होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/ बाजुरा २२ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुरा जिल्ला कार्यसमितिको अध्यक्षमा नरबहादुर विश्वकर्मा सर्वसम्मत चुनिएका छन् । समितिको तेस्रो जिल्ला अधिवेशनबाट विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । प्रतिष्ठानका केन्द्रीय महिला सचिव राधिका हमाल, केन्द्रिय प्रतिनिधि विनोद बाजुराली लगायतको आतिथ्यतामा भएको अधिवेशनले प्रथम उपाध्यक्ष विष्णु धामी, […]
२१ साउन, काठमाडौं । नेपालमा आत्महत्या गर्नेको संख्या दिनहुँ बढिरहेको छ । अघिल्लो वर्षको तुलनामा आत्महत्या गर्नेको दर ८ प्रतिशतले बढेको प्रहरी तथ्यांकले देखाउँछ । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरणअनुसार दैनिक सरदर १६ जनाले अप्राकृतिक मृत्युको बाटो रोज्ने गरेका छन् । प्रहरीमा दर्ता मुद्दाको विवरण हेर्ने हो भने ज्यान मुद्दापछि सबैभन्दा बढी आत्महत्या भएको […]
नागरिक रैबार/ बाजुरा २१ साउन। बाजुरामा विप्लव समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । कोल्टी बाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको कमाण्डमा खटिएको प्रहरीको टोलीले बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. ६ खरकाँडा भन्ने स्थानबाट सोही वडाका विप्लव समूहका २३ वर्षिया लालबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका […]
रमित वि.क./बाजुरा १९ साउन। गौमुल गाउँपालिकाको वडा नं. ६ शान्तिटोलमा पहिरोमा परेर पीडित बनेका परिवारहरुलाई गौमुल १ अन्द«ाडी र अम्लिसका युवाहरुले आर्थिक सहयोग गरेका छन् । गत विहिबार घर माथिबाट आएकोे पहिरो बाट पीडित बनेका परिवारलाई १६ हजार आर्थिक रकम राहत स्वरुप सहयोग गरेका हुन् । सानो रकम भएपनि पहिरो पीडितको घाउमा मलम लगाउनका लागि […]
नागरिक रैबार/बाजुरा १९ साउन । बडीमालिका नगरपलिका वडा नं ९ का महिलाहरुको घरेलु मदिरा नियन्त्रण अभियानमा मदिरा उत्पादन गर्ने महिलाहरु पनि सक्रिय रुपमा लाग्ने भएका छन् । सदरमुकाम मार्तडी बजारमा घरेलु मदिरा सप्लाई गर्ने केन्द्रको रुपमा चिनिने बाउलीका जनजाति महिलाहरुले यस अभियानमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । अबैध मदिरा अन्य समुदायका मानिसहरुले पनि उत्पादन गर्ने […]
धर्मराज सुनार/बाजुरा १९ साउन । बाजुराको हिमाली गाउँपालिका वडा नं १ कि १६ वर्षिया किशोरी बासमति भण्डारीको २ महिना १० दिन पछि वेवारिसे अवस्थामा शव फेला परेको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लागि विच्छ्या माध्यामिक विद्यालय बाट खेलमा सहभागी भएकी बासमति भण्डारी जेष्ठ महिनाको ७ गते बाट बेपत्ता भएकि थिईन् । किसोरी भण्डारीको शनिबार […]
काठमाडौं, साउन १७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पुरक) परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । परीक्षा बोर्डले आगामी भदौ २२ र २३ गतेका लागि ग्रेड वृद्धि परीक्षाको समय तालिका तोकेको छ । परीक्षाको पहिलो दिन (भदौ २२ गते) अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । अंग्रेजी बाहेक अन्य एउटा मात्रै विषयको […]
प्रमित वि.क./बाजुरा १७ साउन। बाजुराको गौमुल गाउँपालिका वडा नंं. ६ शान्ति टोल शोकमा डुवेको छ । विहिवार राति परेको अविरल वर्षाका कारण शान्ति टोल माथिबाट आएको पहिरोमा पुरिएर २६ वर्षिया निरुता चंदारा र उनकी छोरी ६ वर्षिया नावालिका किस्मिता चंदाराको मृत्यु भएको छ । विहिबार राति करिव २ वजेको समयमा आमा छोरी घरमा सुतिरहेको बेला […]
१७ साउन, काठमाडौं । आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविदको भनाइ छ । हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ । […]
नागरीक रैबार/ बाजुरा, साउन १७। बाजुराको गौमुल गाउँपालिका वडा नं.६ शान्तीटोलमा बिहीबार रातीको अविरल बर्षाका कारण घर माथीबाट पहिरो जदाँ आमा छोरीको मृत्यृ भएको छ । भने एकको अवस्था गम्भीर रहेका छ, मृत्यृ हुनेमा सुके चदाँराकी बुहारी २६ बर्षिया निरुता चदाँरा र उहाँकी छोरी किस्मिता चदाँराको मृत्यृ भएको हो । सुके चदाँराका बुवा १०५ बर्षिया […]
नागरिक रैबार/बाजुरा १६ साउन। बाजुरा जिल्लामा भईरहेका अधिकाँस आपराधिक घटनाहरुको मुख्य कारण मदिरा भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा नियन्त्रणलार्ई मुख्य अभियानका रुपमा संचालन गर्दै आईरहेको छ । प्रहरीले चलाएको मदिरा नियन्त्रण अभियानलाई बडीमालिका नगरपालिका वडा नं. ९ का महिलाहरुले पनि साथ दिने भएका छन् । मदिरा सेवनकै कारण समाजमा विभिन्न हिँसाहरु बढेको भन्दै […]
काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले उद्यमशीलताको माध्यमबाट महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरण गरी सरकारले दिगो विकास गर्ने लागीपरेको बताएकी छन् । भृकुटीमण्डपमा आयोजित ‘१८ औं तीज फेस्टिबल सीर्जनशील उद्यमी मेला’ को उद्घाटन समारोहमा बोल्दै मन्त्री थापाले महिलाहरुलाई मूलधारमा ल्याउन सामाजिक र आर्थिक रुपान्तरण आजको मूल आवश्यकतामा जोड दिइन् । ‘संघीय गणतन्त्र सहितको संविधानले […]
नेपाली सेनाको पोशाक खरिद बिक्रि गर्ने र लगाउनेलाई कारवाही हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीले बुधबार एक सूचना जारी गर्दै स्थानीय बजारमा सेनाले लगाउँदै प्रयोग गर्ने क्यामोफ्लाईज कपडा स्थानीय बजारमा बिक्रि भईरहेको भन्दै खरिद बिक्रि नगर्न आग्रह गरेको छ। क्यामोफ्लाईज कपडा गैर सैनिकले लगाउन नपाउने भएपनि वनका रक्षक, निजी क्षेत्रका सुरक्षा गार्ड, गैर सैनिक […]
प्रतिबन्धित विप्लव समूहले सुदूरपश्चिमका १० वटा एनसेलका टावरमा आगजनी गरेको छ। प्रहरीले कैलाली, डोटी, डडेल्धुरा, अछाम र बझाङ जिल्लामा गरी १० वटा एनसेलका टावरमा विप्लव समूहले आगजनी गरेको जनाएको छ। कैलालीमा चार, बझाङमा तीन, अछाम, डोटी र डडेल्धुराका एक/एक टावरमा आगजनी गरिएको बताईएको छ। कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले धनगढी उप–महानगरपालिका वडा नम्बर […]
१६ साउन, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ । बिहीबार बिहान साढे ११ बजे कान्तिपथस्थित आयोगको सभाकक्षमा बस्ने बैठकमा राष्ट्रिय दलसहित स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ दललाई बोलाइएको छ । दलहरूसँग छलफलपछि सरकारलाई उपनिर्वाचनको मिति सिफारिस गर्न लागिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले […]
कैलाली, साउन १६ । अज्ञात समूहले धनगढीमा रहेको एनसेल टावरमा आगजनी गरेको छ। धनगढी उप–महानगरपालिको –६ जालीमा रहेको एनसेल टावरमा बुधबार राति आगजनी गरिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बुधवार राति सवा १२ बजेको समयमा आगजनी गरिएको जनाए। उनले भने, ‘पर्चा पम्पेलेट केही भेटिएको छैन्। तर, विप्लव समूहले आगजनी गरेको आशङ्का […]
प्रमित बि.क, बाजुरा, साउन १४। बाजुराको गौमुल गाउँपालिका वडा नं. ६ मा मदिरा निषेध गरिने भएको छ । मदिराको व्यापक विक्रीवितरण र सेवनले गाउँपालिकामा कलह र झगडा हुनथालेपछि जनप्रतिनिधिले वडामा मदिरा निषेध गर्ने निर्णय गरेका छन् । गौमुल गाउँपालिका वडा नं.६ का जनप्रतिनिधिले पहिलो बैठकमा मदिरा निषेध गर्नेे निर्णय गरेका हुन । मदिराका कारणले गाउँमै […]
काठमाडौं : विद्यार्थीले संसद्को कामकारबाहीबारे पाठ्यपुस्तकमा पढ्छन्। तिनै विद्यार्थी सोमबार संघीय संसदमै आइपुग्दा उत्साहित थिए। सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो। उनीहरू त्यसअगावै दर्शकदीर्घामा बसिसकेका थिए। उनीहरूका हातमा नोटबुक थियो। सदन सुरु भयो। राष्ट्रिय गान बज्यो। सभामुख, मन्त्री र सांसद उठे। दर्शकदीर्घामा रहेका विद्यार्थी पनि उठे। राष्ट्रिय गान सकिएलगत्तै सभामुख कृष्णबहादुर महराले बैठकको कारबाही […]
काठमाडौँ, १३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी जेठमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले माघ महिनाबाट स्थानीय तहदेखिका परिषद बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन प्रारम्भ गर्ने समेत निर्णय गरेको प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा […]
१३ साउन, काठमाडौं । सर्लाही घटनाबारे छानविन गर्न संसदीय समिति गठनको माग गर्दै विपक्षी नेपाली कांग्रेस र राजपाले संसद बैठक अवरुद्ध गरेका छन् । सोमबारको बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेका थिए । सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् । विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको […]