष पनि पहिले नै सकिएको हो। हाम्रो परीक्षा गराउनु पर्‍यो भन्न थालेको एक वर्ष भन्दा बढी भयो। तर परीक्षा नै भएको छैन’ नाम नभन्ने सर्तमा ती विद्यार्थीले भने, ‘कलेज हाम्रो भविष्य बर्बाद पार्न खोज्दै छ।’ समयमा परीक्षा नहुँदा एक वर्षको अध्ययन सकेर २ वर्ष त्यसै बस्नुपर्ने बाध्यता विद्यार्थीसामू छ।

विज्ञापन

कलेजले छोटो अवधिको तालिम सञ्चालन गर्न सिटिइभिटीबाट अनुमति लिएको थियो। इडिएफ अर्थात उद्यम विकास सहजकार्ता पढाउने भन्दै १५ सय घण्टाको अनुमति लिएको थियो। तर दुई समूहलाई पास आउट गरेको दाबी गर्दै आएको कलेजले तेस्रो समूहको परीक्षा गराउन सकेन।

उद्यम विकास सहजकर्ताको परीक्षा लिने निकाय राष्ट्रिय सीप परीक्षण समिति (एनएसटिबी)ले नै ढिलाई गरेको भनाई कलेज सञ्चालक महेश चौधरीको छ। ‘कोभिडले गर्दा त्यस्तो भएको हो। हामीले एनएसटिबीमा गएर पनि सोधेका छौं। राष्ट्रिय सीप परीक्षण समितिमा समस्या आएकोले हाम्रो मात्रै हैनकी देशैभरी इडिएफ पढाउने संस्थाको परीक्षा स्थगित गरेको छ,’ उनले भने।

तर एनएसटिबीले भने पछिल्लो समय उक्त कलेजका ३२ जना विद्यार्थीको स्किल टेस्ट अर्थात सीप परीक्षण गरेको जनाएको छ। गत वर्षको माघ ८ गतेदेखि १४ गतेसम्म धनगढीमै ३२ जनाको सीप परीक्षण भएको एनएसटिबीले जनाएको छ। २०७६ भन्दाअघि अध्ययन गरेका विद्यार्थी समूहको सीप परीक्षण गत वर्ष मात्रै गरिएको हो। तेस्रो ग्रुप अर्थात २०७६ मा कलेज भर्ना भएकाको परीक्षा हुन सकेको छैन। उक्त कलेजको परीक्षा गत माघमा भएको राष्ट्रिय सीप परीक्षण समितिका निर्देशक टेकबहादुर मल्लले बताए। ‘३२ जनाको सीप परीक्षण ०७८ को माघमा भएको देखिन्छ। त्यो ग्रुपको परीक्षा भएपछि मात्रै अर्कोलाई बढाउने हो। त्यसरी त समयनै पुगेको छैन। धनगढीको कलेजले कसरी पढायो त्यो हेर्नु पर्छ,’ उनले भने।

राष्ट्रिय सीप परीक्षण समितिका अनुसार इडिएफ पढाउने कलेजले एक ग्रुपको सीप परीक्षण गरापछि मात्रै अर्को समूहको भर्ना लिन पाइने नियम छ। तर, धनगढीको उक्त कलेजले भने २०७६ मा भर्ना भएका विद्यार्थीलाई पास आउट नगरेरै अर्को ग्रुपको भर्ना लिएर पढाइरहेको छ।इडिएफको अन्तिम परीक्षा नै सीप परीक्षण हो। एनएसटिबीले प्रत्येक कलेजको वर्षमा एकपटक परीक्षा लिने गरेको छ। गत आर्थिक वर्षसम्म परीक्षा नियमित भएको दाबी एनएसटिबीको छ। तर चालु आर्थिक वर्षमा भने परीक्षा रोकिएको छ। इडिएफ पढाउने कलेजहरुले बद्मासी गरेका कारण छानविन गर्नुपर्ने भन्दै परीक्षा रोकिएका हो।

यस्तै कलेजहरुले ठगी गर्दा पनि व्यवसायिक तालिम परिषद्ले छानविन गर्न सकेको छैन। यो विषय व्यवसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेश कार्यालयका उप–निर्देशक देवसिंह धामीले पनि स्वीकार गरेका छन्। ‘यस्ता कलेज १ सय २० भन्दा बढी छन्। कति सक्रिय छन्। कति निष्क्रिय छन्’ उनले भने, ‘सबै अनुगमन हुन नसकेको विषय हामी स्वीकार गछौं। तर कतैबाट उजुरी आयो भने छानविन हुन्छ। ठगी गरेको भेटिए कारबाही पनि हुन्छ,’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार