होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दलित समुदायलाई आरक्षण अनिवार्य: सांसद विश्वकर्मा
समाचार

दलित समुदायलाई आरक्षण अनिवार्य: सांसद विश्वकर्मा

  • नागरिक रैबार
दलित समुदायलाई आरक्षण अनिवार्य: सांसद विश्वकर्मा

नेपालका दलित समुदायलाई सरकारी सेवामा अनिवार्य आरक्षण आवश्यक रहेको प्रतिनिधिसभा सदस्य आशाकुमारी विश्वकर्माले बताएकी छन् । धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्च चितवनले आज नारायणगढमा गरेको ‘सभ्य तीजको लागि हाम्रो भूमिका विषयक अन्तक्र्रिया, अग्रज आमाहरुलाई सम्मान एवम् रमाइलो तीज विशेष कार्यक्रम’ मा सांसद विश्वकर्माले सो कुरा बताएकी हुन् । उनले छोराछोरी बराबर भएकोले छोरीलाई पनि अनिवार्य उच्च शिक्षासम्म पढाउन सबैमा आग्रह गरेकी छिन् । त्यस्तै उनले चाडपर्वको नाममा भड्किलो तरिकाले नमनाउन आग्रह गरिन् ।

कार्यक्रममा सांसद विश्वकर्माले सबै मिली जातीय विभेद छाउपडी प्रथा अन्त्य गर्नुपर्नेमा जोड दिइन् । आफू महिला भएको कारण छाउपडी प्रथा झेल्नु परेको स्मरण गर्दै विश्वकर्माले यसको अन्त्य गर्न जरुरी रहेको बताइन् । कार्यक्रममा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाइलीले छोटो समयमा मञ्चले एकदमै अनुकरणीय कार्य गरेकोमा बधाई एवम् शुभकामना व्यक्त गरे । त्यस्तै कार्यक्रममा विश्वकर्मा सेवा समिति चितवनका अध्यक्ष विपिन रामुदामुले हामी आफैमा विभेद भन्ने मानसिकता हटाउँदै समतामूलक समाज निर्माण गर्नतर्फ लाग्नुपर्ने बताए ।

समाजमा प्रत्यक्ष प्रभाव पार्ने किसिमका राम्रो कार्यहरू गरेकोमा भरतपुर महानगरपालिका कार्यपालिका सदस्य धनकुमारी विश्वकर्माले बधाइ एवम् शुभकामना व्यक्त गरिन् । कार्यक्रममा सभ्य तीजको लागि हाम्रो भूमिका विषयक कार्यपत्र मञ्चका सदस्य एवम् महिला समन्वय समिति संयोजक शान्ता थापा विश्वकर्माले प्रस्तुत गरेकी थिइन् भने कार्यपत्र उपर मञ्चका सल्लाहकारद्वय बाबुराम विश्वकर्मा र विजय विश्वकर्माले टिप्पणी गरेका थिए ।

विज्ञापन

मञ्चका अध्यक्ष भीमप्रसाद विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका सचिव अमिर सुनारले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा २४ जना ज्येष्ठ अग्रज आमाहरुलाई सम्मान समेत गरिएको थियो । त्यस्तै कार्यक्रममा मञ्चका महासचिव अमिर रामदामले आगामी दिनमा मञ्चले नेपालको दलित आन्दोलनको अगुवा एवम् समाज सुधारक स्व.भगत सर्वजित विश्वकर्माको इतिहासलाई संरक्षण एवंम् खोज गर्न भरपुररूपमा सक्रिय रहने बताए ।

कार्यक्रममा भरतपुर महानगरपालिका कार्यपालिका सदस्य टेकलाल विश्वकर्मा, विश्वकर्मा समुदायका इतिहासकार टेकबहादुर विश्वकर्मा, धौलागिरी चितवन विश्वकर्मा सम्पर्क मञ्चका सल्लाहकार संयोजक चित्रबहादुर विश्वकर्मा खाती, सल्लाहकारहरू कमल रामदाम, हेम सेन्चुरी, त्रिलोक भिके, ददिराम रामदाम, तनहुँ चितवन विश्वकर्मा समाजका अध्यक्ष गोपाल गहतराज, गुल्मी चितवन विश्वकर्मा मैत्री समाजको संयोजक युवराज सुनार, सुनचाँदी साकोसको अध्यक्ष बाबुराम रामदाम, सुनचाँदी व्यवसायी महिला समूह जिल्ला समिति चितवनका अध्यक्ष रूपा बराली, सुनचाँदी व्यवसायी महिला समूह नगर समिति भरतपुरको अध्यक्ष कमला घतानेलगायतको उपस्थिति रहेको थियो । नारायणीअनलाइनबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार