होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
निर्माणाधीन बुटवल—नारायणगढ सडक विस्तारको काममा ढिलाई हुँदा यात्रुलाई सास्ती भएको छ । सम्झौता अनुसार काम गर्न नसकेको निर्माण कम्पनीले न्यूनतम् मापदण्ड पनि पालना नगर्दा यात्रुले समस्या भोग्नु परेको हो । सडकमा यातायातका साधन गुडिरहने भएकाले खाल्डाखुल्डी पर्नुपर्ने, बाइपास पथ बनाउनुपर्ने, धुलो नियन्त्रण गर्न पानी राख्ने, ट्राफिक संकेतका चिह्नहरु राख्नुपर्ने जस्ता न्यूनतम मापदण्ड पालना नगर्दा चालक […]
झापा: झापामा ३५ वर्षीया महिलामाथि बलात्कार भएको छ। बलात्कार अभियोगमा विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेका हुन्। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
धनगढी: कैलालीको धनगढी चौराहामा रहेको समैजी स्टोरमा आन्तरिक राजस्व कार्यालयको टोलीले छापा हानेको छ। बुधबार आन्तरिक राजस्वका अधिकारी गएर छापा हानेको कार्यालयका सूचना अधिकारी दुर्गाप्रसाद पौडेलले दिनेशखबरलाई बताए। ‘समैजी स्टोरको भौतिक मालसामानको अवस्था र उसले हामीलाई देखाउने कारोबार र तिर्ने राजस्वमा तालमेल नमिलेको देखिएकाले स्टक र कारोबारको वास्तविक अवस्था थाहा पाउन छापा हानेको हो,’ उनले […]
काठमाडौं । बहराइनमा भइरहेको एएफसी यू-२० एसियन कप छनोट अन्तर्गत समूह बीको आफ्नो तेस्रो खेलमा नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । बहराइनको शेख अली बिन मोहम्मद अल खालिफा स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ११:४५ बजे सुरु हुनेछ । समूहमा यसअघि दुवै खेलमा पराजित भएको नेपालले बहरइन विरुद्ध सुधारिएको प्रदर्शन गर्ने आशामा छ ।नेपालका मुख्य […]
नेपाल लगानी बोर्डले सार्वजनिक निजी साझेदारीमा कार्यान्वयन गरिने आयोजनाको सूची तयार पार्न परियोजना बैंक निर्देशिका सार्वजनिक गरेको छ । प्राविधिक र आर्थिक दृष्टिले सम्भावित लगानीको सूची तयार पार्ने लक्ष्यसहित तयार पारिएको परियोजना बैंक निर्देशिका बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज सार्वजनिक गरेका हुन् । लगानी बोर्डद्वारा आयोजित दिगो पूर्वाधार लगानी फोरमको उद्घाटन गर्दै प्रधानमन्त्री […]
महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग बयानका क्रममा नाम आएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको छ । सिंहदरबारस्थित आज बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले बयानका क्रममा नाम लिएका बहालवाला न्यायाधीशलाई पनि बोलाउने निर्णय गरेको समितिका सचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिए । “निलम्बित प्रधानन्यायाधीश राणासँग अनुसन्धानका लागि लिइएको बयानका क्रममा नाम जोडिएर आएका […]
नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज यही असोज ४ गते ५० औँ वर्ष प्रवेशका अवसरमा स्वर्ण वर्ष मनाउने भएको छ । विसं २०३० असोज ४ गते यो निकुञ्ज स्थापना भएको हो । निकुञ्जले आफ्नो स्वर्ण वर्ष भरि विविध कार्यक्रमको आयोजना गरी मनाउने भएको हो । असोज ७ गते औपचारिक कार्यक्रम गरी स्वर्ण वर्ष शुभारम्भ […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले महाबौद्ध क्षेत्रमा सार्वजनिक स्थान, फुटपाथ क्षेत्रमा ओगटेर बसेका मिनी मार्केट हटाउन थालेको छ । महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरु, चाइनिज मार्केट, मिनी मार्केटहरुले अनधिकृत रुपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएको पाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । अनधिकृत रुपमा सञ्चालित बजारलाई महानगर प्रहरीमार्फत माइकिङ गरेर हट्न निर्देशन दिइएको पाण्डेले बताए […]
काठमाडौँ: बुधबारदेखि सर्वसाधारणका लागि नयाँ नोट साट्ने सुविधा खुल्ला गरिएको छ। दशैंतिहार तथा छठ विशेष नयाँ नोट सटही खुला गरिएको हो। नेपाल राष्ट्र बैंकले भदौ २३ गतेदेखि नै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको थियो। सर्वसाधारणका लागि भने आजदेखि मात्रै सटही सुविधा खुला गरिएको हो। बैंकले आफूलाई पायक पर्ने र सहज हुने बैंक […]
राष्ट्रियसभाका सांसदहरुले महामारीको रुपमा फैलिँदै गएको डेंगु रोग नियन्त्रणका लागि विशेष ध्यान दिन सरकारसँग माग गरेका छन् । बुधबार बसेको राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदद्वय देवेन्द्र दाहाल र गोपाल भट्टराई तथा सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले डेंगु रोगको उपचारका लागि अतिआवश्यक रहेको सिटामोलको अभाव हुन नदिन पनि […]
प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ । गएराति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो सामान राख्ने ठाउँमा धुँवा आएपछि जहाज उडेको केहीसमयमै काठमाडौँस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल फर्किएको थियो । एक सय ८४ यात्रु बोकेर नारिता उडेको जहाँजमा प्राविधिक समस्या देखिनासाथ […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सहमतिकै आधारमा अघि बढाइनुपर्ने बताएका छन् । बुधबार कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा सहभागी हुँदै उनले विधेयकका बारेमा दलहरुबीच व्यापक अन्तरक्रिया गरेर आजै बेलुकासम्ममा टुङ्गो लगाउनुपर्नेमा जोड दिए । उनले […]
काठमाडौं । महाअभियोग सिफारिस समितिले राजनीतिक दलका नेताहरुलाई भने सोधपुछका लागि नबोलाउने भएको छ ।निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग एकसरो बयान लिएर सकेको समितिको बैठक आज बिहान बसेको छ । सो बैठकले जबराले नाम लिएका पूर्वन्यायाधीश लगायतसँग पनि सोधपुछ गर्ने निर्णय गरेको छ । समितिका ज्येष्ठ सदस्य राम बहादुर विष्टका अनुसार चोलेन्द्रले बयानको क्रममा नाम […]
काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर असोज १ गते वाकाथन नामक प्रातःकालीन पैदल भ्रमण आयोजना गर्ने भएको छ ।संविधान दिवस असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगावै मर्निङ वाक कार्यक्रम राखेको हो । अरु बेलाका कार्यक्रमजस्तो झन्डा, ब्यानर नलगी विशुद्ध मर्निङ वाककै रुपमा […]
नेपालमा डेंगु संक्रमित बढेसँगै बजारमा सिटामोलको अभाव देखिएको छ । सरुवारोग विशेषज्ञहरुका अनुसार डेंगु विरुद्धको उपचार र औषधि छैन ।तर, डेंगु संक्रमणका कारण ज्वरो आएकाहरुले नियन्त्रणका लागि सिटामोल प्रयोग गर्दै आएका छन् । डेंगु संक्रमितले ज्वरो आउन कम नहुन्जेल चिकित्सकको सल्लाहमा लगातार सातादेखि दश दिनसम्म सिटामोल प्रयोग गर्नुपर्छ । यस्तै, परिवारको एक जना सदस्यमा डेंगु […]
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ । सांघाई सहयोग संगठन (एससीओ) को साइडलाइन बैठकमा दुई नेताबीच वार्ता हुन लागेको क्रेमलिनले जनाएको छ । वार्तामा मुख्यतया दुई देशबीचको व्यापार र ऊर्जा सम्बन्धमा केन्द्रित रहने विज्ञप्तिमा उल्लेख छ । भारत, काजाकिस्तान, चीन, किर्गिजस्तान, रुस, ताजिकिस्तान, पाकिस्तान र उजबेकिस्तान – आठ […]
धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना बिरामी मितलाई अस्पतालमा पुगेर भेट गरेका छन्। आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले त्यहाँ उपचाररत आफ्ना मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। देउवाले आफ्ना मित नरबहादुरसँग माध्यमिक शिक्षा सँगै लिएका थिए। उनीहरु उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आएर १० वर्ष एउटै कोठामा बसेको बताइन्छ। प्रधानमन्त्री देउवाका मित डोटीका […]
काठमाडौं । नाबालिक बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्याम ज्ञवालीले जानकारी दिए । लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले २३ भदौमा अनुमति दिएको […]
काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेलमा रहेको मञ्जुश्री पेट्रोल सेन्टर हटाउन सुरु गरेको छ । महानगरकै जग्गामा रहेको पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो । तर महानगरले सार्वजनिक जग्गामा रहेको सबै संरचना हटाउने अभियान चलाएपछि १२ नम्बर वडामा रहेको उक्त पेट्रोल पम्प हटाउन थालिएको महानगरले जनाएको छ ।महानगरका मेयर चिरिबाबु महर्जनसहितको टोली अहिले लगनखेल पुगेर […]
काठमाडौं । ‘प्रेमगीत ३’ले नेपालसँग सीमा जोडिएका नेपालीभाषी बहुल भारतीय राज्यमा प्रचारप्रसारलाई तीव्र बनाएको छ । कोलकातादेखि सुरु भएको प्रवर्द्धन अभियान गुवाहाटी, सिलोङ, पटना, दिल्ली, देहरादून हुँदै नेपाल आएर टुंगिनेछ । शनिबार बेलुका भारतीय राज्य पश्चिम बंगालको राजधानी कोलकातामा भव्य कार्यक्रम सम्पन्न भयो । कलाकारहरु प्रदीप खड्का, क्रिस्टिना गुरुङ, निर्देशक सन्तोष सेन र इन्डियन आइडल […]