होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • समयमै उपचार नपाउँदा स्वास्थ्यकर्मीले नै गुमाइन् ज्यान
समाचार

समयमै उपचार नपाउँदा स्वास्थ्यकर्मीले नै गुमाइन् ज्यान

  • नागरिक रैबार
समयमै उपचार नपाउँदा स्वास्थ्यकर्मीले नै गुमाइन् ज्यान

डाेटी — उच्च रक्तस्रावका कारण जिल्ला अस्पताल डाेटीमा एक सुत्केरीकाे मृत्यु भएकाे छ । आदर्श गाउँपालिका वडा नं ६ गिरीचाैकाकी ३२ वर्षीया जानकी बाेहरा खडायतकाे मृत्यु भएकाे हाे । उनी आफैं पनि गिरीचाैका स्वास्थ्यचाैकीमा कार्यरत स्वास्थ्यकर्मी हुन् ।

बुधबार एक्कासि रक्तस्राव हुन थालेपछि उनलाई थप उपचारका लागि आदर्श गाउँपालिकाकाे माैवा स्वास्थ्यचाैकीबाट जिल्ला अस्पताल रिफर गरिएकाे थियाे । उनले साँझ साढे छ बजे मृत शिशुलाई जन्म दिएकाे अस्पतालले जानकारी दिएकाे छ । उच्च रक्तस्राव भएपछि उनकाे बेलुका ७ बजेर ५० मिनेटमा मृत्यु भएकाे अस्पतालका डा. साेहन शाहले बताए । बाहिर लग्ने प्रयास गरेपनि असफल भएकाे डा. शाहकाे भनाइ छ । उनकाे पेटमा केही दिनअघिकाे मृत शिशु रहेकाे थियाे ।

गिरिचाैका स्वास्थ्यचाैकीमा कार्यरत अनमी खडायतकाे शव अस्पतालमै रहेकाे छ । आदर्श गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी राेकायाले स्वास्थ्यकर्मी नै भएरपनि उपचार नपाएर ज्यान गुमाउने घटना दुखद रहेकाे बताइन् । माैवा स्वास्थ्यचाैकीमा उपचारका लागि आउँदा स्वास्थ्यकर्मीसँग रक्तस्राव भएकाले मात्र केही समस्या भएपनि जटिल अवस्था नभएकाे भन्दै उपचारका लागि सिलगढी गएकाे बताइन् । अहिले एक्कासि उनको मृत्यु भएकाे खबरले मन पिराेलिएकाे दुखेसाे गरिन् । उच्च रक्तस्राव भएपछि उपचारका लागि बाहिर लैजान नेपाली सेनाकाे हेलिकोप्टरका लागि पहल भएपछि विविध कारण देखाउँदै बिहीबार बिहान मात्र आउने भएपछि थप उपचारबाट बञ्चित भएकाे आराेप लगाइन् । उपाध्यक्ष राेकायाले भनिन्, `बिचरी आफैंले दुर्गम गाउँमा बसेर सैयाैंकाे ज्यान जाेगाइन् तर आफू भने समयमा उपचार नपाएर ज्यान गुमाउन पुगिन् । ´

विज्ञापन

२०७० सालमा जागिर सुरू गरेकी खडायतले जिल्ला अस्पतालमै ओजेटी गरेकी थिइन् ।उनले ९ वर्षअघि छाेरालाई शल्यक्रिया गरी जन्म दिएकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार